धनगढी न्यूज

सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो । यस आधारमा बिहीबार छापावाल सुन तोलामा २ हजार रुपैयाँ घटेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ९३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार ४ हजार ८३५ रुपैयाँ कायम भएको हो । रातोपाटी बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×