
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर—५ स्थीत गेटाबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका १३ बस्ने २६ वर्षीय अनिल राना रहेका छन् ।


रानालाई हिँडिरहेको अवस्थामा दुई सय मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले आज दिउँसो पक्राउ गरेको हो ।
उनीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
‘






