
त्रिभुवन विश्वविद्यालयले हालै सार्वजनिक गरेको बिबिएस संकाय दोस्रो वर्षको नतिजामा एसपिए कलेज , धनगढीमा अध्ययनरत छात्रा टेरेसा जोराले सुदूरपश्चिम प्रदेश टप गरेकी छिन् । उनले प्रदेशभरमै सर्वाधिक ७५% अंक प्राप्त गरेकी हुन् ।
टपर टेरेसा जोरा सोही क्याम्पसका प्राध्यापक दल बहादुर जोराकी छोरी समेत हुन् । क्याम्पसका साथसाथै घरमा समेत छोरीलाई नितान्त शैक्षिक वातावरण प्रदान गरिएको उनका बुवाले बताउनुभयो । यसैवीच आज एक कार्यक्रमको आयोजना गर्दै क्याम्पसले निजलाई सम्मान एवम् अभिनन्दन समेत गरेको छ ।

उक्त सम्मान कार्यक्रममा बोल्दै टेरेसाले आफ्नो यस सफलताको श्रेय आफ्नो घरपरिवारको हौसला , क्याम्पसको अनुकुल शैक्षिक गतिविधि , आफ्नो लगनशीलता तथा शिक्षा प्रतिको सर्मपण रहेको बताइन् । टेरेसालाई गरिएको यस सम्मानले उनको मनोबल अझै बढ्ने तथा अन्य अध्ययनरत विद्यार्थीहरुलाई समेत हौसला पुग्ने क्याम्पसले जनाएको छ ।






