धनगढी न्यूज

टी-२० विश्वकपको विराट उत्सवमा वानखेडेको दर्शकदीर्घाबाट

फेब्रुअरी ८, २०२६ को दिन मुम्बईको सेन्ट्रल स्टेशनदेखि मरीन लाइन्स हुँदै चर्चगेट स्टेशनसम्मका सडक र रेलहरू राताम्य देखिन्थे । अझै भनौं अरब सागरको किनार रङिएको थियो । ती रङभित्र आफ्नै अन्तर्मन घोलिएको थियो, सारा नेपालीहरूको भावना त्यहीँ छचल्किएको थियो । लाग्थ्यो महान् क्रिकेटर सचिन तेन्दुलकरको ‘क्रिकेट केवल खेल मात्र होइन, यो जीवनशैली हो’ भन्ने भनाइ त्यस दिन मुम्बई, वानखेडेमा सजीव भइरहेको थियो ।

मुम्बईमा नेपालको दुई तिहाई अर्थात दुई करोड जनसंख्या बसोबास गर्छन् । राष्ट्रिय झण्डाको गौरव झल्काउने निलो र रातो रङ मिसिएको नेपाली क्रिकेट टोलीको जर्सी र नेपाली राष्ट्रिय झण्डाले त्यस दिन भारतको आर्थिक राजधानी मुम्बई सजिएको थियो ।

एक नेपाली पर्यटकका लागि सपनाजस्तो लाग्ने त्यो दुर्लभ दृश्य वानखेडे स्टेडियम नजिक पुग्दा अझ रोमाञ्चक र बाक्लो बन्दै गयो । नेपाली समर्थकहरूको भीड, ‘नेपाल….नेपाल’ को गुञ्जायमान स्वरले वानखेडे नेपालमय बन्यो ।

त्यो दिन आइसीसी टी-२० विश्वकपमा नेपाल र इंग्ल्याण्डबीच खेल हुँदै थियो।

वैदेशिक रोजगारीक्रममा भारतमा रहेका नेपालीहरू खेल हेर्नका लागि पुणे, सुरत, गुजरात, केरला, बैंग्लोर तथा आसपासका क्षेत्रबाट वानखेडे पुगेका थिए । नियमित खर्च कटाएर यातायात र टिकटको जोहो गर्दै, रातभरि ट्रेन र बसमा यात्रा गरी अनिंदो अवस्थामा पुगेका ती युवा–युवतीहरूको अनुहार निन्याउरो थिएन । बरू उनीहरूमा एक खालको चमक, गर्वको अनुभूति र हर्षोल्लास थियो ।

संयोगले जुरेको अवसर

एक पारिवारिक विवाह समारोहमा सहभागी हुन फेब्रुअरी १ का दिन मुम्बई गएको थिएँ । एयरपोर्टसम्म पुर्‍याइदिन आएका सहकर्मी मित्र सानुभाइ तामाङले ‘नेपाल र इंग्ल्याण्डबीच ८ तारिखमा हुने खेल हेर्न नछुटाउनु होला है’ भन्दै विश्वकपको चस्का लगाइदिए । मुम्बईका पूर्वनिर्धारित कार्यक्रम र गोवासम्म पुग्ने योजना थियो । यसैबीच मुम्बई पुगेपछि टिकटबारे बुझ्दा  ३,५०० भा.रू  पर्ने र अब पाउन पनि मुस्किल पर्ने बुझियो ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार गोवा पुगियो ।

१०० किलोमिटरभन्दा लामो तटरेखा(बिच) र दर्जनौँ समुद्री किनारहरू गोवामा छन् । समुद्रमा एउटा स्वतन्त्रताको अनुभूति हुन्छ । पृथ्वीमा एक भाग जमिन र दुई भाग पानी छ भनेर बाल्यकालमा पढेको कुरा समुद्रमा पुग्दा सम्झना हुन्छ । कुनै छुट्टै भावनाको किनारमा पुगेको अनुभव गरिन्छ ।

महान क्रिकेटर ब्रायन लाराले भनेका थिए, ‘म भावना व्यक्त गर्नका लागि खेल्छु न कि केवल जित, उत्साह र माया रेकर्ड भन्दा ठूलो हो ।’ यही भनाइ सम्झदैं उत्साहपूर्वक त्यो विराट उत्सवबाट फर्कियौं ।

