22
Sep
कञ्चनपुरः सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै विकासका आधारभुत सुविधाबाट वञ्चित छ, ‘खल्ला मसेट्टी’ गाउँ। यहाँसम्म पुग्ने पक्की बाटो छैन, स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानीजस्ता आधारभुत सेवा पाउनसमेत मुस्किल पर्ने यहाँको जनजीवन कष्टकर छ। सदरमुकामदेखि २० किलोमिटर उत्तरतर्फ अवस्थित यस बस्ती जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ। २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइसरेर यहाँ आउनु भएका लोकबहादुर थापा मगर यहाँ अनेक दुःख झेल्नु परेको बताउछन्। “यहाँको मुख्य समस्या सडक हो। सडक नहुँदा यहाँका बालबालिका दुई घण्टा पैदल हिँडेर विद्यालय जान्छन”, उनले भने, “बिरामी हुँदा उपचारका लागि निकै समस्या छ।” बस्तीमा खानेपानीको सुविधा छैन। विज्ञापन गाउँमा माध्यमिक तहको विद्यालय नहुँदा…






