काठमाडौं : पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका ज्ञानेश्वरस्थित सानो गौचरनमा राखिएको छ। हिजो आइतबार दिउँसो निधन भएका ढुंगानाको पार्थिव शरीर आज सोमबार बिहान ११ बजेदेखि श्रद्धाञ्जलीका लागि राखिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्ति त्यहाँ पुगेर उनलाई श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी छ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो। त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको थियो।
सानो गौचरनमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीरको अन्त्येष्टि राजकीय सम्मानसाथ पशुपति आर्यघाटमा गरिने छ।थाहा खबर बाट शाभार







