10
Dec
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार दुई खेल हुँदैछ। पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान सवा ९ बजे शुरु हुनेछ। भने दोस्रो खेल दिउँसो सवा १ बजे शुरु हुनेछ। चितवन राइनोज अंक तालिकाको तेस्रो स्थानमा छ। हालसम्म चार खेल खेल्दा तीनमा जित र एउटामा हार बेहोरेको चितवनको ६ अंक छ। चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो। तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा…






