Skip to main content

धनगढी न्यूज

Month: June 2025

एसपिए कलेजद्धारा धनगढीमा निःशुल्क करिअर परामर्श

एसपिए कलेजद्धारा धनगढीमा निःशुल्क करिअर परामर्श

सुदूर पश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको एसपिए कलेजले भोलि शुक्रबार एसईई परीक्षामा दिएका विद्यार्थीहरुलाई निशुल्क शैक्षिक परामर्श कार्यक्रम आयोजना गर्ने भएको छ । अहिलेको पुस्ताले उचित मार्ग निर्देशनको अभावमा आफ्नो शैक्षिक भविष्यलाई सही दिशा दिन नसकिरहेको परिप्रेक्ष्यमा क्याम्पसले उक्त विशाल सत्रको आयोजना गर्न लागेको हो । एसईई परीक्षा सकेर नतिजाको पर्खाइमा रहेका धनगढी तथा आसपासका क्षेत्रबाट भोलिको सत्रमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहने क्याम्पसका सहायक क्याम्पस प्रमुख रघुनाथ जोशीले बताउनु भयो । उक्त सत्रको प्रमुख आकर्षण तथा वक्ताको रुपमा राष्टिय रुपमा ख्यातिप्राप्त कमेडियन , कलाकार , टिभी प्रस्तोता एवम् प्रेरणादायक वक्ता सन्दीप क्षेत्री रहनेछन् । देश तथा विदेशमा विभिन्न…
Read More
सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज)ले ‘अपि शिक्षा परियोजना’ अन्तर्गत २ जना जेहेन्दार विद्यार्थीलाई कक्षा ११ देखि स्नातक तहसम्मको अध्ययनका लागि पूर्ण छात्रवृत्ति (आवाससहित) प्रदान गर्ने घोषणा गरेको छ। यो छात्रवृत्ति कार्यक्रम अक्सफोर्ड, इंग्ल्यान्डका वाल्टर्स दम्पतीद्वारा प्रायोजित गरिएको हो, जसले सुदूरपश्चिमका ग्रामीण विद्यार्थीहरूको क्षमता र संघर्ष देखेर यो पहल सुरु गरेका थिए। यस कार्यक्रमले ६ वर्षसम्म निरन्तरता पाउनेछ र इच्छुक विद्यार्थीहरूले २०८२ सालको असार महिनाको १५ गतेसम्म आवेदन दिन सक्नेछन्। यस छात्रवृत्तिमा प्राथमिकता मानविकी संकायका विद्यार्थीहरूलाई दिइनेछ। यो छात्रवृत्ति अध्ययनका लागि वित्तीय सहायता प्रदान गर्नुका साथै योग्य विद्यार्थीहरूलाई इंग्ल्यान्ड जान्ने अवसर समेत प्रदान गर्नेछ। यस छात्रवृत्ति कार्यक्रमको उद्देश्य ग्रामीण भेगमा रहेका…
Read More
एसपिए कलेजको उत्कृष्ट नतिजा , टेरेसा बनिन् सुदूरपश्चिम प्रदेश टपर

एसपिए कलेजको उत्कृष्ट नतिजा , टेरेसा बनिन् सुदूरपश्चिम प्रदेश टपर

त्रिभुवन विश्वविद्यालयले हालै सार्वजनिक गरेको बिबिएस संकाय दोस्रो वर्षको नतिजामा एसपिए कलेज , धनगढीमा अध्ययनरत छात्रा टेरेसा जोराले सुदूरपश्चिम प्रदेश टप गरेकी छिन् । उनले प्रदेशभरमै सर्वाधिक ७५% अंक प्राप्त गरेकी हुन् । टपर टेरेसा जोरा सोही क्याम्पसका प्राध्यापक दल बहादुर जोराकी छोरी समेत हुन् । क्याम्पसका साथसाथै घरमा समेत छोरीलाई नितान्त शैक्षिक वातावरण प्रदान गरिएको उनका बुवाले बताउनुभयो । यसैवीच आज एक कार्यक्रमको आयोजना गर्दै क्याम्पसले निजलाई सम्मान एवम् अभिनन्दन समेत गरेको छ । उक्त सम्मान कार्यक्रममा बोल्दै टेरेसाले आफ्नो यस सफलताको श्रेय आफ्नो घरपरिवारको हौसला , क्याम्पसको अनुकुल शैक्षिक गतिविधि , आफ्नो लगनशीलता तथा शिक्षा प्रतिको सर्मपण रहेको बताइन्…
Read More