धनगढी न्यूज

डेंगुबाट शिक्षिकाको मृत्यु

बिर्तामोड, साउन २६ गते । झापा हल्दिबारी–४ का  ४० वर्षीया अनिता पौडेलको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ ।

बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत पौडेललाई अन्य समस्यासँगै डेंगु पोजेटिभ रहेको अस्पतालले जनाएको छ । सामान्य ज्वरो आएर उपचारका लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारका लागि उहाँलाई बीएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा शुक्रवार निधन भएको हो  ।

मृतक पौडेल हल्दिबारी–३ मा रहेको चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालयमा शिक्षकका रूपमा  कार्यरत रहनुभएको थियो । झापामा यस वर्ष पहिलो पटक डेंगु सङ्क्रमणबाट मृत्यु भएको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

गत वर्ष बीएण्डसी अस्पतालमै पाँच जनाको डेंगु सङ्क्रमणबाट मृत्यु भएको थियो । डेंगुका बिरामीहरू बीएण्डसी अस्पतालमा मात्र हाल केही बिरामी उपचाररत रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×