काठमाडौं : अमेरिकी गृह सुरक्षा विभागले सबै देशको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेपछि करिब आठ लाख ५० हजार आप्रवासी समस्यामा पर्ने भएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हाल कायम रहेका नेपाललगायत १७ देशका आप्रवासीहको टिपीएस खारेज गर्ने निर्णय गरेसँगै उनीहरू केही महिनापछि अवैध हुने भएका हुन्।
टीपीएस वाहकलाई अमेरिकाभर काम गर्ने अनुमति प्राप्त हुँदै आएकोमा ट्रम्प प्रशासनको खारेजीको निर्णय गरेसँगै ती आप्रवासी आफैँ स्वदेश फर्किनुपर्नेछ वा अमेरिकाले अवैध आप्रवासीसरह व्यवहार गरेर जबर्जस्ती स्वदेश फर्काउनेछ। टीपीएस वाहकले अमेरिकी अध्यागमन विभागसमक्ष आफ्नो स्थितिका बारेमा प्रत्येक वर्षजस्तो पुनः दर्ता गर्नुपर्छ। तर हाल पुनः दर्ताको प्रक्रिया रोकिएको छ।







