Skip to main content

धनगढी न्यूज

Month: September 2025

‘पूर्व मन्त्री लेखराज भट्टको घर जलाउनेमा एमाले र राप्रपाका नेताको संलग्नता’

‘पूर्व मन्त्री लेखराज भट्टको घर जलाउनेमा एमाले र राप्रपाका नेताको संलग्नता’

धनगढीः कैलालीको गोदावरी नगपालिका वडा नम्बर १ मा रहेको एमाले नेता एवं पूर्व मन्त्री लेखराज भट्टको घर जलाउनेमा एमाले र राप्रपाका नेताको संलग्नता रहेको पाइएको छ। नेता भट्टको घर जालाउन एक जना सरकारी कर्मचारी समेत पुगेको तथ्य खुलेको छ। एमाले पोलिटव्युरो सदस्य समेत रहेका भट्टको घर भदौ २४ गते जलाइएको थियो। जेन्जी आन्दोलनमा घुसपैठ गरी घर जलाइएको नेता भट्टका भाइ गोकर्ण भट्टले बताएका छन्। भट्टले आफ्ना दाजुको दुई वटा घर, ट्याक्टर, अनाज र लत्ताकपडामा आगजनी गरिएको बताए। उनले घरमा आगजनी गर्नुभन्दा अगाडि लुटपाट गरिएको बताएका छन्। उनले भाउजूको २२ तोला सुनको गरगहना, तीन लाख नगद र अन्य जिन्सी मालसमानसहित पाँच…
Read More
सेनाले प्रधानमन्त्री, मन्त्री र शीर्ष नेताहरूलाई सुरक्षा दिएर राखेको शिवपुरीमा के छ संरचना?

सेनाले प्रधानमन्त्री, मन्त्री र शीर्ष नेताहरूलाई सुरक्षा दिएर राखेको शिवपुरीमा के छ संरचना?

भदौ २४ गते प्रदर्शनकारीहरूले नेताहरूका घर तोडफोड गर्न थालेपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन मन्त्री र शीर्ष नेताहरूलाई सेनाले सुरक्षा निम्ति शिवपुरी लगेर राखिएको थियो। अन्तरिम सरकार गठनसँगै सुरक्षा स्थिति सहज हुँदै गएपछि ओली र देउवा दम्पतीबाहेक अरू सबै नेता शिवपुरीबाट फर्किएका छन्। संघीय राजधानी काठमाडौं लगायत देशभरको सुरक्षा खल्बलिएका बेला मन्त्रिपरिषद र राजनीतिक दलका शीर्ष पदाधिकारीलाई सुरक्षा निम्ति राखिएको शिवपुरीमा सेनाको के-कस्तो संरचना छ भन्नेबारे धेरैलाई जिज्ञासा छ। यसका लागि हामीले सेनाका केही अधिकारीसँग कुरा गरेका छौं। उनीहरूका अनुसार शिवपुरी राष्ट्रिय निकुञ्जमा सेनाका प्रमुख दुई संरचना छन्। राजधानीबाट नजिक भए पनि आन्दोलनकारीको पहुँच नपुग्ने भएकाले सेनाले हेलिकप्टरमा उद्धार…
Read More
भ्रष्टाचारसम्बन्धी आयोग बन्छ : प्रधानमन्त्री कार्की

भ्रष्टाचारसम्बन्धी आयोग बन्छ : प्रधानमन्त्री कार्की

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने जानकारी दिएकी छन् । आन्दोलनको म्याण्डेट नै भएकाले यो आयोग आवश्यक पर्ने उनले उल्लेख गरेकी छन् । उक्त आयोगले अनसुन्धान गरेर गरेर अर्को सरकारका लागि सहज हुने आधार तयार गरिदिने उनले बताइन् । ‘कति भ्रष्टाचार भएको छ । अनियमितिता भएको छ त्यसको अनुसन्धान गरेर भए पनि हामीले कारबाही गर्ने सम्म मात्र पुर्‍यायौं भने सरकारले काम गर्न सक्छ । तर हामी बाटो चाहिँ बनाउँछौं’ बीबीसी नेपालीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले भनिन् । जेनजी आन्दोलनको दमन जाँचबुझका लागि तीन ससस्यीय आयोग बन्ने जानकारी दिएकी छन् । उनले सुरुमा एक…
Read More
“भारतको हिमाञ्चलमा गाडी दुर्घटना : ४ नेपालीको मृत्यु, २ घाइते”

