Skip to main content

धनगढी न्यूज

Month: September 2025

बझाङमा प्रहरी नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फालेका कैदी गम्भीर घाइते

बझाङमा प्रहरी नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फालेका कैदी गम्भीर घाइते

बझाङमा कारागारबाट फरार भएका एक कैदी प्रहरीले नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फाल्दा गम्भीर घाइते भएका छन् ।  धनगढी।बझाङमा कारागारबाट फरार भएका एक कैदी प्रहरीले नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फाल्दा गम्भीर घाइते भएका छन्।घाइते हुनेमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका जाजरकोट भेरी नगरपालिका-४ का रोहित सुनार रहेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद धमलाले जानकारी दिए। उनका अनुसार बित्थडचिर गाउँपालिका क्षेत्रमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा सुनार करिब ३०० मिटर तल खसेका थिए। उनको ढाड र घाँटीमा गम्भीर चोट लागेको छ। हाल उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् र स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।उनीसँगै भागेका सोही मुद्दाका कैदी…
Read More
शिक्षा मन्त्रालयले भन्यो , कार्यालय समयमा टिकटिक नबनाउनु

शिक्षा मन्त्रालयले भन्यो , कार्यालय समयमा टिकटिक नबनाउनु

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय शिक्षा शाखाले विद्यालयका शिक्षक तथा कर्मचारीलाई कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक लगायतका भिडियोहरू नबनाउन निर्देशन दिएको छ। शाखाद्धारा आज प्रकाशित विज्ञप्तिमा सो अनुरोध सहितको निर्देशन दिइएको छ । विज्ञप्तिमाा बालमनोविज्ञानमा प्रत्यक्ष असर पर्ने खालका सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न भनिएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा प्राप्त गुनासोका आधारमा यो निर्देशन जारी गरिएको हो। राष्ट्रिय सतर्कता केन्द्र, अन्वेषण तथा अनुगमन शाखाले यस विषयमा समन्वय, सहयोग र सहजीकरणका लागि अनुरोध गरेको छ।
Read More
कैलालीको त्रिनगर–गौरीफन्टा सीमा नाकाबाट आवत–जावत खुल्ला

कैलालीको त्रिनगर–गौरीफन्टा सीमा नाकाबाट आवत–जावत खुल्ला

धनगढी : काठमाडौँसहित नेपालका विभिन्न सहरहरूमा जस्तै भदौ २३ र २४ गते धनगढीमा पनि प्रदर्शन भयो।जेन–जी पुस्ताको प्रदर्शनको समयमा सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहितका सरकारी कार्यालयहरू धोस्त पारिए। जेन–जी पुस्ताको प्रदर्शनपछि नेपालमा सरकार परिवर्तन भएको छ। नेपालको नयाँ प्रधानमन्त्रीमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नियुक्त भएसँगै सीमा क्षेत्र सहज भएको हो। विज्ञापन भदौ २३ गतेदेखि भारतीय सीमा सुरक्षा बल (एसएसबी)सहितका निकायहरूले सीमा क्षेत्रमा कडाइ गरेकामा आइतवारदेखि खुकुलो पारेका हुन्। उनीहरूले आइतवारदेखि भारतीय बजारसम्म नेपालीहरूलाई किनमेलका लागि जान दिन थालेका छन्। धनगढीका रोशन सार्कीले नेपाली नागरिकताको तस्विरका आधारमा जान दिएको बताए। उनले भने, ‘अस्ति खुल्ला थिएन। हिजोदेखि जान दिएको रहेछ। वनगाउँमा…
Read More
सरकारी कार्यालयहरूलाई आलोक मल्टी कन्सर्न प्रालिद्धारा फर्निचर सहयोग

सरकारी कार्यालयहरूलाई आलोक मल्टी कन्सर्न प्रालिद्धारा फर्निचर सहयोग

जेन-जी आन्दोलनका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा क्षति पुग्दा सेवा सञ्चालनमा कठिनाइ आएपछि, आलोक मल्टी कन्सर्न प्रालि, धनगढी-४, चटकपुरले सहयोग गर्नेभएको छ। यस सहयोगी भावनाको कदर गर्दै, कम्पनीले समाज, समुदाय र राष्ट्रिय हितप्रति आफ्नो प्रतिबद्धता देखाउँदै सरकारी कार्यालयहरूको सहज सञ्चालनका लागि फर्निचर उपलब्ध गराउने निर्णय गरेको हो। " यसअघि आगलागीबाट ठुलो क्षति भोग्दा पनि आम जनसमुदाय, व्यवसायी र उद्योग वाणिज्य संघ लगायतबाट प्राप्त सहयोग र हौसलाका कारण पुनः सञ्चालनमा फर्किन सफल भएको छौ । " कम्पनीले भनेको छ आलोक मल्टी कन्सर्न प्रालिले “समाज, समुदाय र राष्ट्रिय हितका कार्यमा निरन्तर सहयोग र सहकार्य गर्न” अठोट जारी राखेको र आगामी दिनमा…
Read More
पुराना मोटरसाइकल बेच्दै उकासिएका थिए, क्षणभरमै घर–कार्यालय खण्डहर बनाइदिए

