21
Nov
धनगढी : गृहमन्त्री रमेश लेखकलाई कैलालीको गेटामा चिकित्सा शिक्षा विश्वविद्यालय सञ्चालनको विषयमा प्रश्न गर्दा उनले आफ्नै व्यथा सुनाएका छन। गृह प्रदेश सुदूरपश्चिमको धनगढीमा बिहिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा गेटामा विश्वविद्यालय सञ्चालनमा भएको ढिलाइका विषयमा प्रश्न गर्दा उनले आफ्नो व्यथा सुनाएका हुन। कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा पुगेको छ। प्रतिनिधि सभाको शिक्षा समितिमा दफावार छलफलका लागि विधेयक पुगेको हो। लामो समयदेखि विधेयक प्रतिनिधि सभामा पेस नभएको विषयमा पत्रकारले सोधेको प्रश्नमा गृहमन्त्री लेखकले स्पष्ट जवाफ दिएनन। उनले प्रतिनिधि सभामा लामो समयदेखि धेरै विधेयकहरु जान नपाएको बताए। उनले भने, ‘यलाई चाँडो सञ्चालन…






