Skip to main content

धनगढी न्यूज

Day: August 10, 2025

बानियाँले विश्वासको मत लिनुअघि दबाब बढाउँदै बहादुर, सहमति कार्यान्वयन नभए राजीनामाको रणनीति !

बानियाँले विश्वासको मत लिनुअघि दबाब बढाउँदै बहादुर, सहमति कार्यान्वयन नभए राजीनामाको रणनीति !

बहादुर पक्षका १४ सांसदले धोका दिए सरकार नै ढल्ने अवस्था हेटौँडा । पूर्वसहमति अनुसार आफ्नो पक्षबाट ३ मन्त्री नियुक्ति र शपथ ग्रहणको बटम लाइनमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा अडिग रहँदा मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई विश्वासको मत लिन असहज हुँदै गएको छ ।नेपाली कांग्रेसका १४ सांसदको नेतृत्व गरिरहेका पूर्वमुख्यमन्त्री लामा आफूसँगको सहमति अनुसार ३ सांसदलाई मन्त्री बनाउनुपर्ने बटम लाइन पूरा हुनुपर्ने अडानमा छन् । सहमति कार्यान्वयन नभए लामा नेतृत्वको टोली सांसद पदबाट सामूहिक राजीनामासम्मको रणनीतिमा छ । लामा टोली सहमति कार्यान्वयन नभए नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत नदिने पक्षमा देखिएको छ । मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको…
Read More
कैलाली कारागारमा आफन्त भेट्नेको भीड

कैलाली कारागारमा आफन्त भेट्नेको भीड

धनगढी : कैलाली कारागारमा आफन्तहरु भेट्नेको भीड लागेको छ। जिल्ला कारागारमा कैदीबिच हिंसात्मक झडपपछि कैद भुक्तान गरिरहेका आफ्ना मान्छे भेट्न आउने आफन्तको कारागारमा भीड लागेको हो। विज्ञापन कारागार प्रशासनले आफन्तलाई कैदीसँग भेटघाट र कुरा गर्न दिएपछि आफ्ना मान्छेको अवस्था बुझ्न आउने आफन्तको भीड लागेको हो। आफन्तले शनिवार पनि भेटघाट गरेका थिए। घटनापछि आफ्ना व्यक्ति भेट्न आउने आफन्तको आज कारागारमा लाइन नै लागेको थियो। शुक्रवार मध्यराति ब्लक ए मा रहेका कैदीले ब्लक बी मा रहेका कैदीमाथि आक्रमण गरेका थिए। सो घटनामा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको ज्यान गएको थियो। ४७ जना कैदी घाइते छन्।कारागारबाट कैदी सरुवापछि कैदीबिच मनमुटाव बढेको उनीहरूका आफन्तहरूको…
Read More
विद्यालय शिक्षा विधेयकमा विरोधैविरोध

विद्यालय शिक्षा विधेयकमा विरोधैविरोध

शिक्षक महासंघ र निजी विद्यालय फेरि आन्दोलनमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गरेपछि सरोकारवालाहरू आन्दोलित भएका छन् । आफू अनुकुल नभएपछि शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् । २५ साउन, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले २२ साउनमा विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै गर्दा नेपाल नेपाल शिक्षक महासंघले सोही दिन आन्दोलनको घोषणा गर्‍यो । ‘समितिबाट पारित भएको प्रतिवेदन शिक्षक महासंघसँग सरकारले गरेको सहमति विपरीत आएको छ । शिक्षक कर्मचारी असन्तुष्ट छन् । आन्दोलनमा जाने तयारी गरेका छौँ,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले…
Read More
कैलाली कारागारमा सुरक्षाकर्मीको टोली हतियारसहित प्रवेश

कैलाली कारागारमा सुरक्षाकर्मीको टोली हतियारसहित प्रवेश

कैदीबन्दीको नियन्त्रणमा रहेको कैलाली कारागारमा सुरक्षाकर्मीको टोली हतियारसहित प्रवेश गरेको छ कैलाली । कैदीबन्दीको नियन्त्रणमा रहेको कैलाली कारागारमा सुरक्षाकर्मीको टोली हतियारसहित प्रवेश गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित मानव अधिकार आयोगको टोली पनि कारागार प्रवेश गरेको छ । प्रशासन स्रोतका अनुसार, अहिले मानव अधिकार आयोगको टोलीले काम गरिरहेको छ । “मानव अधिकारको टोलीले काम गरिरहेको छ । प्रहरी त्यहाँको सुरक्षाका लागि हतियारसहित गएको हो,” । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अहिले कारगारको अवस्था सामान्य बनेको जानकारी दिए । शुक्रबार भएको हिंसात्मक घटनापछि प्रहरीले कारागारभित्र प्रवेश गर्न सकेको थिएन । ब्लक ‘ए’का कैदीबन्दीले…
Read More
चक्रे मिलन समूहका ९ जना ‘पटके’ कसुरदार, मुद्दा अदालतमा लगिँदै