जतिपटक र जुनसुकै ठाउँको सागर पुगे पनि त्यो अनुभव छुटै हुन्छ– मानौँ एउटा निःशब्द डायरी । अमेरिका, बेलायत, थाइल्याण्ड, सिङ्गापुर, दुबई वा युरोपियन देशहरू हुन्, अथवा भारतकै रामेश्वरम वा कान्याकुमारी—जुनसुकै समुद्री किनारमा पुगे पनि पंक्तिकारसँग समान अनुभूतिको संस्मरण जोडिएको छ । पानीसँगको सामिप्यता नै अद्‍भूत लाग्छ– हाम्रै वेगनास, फेवा वा रारा ताल होस्, अथवा लण्डनको थिम्स नदी, पेरिसको सेन नदी या न्यूयोर्कको नियाग्रा फल्स ।

क्रुज डिनर र गोवाको ‘फ्याट फिस’ रेस्टुरेन्टका परिकारहरूले यात्रा झन् अविस्मरणीय बनाइदिन्छन् । काजु र काजुबाट बनेका फेनी लगाएका विशेष परिकार, साथै कर छुटमा पाइने सोमरसले यससका पारखीहरूलाई गोवाले थप आकर्षित गर्छ ।

फेब्रुअरी ८ मा गोवाबाट काका नवराज अधिकारी र म मुम्बईको फर्कँदै थियौँ ।

बिहान ११:३० बजे बोरीवली बसपार्कमा उत्रँदै गर्दा गुजरातका ज्वाइँ सागर गोहिलको फोन आयो । उनले भने

‘दादा, आप दोनों के नेपाल– इंग्ल्याण्ड क्रिकेट म्याच के टिकट रु ५०० में मिल रहे हैं । काट दूँ ? मैच ३:१५ बजे का है ।’

हामी उत्साहित हुँदै भन्यौँ– ‘जल्दी कन्फर्म करो यार, हम बोरीवली पहुँच गए हैं ।’

अब हाम्रो यात्रा मोडियो– ट्रेन स्टेशनतिर । हतार–हतार चर्चगेटको टिकट काटेर हामी हानियौँ वानखेडेतिर । मुम्बईको स्थानीय रेलमा करिब ८०–९० लाख यात्रुले दैनिक यात्रा गर्छन् । हामीलाई सुन्दा अप्पत्यारिलो जस्तो लाग्छ तर उनीहरू यो सञ्जाललाई शहरको जीवनरेखा जस्तै ठान्छन् ।

स्थानीय रेलको भीडभाड र हतारबीच पनि देखिने अनुशासन साँच्चै रोचक लाग्छ । तर आज हामीलाई सिट खोज्नु पनि छैन । रोमाञ्चककताको रुमानी उडानमा हामी ‘स्पिरिट अफ मुम्बई’ भन्ने भनाइको अनुभूति गर्दै वनखेडेको गेट नं. ६ मा पुग्यौ ।

हामीसँग ज्वाइँले पठाइदिएको टिकटको फोटो मात्र थियो । लामो लाइन छिचोलेर कर्मचारीसम्म पुग्दा उनले भने– फोटोले हुँदैन, एपमै गएर लाइभ कोड देखाउनुहोस् ।

त्यो भीडमा हाम्रो अनुनय चल्दैन । एप डाउनलोड गरेर मोबाइलमा देखाउन त्यस दिन हाम्रो डाटा लिमिट समेत सकिएको थियो । यसैबीच हटस्पटका लागि अनुनय गर्दै टिकट देखाउने जाँजो मिलाएपछि बल्ल भित्र पुगियो ।

जसोतसो १४ नं.को भर्‍याङबाट पुगियो एल ५६५ र ५६६ सिटमा । नेपालले तेस्रो पटक विश्वकप खेल्दै थियो । हाम्रो अगाडि रोहित पौडेलले नेतृत्व गरेको नेपाल र ह्यारी ब्रुकले नेतृत्व गरेको इङ्ल्याण्डको टिम तयारी अवस्थामा थियो ।

क्रिकेटमा ऐतिहासिक विरासत बोकेको इङ्ल्याण्ड टिमको सामना गर्न भर्खरै संघर्ष गर्दै गरेको नेपाल उभिएको थियो । त्यो क्षणको प्रत्यक्ष साक्षी बस्न पाउँदाको गर्भानुभूति कुनै शब्दमा वर्णन गर्न नसक्ने खालको थियो ।

