धनगढी न्यूज

बाजुराका १६ वर्षीय सुनिल बुढा (कछुवा) ‘दिनेश शर्मा स्मृति नवसर्जक प्रादेशिक पुरस्कार-२०८१’ बाट सम्मानित

धनगढीको कैलाली मोडेलमा कक्षा ११ मा अध्ययनरत बाजुराका १६ वर्षीय खण्डकाव्यकार तथा बालकवि सुनिल बुढा (कछुवा) ‘दिनेश शर्मा स्मृति नवसर्जक प्रादेशिक पुरस्कार-२०८१’ बाट सम्मानित भएका छन्। नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय कार्यालय हेटौंडाद्वारा आयोजित ‘दोस्रो नवसर्जक उत्सव तथा पहिलो केन्द्रीय अधिवेशन’ मा उनलाई यो सम्मान प्रदान गरिएको हो।

बाजुराको खप्तड छेडेदह गाउँपालिकामा जन्मेका सुनिल बुढाले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। विशेष गरी कविता र खण्डकाव्य लेखनमा उनी सक्रिय छन्। उनका रचनाहरूमा नेपाली समाजको यथार्थ चित्रण पाइन्छ। २५ वर्ष मुनिका पुस्तक प्रकाशन गरिसकेका नवप्रतिभाहरूका लागि खोलिएको आवेदन प्रक्रियाबाट छनोट हुँदै उनले यो सम्मान प्राप्त गरेका हुन्।

यस अवसरमा विभिन्न प्रदेशबाट सातजना नवप्रतिभाहरूलाई सम्मान गरिएको थियो भने एकजना अग्रज साहित्यकारलाई पनि सम्मान गरिएको थियो। सुदूरपश्चिम प्रदेशबाट सुनिल बुढा (कछुवा), कोशी प्रदेशबाट चिन्तामणि निरौला, मधेश प्रदेशबाट सरोजप्रसाद शाह, बागमती प्रदेशबाट केशव घिमिरे, गण्डकी प्रदेशबाट रोशन तिमल्सिना, लुम्बिनी प्रदेशबाट निशा पाण्डे, कर्णाली प्रदेशबाट शिवराज शाही तथा अग्रज स्रष्टाका रूपमा प्राध्यापक डा. चुडामणि बन्धु सम्मानित भएका छन्।

सुनिल बुढाले ‘सहर जाने बाटो’ नामक खण्डकाव्य लेखेका छन्, जसमा नेपाली युवाको विदेश पलायनको पीडा र समाधान खोज्ने प्रयास गरिएको छ। १५ वर्षको उमेरमै खण्डकाव्य प्रकाशन गरेका हुन्।

यो सम्मानले सुनिल बुढालाई अझ बढी हौसला प्रदान गर्ने निश्चित छ। बागमती प्रदेशका प्रथम मुख्यमन्त्री मा. डोरमणी पौडेलज्यूले बुढालाई सम्मानित गरेका हुन्। रुबिना शर्मा को संरक्षिता रहेको यो पुरस्कार नवप्रतिभाहरूलाई प्रोत्साहन दिनको लागि प्रदान गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×