14
Aug
‘जिउँदै छु भनेर प्रमाणित गर्ने अवस्था आइपर्यो’ कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ मा श्रीमानले जिउँदै श्रीमतीको मृत्युदर्ता गरेका छन्। स्थानीय दयाराम गिरीले जीवितै श्रीमती गोमतीदेवी गिरीको मृत्यु दर्ता गरेका हुन्। दयारामले २०७६ फागुन ५ गते श्रीमतीको मृत्यु भएको भन्दै सोही महिनाको २० गते वडा कार्यालयबाट मृत्यु दर्ताको प्रमाण पत्र लिएका थिए। त्यसमा स्थानीय पञ्जिकाधिकारी (सचिव) गुरूदेव विकले प्रमाणीकरण गरेका थिए। 'मृत्यु दर्ता गरेर मेरो नाममा भएको जग्गा पनि उहाँकै नाममा नामसारी गर्नुभएको रहेछ,' गोमतीदेवीले सेतोपाटीसँग भनिन्, 'कानुनी रूपमा त म मरिसकेकी छु। आफू जिउँदो छु भनेर प्रमाणित गर्नुपर्ने अवस्था आइपरेको छ।' श्रीमानले मृत्यु दर्ता गरेको कुरा ६ वर्षपछि थाहा पाएको…






