18
Sep
२ असोज, काठमाडौं । जेनजी आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढालेको छ, नयाँ चुनाव मिति घोषणा भएको छ । तर, दुईदिनमै सत्तापलट गराउने जेनजी आफैं चाहिँ चुनावपछिको परिस्थिति कस्तो होला भन्नेमा अन्यौलग्रस्त देखिन्छन् । ‘६ महिनामा चुनाव गराउने भन्ने छ, तर धेरै जेनजीसँग मतदाता परिचय पत्र नै छैन’, होटल म्यानेजमेन्ट पढिरहेका २२ वर्षीय विद्यार्थी राज खड्का भन्छन्, ‘त्यसले हामी चुनावमा पछि पर्लाउँ कि वा कतै पुरानै पार्टी पो फर्किएलान् कि भन्ने चिन्ता छ ।’ मतदाता परिचय पत्र बनाउने काम त व्यवस्थापन होला, तर जेनजी प्रतिनिधि कुन दलबाट सदनसम्म पुग्लान् र आफूले चाहे जस्तो सरकार चलाएर देखाउलान् भन्ने…






