धनगढी न्यूज

संसद् विघटन मुख्य मागमध्येको एक : जेन-जी

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनाउने विषय सार्वजिनक भइरहेका बेला जेन-जी आन्दोलनमा सक्रिय हामी नेपाल समूहले पत्रकार सम्मेलन नै गरेर आफ्ना कूराहरू सार्वजनिक गरेको छ ।
समूहका अध्यक्ष सुदन गुरुङले आफूहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व मान्न तयार भएको र त्यसमा धेरैको सहमति जुटिसकेको बताए । उनले पत्रकार सम्मेलनमा संसद् विघटन पनि आफूहरूको मुख्य माग रहेको बताउँदै त्यसपछि मात्रै अरु कामहरू अघि बढने बताए ।
उनले आफूहरूअनुकूल हुने मन्त्रिमण्डल निर्माण गरेर जेन-जी पुस्ताले त्यसको निगरानी गर्ने पनि बताए । मन्त्रिमण्डल निर्माण र यसका अन्य प्रक्रियाका विषयमा भने आफूहरू छलफलमा जुटिरहेको उनले बताए । यसअघि नेपाली सेनाका प्रधानसेनापतिसहितको छलफलमा पनि हामी नेपाली समूहका प्रतिनिधिहरू सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×