Skip to main content

धनगढी न्यूज

Month: May 2025

नयाँ कार्यसमिति चयन गर्दै इष्टु कैलालीको सातौँ जिल्ला अधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै इष्टु कैलालीको सातौँ जिल्ला अधिवेशन सम्पन्न

संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) कैलालीको जिल्ला कार्य समिति चयन भएको छ । आज आयोजित सातौँ जिल्ला अधिवेशनबाट शिक्षक इन्द्रमणि अवस्थीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । इष्टु जिल्ला कार्य समिति कैलालीको आयोजनामा सम्पन्न कार्यक्रमवीच लामो समयदेखि शैक्षिक , राजनैतिक , स्वास्थ्य लगायत अन्य क्षेत्रमा योगदान पुगाएका व्यक्तित्वलाई सम्मान समेत गरिएको छ । यसैगरी २०८२ सालको कक्षा ८ को धनगढी नगरस्तरिय परीक्षामा ४.० जिपिए प्राप्त गर्न सफल विद्यार्थीहरुलाई पनि सम्मान गरिएको छ । सुदुर पश्चिम प्रदेशका प्रदेश सभा सदस्य एवम् पूर्व भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री माननिय प्रकाश देउवा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा विभिन्न…
Read More
एसपीए कलेजको ‘ब्रान्ड एम्बेसडरमा क्रिकेटर कविता कुँवर नियुक्त

एसपीए कलेजको ‘ब्रान्ड एम्बेसडरमा क्रिकेटर कविता कुँवर नियुक्त

सुदूर पश्चिमाञ्चल  कलेजले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर कविता कुँवरलाई आफ्नो  ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त गरेको छ। बुधवार कलेज र कुँवर बिच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो। कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले सम्झौता पत्र हस्तान्तरण गर्दै स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्न यो कदम चालेको बताए। शाहीले खेल क्षेत्रको विकासमा सुदूरपश्चिमका संघ–संस्थाले यस्तै योगदान दिनुपर्ने समेत उल्लेख गरे। ब्रान्ड एम्बेसडर नियुक्त भएकी कुँवरले आफूले अध्ययन गरेको प्रतिष्ठित संस्थाको प्रतिनिधित्व गर्न पाउँदा गौरव लागेको प्रतिक्रिया व्यक्त गरिन्। कविता कुँवरले सन् २०१९ मा नेपाली महिला राष्ट्रिय टोलीबाट टी-२० अन्तर्राष्ट्रिय खेलमार्फत् आफ्नो क्रिकेट यात्रा सुरु गरेकी थिइन्। उनले चीनविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय डेब्यू गरेकी हुन्। उनले…
Read More
इष्टुको जिल्ला अधिवेशन यही वैशाख २७ गते धनगढीमा हुँदै

इष्टुको जिल्ला अधिवेशन यही वैशाख २७ गते धनगढीमा हुँदै

  संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) कैलालीको जिल्ला अधिवेशन यही वैशाख २७ गते शनिबारका दिन हुने भएको छ। अधिवेशनको आयोजना जिल्ला कार्य समिति इष्टु परिवारद्वारा गरिएको हो। संघका अनुसार कार्यक्रम बिहान ११ः३० बजेबाट आस्था होटल, धनगढी (वडा प्रहरी कार्यालय नजिक)मा सुरु हुनेछ। कार्यक्रममा सहभागी भई उपस्थित जनाएर कार्यक्रमलाई भव्य र सभ्य बनाउन युनियनले सबै सरोकारवालाहरुलाई हार्दिक निमन्त्रण समेत गरेको छ । ‘संस्थानगत विकास, मर्यादित पेशा, गुणस्तरीय शिक्षा इष्टुको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सञ्चालित इष्टुले जिल्ला अधिवेशन आयोजना गर्न लागेको हो। कार्यक्रममा जिल्लाभरका संस्थागत विद्यालय शिक्षक कर्मचारीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा विभिन्न विद्यालयहरू तथा शैक्षिक संस्थाहरूले सहकार्य गरेका…
Read More
सुरक्षा निकाय प्रवेशको सुरक्षित बाटो: युनिक गोर्खा

सुरक्षा निकाय प्रवेशको सुरक्षित बाटो: युनिक गोर्खा

पछिल्लो समय सुरक्षा निकायमा जागिर गर्न चाहानेका लागि धनगढीस्थित युनिक गोर्खा ट्रेनिङ सेन्टर भरपर्दो माध्यम बन्दैछ । धनगढीको कभर्ड हल नजिकै सञ्चालित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका फिजिकल ट्रेनिङ र लिखित कक्षा तयारी गराइरहेको यस ट्रेनिङ सेन्टरले आफ्नै होस्टेल पनि सञ्चालन गरिरहेको छ। यहाँ सयौ प्रशिक्षार्थीहरु अहिले पनि प्रशिक्षण तथा तयारी कक्षाहरु लिइरहेका छन। भर्खरै सम्पन्न नेपाली सेना छनौटमा फिजिकलमा १००% र लिखित तथा अन्तर्वार्तामा ८०% प्रशिक्षार्थी सफल भएपछी यसका सञ्चालक तथा प्रशिक्षक चन्द्र बोहराले नतिजा शत प्रतिशत दिनेमा जोड गर्ने बताए। उनले भने, "अहिले धेरैलाई फोर्स लगाएर पैसा खुवाएर सेना प्रहरी भइन्छ भन्ने भ्रम छ तर…
Read More