५ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेलमा आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल बेलुका सवा ७ बजेदेखि मुम्बईको वानखेडे स्टेडियममा सुरु हुनेछ । नेपाललाई आजको खेलमा सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने मौका समेत छ ।
यस खेलका लागि नेपाली समर्थकहरू करिब ४ घण्टा अघि देखिनै वानखेडेबाहिर मरिन ड्राइभमा जम्मा भइसकेका थिए ।
मुम्बईमै रहेका नेपाली तथा नेपालबाट आएका समर्थकहरू खेल हेर्न उपस्थित भएका हुन् ।अन्लाईन बाट साभार