“भारतको हिमाञ्चलमा गाडी दुर्घटना : ४ नेपालीको मृत्यु, २ घाइते”

भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।  काठमाडौं।भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका ४-का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्।दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्।तीन जना मृतक एकै परिवारका हुन्। प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको थियो।लक्ष्मी घाइते अवस्थामा अस्पताल पुर्‍याइएकी थिइन् तर उपचारका क्रममा उनको पनि मृत्यु भएको थियो। गम्भीर घाइते भएका…
Read More
सहकारीहरूद्वारा धनगढी मालपोत कार्यालयलाई ३ लाख १५ हजार रुपैयाँ सहयोग

सहकारीहरूद्वारा धनगढी मालपोत कार्यालयलाई ३ लाख १५ हजार रुपैयाँ सहयोग

धनगढीः मालपोत कार्यालय धनगढीलाई यस क्षेत्रका विभिन्न सहकारी संस्थाहरूले संयुक्त रूपमा ३ लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। मंगलवार मालपोत कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम सहकारी प्रतिनिधिहरूको तर्फबाट नवजीवन सहकारी संस्थाका अध्यक्ष देवबहादुर बमले मालपोत कार्यालयका प्रमुख प्रेम दौल्याललाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा मालपोतका पदाधिकारीहरू, सहकारी संस्थाका अध्यक्ष तथा सदस्यहरू र कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो। विज्ञापन सहकारी प्रतिनिधिहरूले राज्यका सेवाहरूलाई थप प्रभावकारी, पारदर्शी, र प्राविधिक बनाउन निजी तथा सहकारी क्षेत्रबाट सक्दो सहयोग गरिनुपर्नेमा जोड दिए। उनीहरूले यस्तो आर्थिक सहयोग मालपोत कार्यालयको सेवा सुधार, पूर्वाधार विकास र विद्युतीय सञ्जाल सुदृढीकरणमा खर्च होस् भन्ने अपेक्षा राखेका…
Read More
सिंहदरबारभित्र र आसपासका कार्यालयमा मात्रै जलाइए १०४२ सवारी साधन

सिंहदरबारभित्र र आसपासका कार्यालयमा मात्रै जलाइए १०४२ सवारी साधन

गत भदौ २४ गते प्रदर्शनका क्रममा सिंहदरबार र आसपासका सरकारी कार्यालयमा गरी ४४१ वटा साना ठूला सवारी साधनमा आगजनी तथा तोडफोड भएको पाइएको छ। त्यस्तै ६०१ वटा मोटरसाइकल तथा स्कुटरमा आगजनी र तोडफोड भएको प्रारम्भिक तथ्यांक सरकारी कार्यालय र गोरखापत्रले गरेको अवलोकनबाट देखिएको छ। सरकारी कार्यालयहरूको प्रारम्भिक तथ्यांकानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ४७ साना–ठूला सवारी र ७४ वटा दुई पांग्रे सवारी साधनमा आगजनी भएको छ। अर्थमन्त्रालयको ३६ वटा चार चक्के र ५४ वटा दुई चक्केमा आगजनी भएको छ। गृहमन्त्रालयको २५ वटा चार चक्के र ३० वटा दुई चक्केमा क्षति पुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ९ साना–ठूला सवारी साधन…
Read More
मौलिक सखिया नाचले थारू बस्तीमा ल्यायो चाडपर्वको रौनक

मौलिक सखिया नाचले थारू बस्तीमा ल्यायो चाडपर्वको रौनक

दसैँ नजिकिएसँगै सुदूरपश्चिमका थारू बस्तीहरू सखिया नाचको रौनकले गुञ्जिन थालेका छन्  धनगढी । दसैँ नजिकिएसँगै सुदूरपश्चिमका थारू बस्तीहरू सखिया नाचको रौनकले गुञ्जिन थालेका छन् । परम्परागत रूपमा दसैँ–तिहारको बेला महिलाले सामूहिक रूपमा प्रस्तुत गर्ने यो मौलिक नृत्य अहिले थारू गाउँमा विशेष आकर्षण बनेको छ । गोदावरी नगरपालिका-८, फकलपुरका माधव चौधरीका अनुसार साँझपख महिलाहरू एकनासको थारू वेशभूषामा सजिएर मादल र मिजुराको तालमा नाच्न थालेपछि गाउँभरिकै माहोल चाडपर्वमय बनेको छ । सखिया नाचमा महिलाले गोलबद्ध भएर तालमेलसहित नाच्ने गर्छन् । ‘मदरिया’ ले बजाउने मादलको ताल अनुसार उनीहरूले विभिन्न शैलीमा प्रस्तुत गर्ने यो नाचलाई सामूहिक मैत्रीको प्रतीक मानिन्छ । थारू महिलाले साथीलाई ‘सखी’…
Read More
फेरि खास्टो खोलेर म्याउँ नगर !

