धनगढी न्यूज

प्रचण्डलाई गीतसहितको कडा पत्र लेख्दै रहबरले छाडे पार्टी

२४ पुस, काठमाडौं । माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी छाडेका छन् ।

रातो अक्षरमा लेखिएका इन्कलाब पंक्तिहरु पार्टी अध्यक्ष प्रचण्डलाई सम्झाउँदै रहबरले माओवादी छाडेको घोषणा गरेका हुन् ।

मधेस सांसद रहबरले प्रचण्डलाई माओवादी केन्द्रका पूर्व अध्यक्ष सम्बोधन गरेका छन् । प्रचण्डले माधव नेपाल लगायतसँग मिलेर पार्टीको नाम बदलेको केही महिनापछि रहबरले यस्तो गरेका हुन् ।

रहबरले पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तन चाहेर अन्तत: सत्ता र सुविधा चाहेकाहरु, अवसरवादीहरु अनि वास्तविक शहीदहरुलाई दिएका छन् ।अन्लाईन खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×