धनगढी न्यूज

गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट शल्यक्रिया

धनगढीः कैलालीको गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट घुँडाको सफल शल्यक्रिया भएको छ।

धनगढी उपमहानगरपालिकाको फूलबारीका १८ वर्षीय दिनेश गिरीको शल्यक्रिया गरिएको हो। ती बिरामीलाई सेती प्रादेशिक अस्पताल धनगढीबाट रेफर गरिएको थियो। गेटा अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार गिरीको घुँडाको एसिएल इन्जुरीको शल्यक्रिया गरिएको हो।

अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा.मोहन नाथ र मोहनचन्द्र जोशी तथा एनेस्थेसिया विशेषज्ञ डा.आशीष तिवारी र ओटी नर्सहरु रोशिना शाही, रेबिका विष्टको समूहले दूरबिन प्रविधिबाट शल्यक्रिया गरेको हो। सेती प्रादेशिक अस्पतालबाट काठमाडौं रेफर गरिएपछि काठमाडौं या भारत कता जाने भन्ने सल्लाह गरिरहेका बेला गेटामा त्यो उपचार सम्भव भएको जानकारी पाएपछि गेटामै उपचार गराएको गिरीले बताए।

उनी मंगलवार अस्पतालबाट डिस्चार्ज भएका छन्। उपचारमा संलग्न डा. नाथका अनुसार गेटामा पहिलो पटक नचिरेर गरिने उपचार विधि (आप्रोस्कोपिक लिगामेन्ट रिकन्स्ट्रक्सन) गरिएको हो। जुन लिगामेन्टहरुको इन्जुरीको निदान तथा उपचारको आधुनिक पद्धति हो।

मेडिकल कलेज सञ्चानलको उद्देश्यसहित करिब सात अर्बका संरचना तयार रहेको गेटामा सरकारले हाल ५० शय्याको अस्पताल सञ्चालन गरिरहेको छ। त्यहाँ स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि प्रतिनिधिसभामा विधेयक विचाराधिन छ।दिनेश खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×