चक्रे मिलन समूहका ९ जना ‘पटके’ कसुरदार, मुद्दा अदालतमा लगिँदै

काठमाडौँ । चक्रे मिलन (मिलन गुरुङ) समूहका १९ जनालाई प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । चक्रे सहितका ४७ जना साउन १५ मा साम्बाला होटेलबाट पक्राउ परेका थिए । तीमध्ये १९ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले उनीहरूलाई पटके कसुरदार कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा प्रमुख जिल्ला अधिकारीबाट म्याद लिएर अनुसन्धान गरे पनि पटके कसुरदार कायम गरेपछि अदालतमा मुद्दा लैजानुपर्ने कानुनी व्यवस्था छ । चक्रे समूहका ९ जना…
Read More
‘कुनै बेला पैसाले बाकस भरिन्थ्यो, अचेल देख्नै मुस्किल भइसक्यो’

‘कुनै बेला पैसाले बाकस भरिन्थ्यो, अचेल देख्नै मुस्किल भइसक्यो’

चितवनको नारायणघाट, भरतपुरतिर अचेल एक टुक्रा घडेरी देख्न मुस्किल छ। ठूला–ठूला घर, फराकिला सडक बनेका छन्। मान्छेको चहलपहल बढेको छ। सवारी साधनको चापले ६ लेनको सडक पनि साँघुरो लाग्न थालेको छ।   कुनै बेला नारायणघाट देशकै प्रमुख बजारका रूपमा परिचित थियो। पश्चिम पहाडको मुख्य व्यापारिक क्षेत्र नै नारायणघाट थियो। त्यतिखेरको नारायणघाटमा अहिलेजस्ता ठूला घरहरू थिएनन्। यतिविधि सहरीकरण भएको थिएन। राम्रा, फराकिला सडक थिएनन्। मान्छेहरू दिनभर पैदलयात्रा गरेर सामान किनमेल गर्न आउँथे। केही व्यापारीले भारतसँग सिमाना जोडिएको ठोरी (हाल पर्सा जिल्लामा पर्छ) बाट सामान ल्याएर नारायणघाट (नारायणी नदीको किनार) मा बजार बसाएका थिए। यहाँका साना छाप्रा पसलहरूमा सामान किन्नेको ताँती लाग्थ्यो। चन्द्रकुमार…
Read More
अनाथ बालबालिकाको अविभावकत्व निर्वाह गर्दै कैलालीकी जानकी मलासी

अनाथ बालबालिकाको अविभावकत्व निर्वाह गर्दै कैलालीकी जानकी मलासी

कैलालीः कैलालीको गोदावरी नगरपालिका–२ को अत्तरियामा अनाथ तथा टुहुरा बालबालिकाको हेरचाहका लागि भनेर ‘महिला तथा बालबालिका सेभ हाउस’ नामक संस्थाले कार्य गर्दै आएको छ। विसं २०७३ असार ११ गते स्थापना भएसँगै संस्थाले अनाथ तथा टुहुरा बालबालिकाको हेरचाह गर्दै आएको हो। संस्थामा रहेका बालबालिकाको अविभावकत्वको जिम्मेवारी गोदावरी–३ चौकीडाँडाकी एकल महिला तथा संस्थाकी अध्यक्ष जानकी मलासीले निर्वाह गर्दै आएकी छिन्। उनका अनुसार सेभ हाउसमा हाल आमाबुबा नभएका तथा विभिन्न परिस्थितिले टुहुरा भएका ३७ जना बालबालिका छन्। विज्ञापन बालबालिकाको हेरचाहको सम्पूर्ण जिम्मेवारी तिनै जानकीको काँधमा छ। दिनरात नभनीकन बालबालिकाको सेवामा उनी खटिएकी छिन्। कसैले पनि दुःख नपाऊन् भन्ने उद्देश्य बोकेर यो अभियानमा लागेको जानकीले बताइन्।…
Read More