फेरि खास्टो खोलेर म्याउँ नगर !

भदौ २२ गते आइतवार दिउँसोसम्म अनलाइनखबरको नियमित स्तम्भ लेख्न कुनै विषयमा आवश्यक सामग्री जुटाउँदै थिएँ। तर, जोसँग केही प्रश्न राखेकी थिएँ, जवाफ पाएकी थिइनँ। आफ्नै व्यस्तताले त्यो दिन लेख्न सकिएन। त्यतिबेला सरकारले सामाजिक सञ्जाल पनि बन्द गरिदिएको रन्कोले धेरैलाई तताइराखेको थियो। स्मरणीय छ, मन्त्रिपरिषद्को ९ भदौको निर्णयले ‘एक साताभित्र सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता गर्ने आह्वान गरिने र त्यसपछि दर्ता नगरेको सामाजिक सञ्जाल निष्क्रिय गरिने’ भनेको थियो। त्यसपछि, यहाँ चलाइने २६ सामाजिक सञ्जालहरू क्रमशः निष्क्रिय पार्दै लगिएका थिए। सरकारलाई उक्त कदम चाल्न कुनै पनि कानूनी व्यवस्था नरहेको र त्यसले अभिव्यक्ति स्वतन्त्रता माथि असर पुग्ने सरोकारवालाहरूको धारणा रहेको थियो। कोभिडको बेलामा…
Read More
बैतडीको सरकारी कार्यालयद्वारा पूर्ववत् सेवा

बैतडीको सरकारी कार्यालयद्वारा पूर्ववत् सेवा

बैतडीः जेनजी प्रदर्शनका कारण बन्द रहेका बैतडीका सरकारी कार्यालय, विद्यालयलगायत सङ्घसंस्था पूर्ववत् अवस्थामा फर्किएका छन्। बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्यालयद्वारा प्रदान गरिँदै आएको सेवा प्रवाह पूर्ववत् सञ्चालनमा आएको  जानकारी दिए। उनले भने, 'जेनजी प्रदर्शनका कारण बन्द रहेका सरकारी कार्यालय सञ्चालनमा आउन थालेका छन्। कार्यालय खुलेसँगै सेवाप्रवाह पनि थालिएको छ।' विज्ञापन कार्यालय सञ्चालन भए पनि सेवाग्राही भने न्यून सङ्ख्यामा आउने गरेका प्रजिअ पौडेलले बताए। उनले भने, 'जिल्ला प्रशासनलगायत सरकारी कार्यालय खुलेका भए पनि  सेवाग्राहीको सङ्ख्या भने न्यून छ। माथिल्लो निकायका संरचनामा आगजनी तोडफोड भएर जिल्लामा सेवा पाउन मुस्किल हुनसक्छ भनेर पनि कम आएका हुन सक्छन्।' सरकारी कार्यालयमा क्षति भएको…
Read More
मुख्यमन्त्रीको फेसबुके राजीनामाले मधेश सरकार अन्योलमा

मुख्यमन्त्रीको फेसबुके राजीनामाले मधेश सरकार अन्योलमा

३० भदौ, जनकपुरधाम । २४ भदौमा फेसबुकमार्फत पदत्यागको घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अहिलेसम्म प्रदेश प्रमुखसमक्ष राजीनामापत्र बुझाएका छैनन् । यता, उनको दल जनमतले भने मुख्यमन्त्री, मन्त्रीसहित सरकारको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख कार्यालयलाई इमेलमार्फत पठाइसकेको छ । जसका कारण मधेश प्रदेश सरकार कसरी अघि बढ्छ भन्ने विषयमा अन्योल सिर्जना भएको छ । एकातर्फ मुख्यमन्त्रीले औपचारिक रूपमा राजीनामा नबुझाउनु, अर्कोतर्फ उनको दल जनमतले सरकारबाट बाहिरिएको पत्र पठाउनुले मधेशको राजनीतिक कोर्ष कसरी अघि बढाउने भन्नेमा अन्योल सिर्जना भएको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए । ‘मुख्यमन्त्रीले फेसबुकमा राजीनामा दिनुभयो । संसदीय राजनीतिमा सबैभन्दा ठूलो विश्वास हो ।…
Read More