३३ हजार दर्शक क्षमताको भरिभराउ वनखेडेमार्फत विश्वसामु नेपाली राष्ट्रिय गीत घन्कियो । लगातर गुञ्जिरहेको ‘नेपाल…नेपाल..’ को आवाज, कमेन्टेटरले नेपाली टिमको प्रशंसा गर्दै दिएको हौसला, नेपाली भण्डाले ढपक्कै ढाकेको प्याराफिट यी सबै देख्दा, सुन्दा मनभित्रको खुसीले सगरमाथा चुमिरहेको थियो ।

नेपालले टस हार्‍यो र फिल्डिङको निम्ता पायो । नेपालका बलरहरूले अनुभवी व्याटरसामु उच्च प्रर्दशन गरे । १८४–७ मा इङ्ल्याण्डले आफ्नो पारी सक्यो । १८५ रनको लक्ष्य पछ्याएको नेपाली टिमले ऐतिहासिक विश्वकपमा च्च प्रर्दशन गर्‍यो । दर्शकका रुपमा बल्ड आउट, छक्का र चौका वर्षाको मजा राम्रैसँग लिन पाइयो ।

७ बल मा १० रन चाहिने स्थितिमा नेपाल पुग्यो । वनखेडे मैदानमा नेपाल एैतिहासिक जित नजिक थियो । वनखेडेमा ‘यो मन त मेरो नेपाली हो…’ गीत घन्किन थाल्यो । ‘वी वान्ट नेपाल’ भन्ने नारा गुञ्जियो ।

खेल अगाडि बढ्दै जाँदा जितका लागि अन्तिम बलमा छक्का हान्नै पर्ने अवस्था बन्यो । अन्त्यसम्म खेल रोमान्चक बन्यो र नेपाल १८०–६ मा समेटियो ।

नेपालकै सामान्य खेल हेर्न पनि दुलर्भ हुने हामीले त्यो विश्वकपको ऐतिहासिक खेल हेर्न पाएका थियौँ । महान क्रिकेटर ब्रायन लाराले भनेका थिए, ‘म भावना व्यक्त गर्नका लागि खेल्छु न कि केवल जित, उत्साह र माया रेकर्ड भन्दा ठूलो हो ।’ यही भनाइ सम्झदैं उत्साहपूर्वक त्यो विराट उत्सवबाट फर्कियौं ।

पोर्तुगाली र बेलायती शासनका ऐतिहासिक धरोहर झल्काउने बसई र गोवाका किल्लाहरूको अवलोकन गर्दै हामीले आजको विकसित महानगर मुम्बईलाई नजिकबाट अनुभव गर्ने अवसर पायौँ । भ्रमणका क्रममा मरीन लाइन, वसई किल्ला, हाजी अली दरगाह, जुहु समुद्रकिनार, कालाम समुद्रकिनार, सिद्धिविनायक मन्दिर, महालक्ष्मी मन्दिर र चर्चगेट लगायतका चर्चित स्थलहरूको अवलोकन गरियो ।

बालाजी फिल्म तथा बलिउडमा समेत केही वर्ष काम गरेको अनुभव र विरासत बोकेका सहयात्री नवराज अधिकारीसँग झुपट बस्ती पुग्दा होस् वा मुम्बईका अन्य गल्लीहरूमा हाम्रा पाइला चाल्दा, उहाँमा देखिएको नोस्टाल्जियाले हाम्रो भ्रमणलाई अझ सार्थक बनाइरहेको थियो । मुम्बईलाई वैभव र संघर्षको शहरको रुपमा लिन सकिन्छ जहाँ ४० प्रतिशत मानिस अहिले पनि झुपट बस्तीमा बसोबास गर्दछन् ।

अन्त्यमा, मुम्बईको चञ्चलता सम्झँदा अमिता बच्चनले मुख्य अभिनय गरेको चलचित्र डनको चर्चित गीत ‘ए है मुम्बई नगरिया, तू देख बबुवा’ स्वतः मनमा गुञ्जिन्छ ।

१६५
प्रत्यक्ष सिट
रास्वपा (125)
कांग्रेस (18)
एमाले (9)
नेकपा (8)
श्रम संस्कृति (3)
राप्रपा (1)
स्वतन्त्र (1)
पार्टीहरूप्रत्यक्ष सिट

165 Seat

110 Seat

समानुपातिककुल सिट

रास्वपा

रास्वपा

125

57

182
161
कांग्रेस

कांग्रेस

18

20

38
50
एमाले

एमाले

9

16

25
54
नेकपा

नेकपा

8

9

17
15
श्रम संस्कृति

श्रम संस्कृति

3

4

7

राप्रपा

राप्रपा

1

4

5
8
स्वतन्त्र

स्वतन्त्र

1

0

1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×