काठमाडौं : कुनैवेला हनुमानढोका भन्नेबित्तिकै मानिस प्रहरी कार्यालय सम्झिन्थे। कसैलाई डर देखाउनुपर्यो भने ‘हनुमानढोकामा भेटौँला’ भनेको सुनिन्थ्यो ।

हुन पनि प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखा रहेको त्यो कार्यालय कामको चापका दृष्टिले प्रहरीको हेडक्वार्टर जस्तै थियो । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायर परिसरमा रहेको प्रहरी कार्यालयमा मानिसको घुइँचो थेगिनसक्नु हुन्थ्यो।
२०७२ सालको भूकम्पले भवनमा क्षति पुगेपछि प्रहरी कार्यालय टेकुमा सारियो। त्यसपछि अहिले भद्रकालीस्थित अत्याधुनिक भवनमा सारिएको छ।
भूकम्पले चर्किएको हनुमानढोकाको भवनमा सुरक्षार्थ केही प्रहरी बस्दै आएका छन्। २०१२ सालमा बनेको यो कार्यालयमा रातो स्टिकर लगाइएको छ।
स्थानीय र पुरातत्त्व विभागले जीर्ण र जोखिमपूर्ण संरचना भत्काएर खुला संरक्षण क्षेत्र बनाउन माग गरेका छन्। तर प्रहरी प्रशासनले सोही जग्गामा पर्यटक प्रहरी चौकी वा प्रहरी संग्रहालय बनाउने योजना ल्याएको छ। त्यहाँको पनि जग्गा प्रहरीकै नाममा भएको बताइएको छ।थाहा खबर बाट साभार
हेर्नुहोस् हनुमानढोका प्रहरी कार्यालय-