पुराना मोटरसाइकल बेच्दै उकासिएका थिए, क्षणभरमै घर–कार्यालय खण्डहर बनाइदिए

भदौ २४ गते, अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्वअध्यक्ष ध्रुव थापा परिवारसँग पोखराको घरमा थिए। अटो व्यवसायी उनलाई जेनजी प्रदर्शनका क्रममा आन्दोलनकारीहरू आगो झोस्न घरै आइपुग्छन् भन्ने कल्पना समेत थिएन। 'हामी सबै परिवार घरमा बिरलै हुन्थ्यौं। त्यो दिन सबै सँगै थियौं। अचानक मानिसहरूले घर घेराउ र तोडफोड गर्न थाले। हामी हतारहतार त्यहाँबाट भागेर आफन्तकोमा गयौं,' ध्रुवले भने। घरमा काम सघाउने दुई जना कर्मचारी थिए। उनीहरूमध्ये एक जना सकुशल निस्किए। एक जनाको भने जलेर मृत्यु भयो। 'एक जना दाइ र बहिनी हुनुहुन्थ्यो। दाइ सकुशल निस्किन सक्नुभयो। बहिनी मोबाइल छुट्यो भनेर लिन फेरि माथि जानुभएछ। उहाँलाई देख्दादेख्दै पनि प्रदर्शनकारीहरूले आगो झोसिदिएछन्। त्यहीँ जलाइदिए। निकै दुःखद घटना झेल्नुपर्‍यो,' उनले…
Read More
ओमप्रकाश अर्याल : जेनजी सल्लाहकारलाई कार्यकारी जिम्मेवारी

ओमप्रकाश अर्याल : जेनजी सल्लाहकारलाई कार्यकारी जिम्मेवारी

३० भदौ, काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गत शनिवार अपराह्न भेटिँदा अधिवक्ता ओमप्रकाश अर्यालको आँखा रातै थिए, अनुहारमा थकान देखिन्थ्यो । युवाहरुको जेन–जी आन्दोलन शुरु भएदेखि नै लगभग अनिदो रहेका उनको शरीरले मस्त निद्रा खोजेको छनक दिइरहेको थियो । आन्दोलनका प्रतिनिधिहरुलाई प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गराएर बाहिरिएका उनी आन्दोलनका उपलब्धिमा जति उत्साहित थिए, त्यसको संस्थागत गर्ने चुनौतीमा झनै चिन्तित देखिन्थे । त्यसमाथि भोलि आफूले के गर्ने भन्ने अर्को चिन्ता पनि त्यसैमा मिसिएको थियो । ‘सबैतिरबाट यो संकटमा श्रीमान (सुशीला कार्की)को माग भयो, उहाँहरुले तिमीहरुले साथ दिने भए मात्रै जिम्मा लिन्छु भनेर शर्त राख्नुभयो’ उनले भने, ‘म अहिले नै सक्रिय राजनीतिमा…
Read More
सुदूरपश्चिममा आजदेखि सुपथ मूल्य पसल सञ्चालन हुने

सुदूरपश्चिममा आजदेखि सुपथ मूल्य पसल सञ्चालन हुने

दसैँ, तिहार र छठलाई लक्षित गर्दै सुदूरपश्चिमका विभिन्न स्थानमा सोमबार आज देखि सुपथ मूल्यका पसल सञ्चालन हुने भएका छन् ।  कञ्चनपुर । दसैँ, तिहार र छठलाई लक्षित गर्दै सुदूरपश्चिमका विभिन्न स्थानमा सोमबार (आज) देखि सुपथ मूल्यका पसल सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २८ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीका प्रादेशिक प्रमुख दीपक थापाका अनुसार सुपथ मूल्य पसलमार्फत चामल र चिनी प्रतिकिलो पाँच रुपैयाँ छुटमा उपलब्ध हुनेछन् । धनगढी, महेन्द्रनगर, खलङ्गा, मङ्गलसेन, मार्तडी, दिपायललगायतका स्थानबाट खाद्य व्यवस्था कम्पनीका पसल सञ्चालन हुनेछन् । त्यस्तै,…
Read More
कञ्चनपुरमा २७ वर्षीय युवाको मृत्यु प्रकरण: वडासदस्यसहित चार जना पक्राउ

कञ्चनपुरमा २७ वर्षीय युवाको मृत्यु प्रकरण: वडासदस्यसहित चार जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडाका २७ वर्षीय नरेश धानुक मृत्यु प्रकरणमा वडासदस्यसहित चार जना पक्राउ परेका छन्। शुक्रबार राति आफ्नै कोठामा फेसबुक लाइभ गर्दै धानुकले जनप्रतिनिधि र अन्य व्यक्तिहरूको नाम लिएपछि झुण्डिएर ज्यान दिएका थिए। धानुकले फेसबुक लाइभमै वडा सदस्य अमर बोहरा, भोजराज पन्त, खेम बोहरा र जनक धानुकले आफूलाई नाङ्गै बनाएर कुटपिट गरेको र त्यसकै कारण झुण्डिन बाध्य भएको बताएका थिए। परिवारले सोही भिडियोको आधारमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले जानकारी दिए। विज्ञापन धानुकको फेसबुक लाइभ भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा…
Read More
नेपालको जेनजी आन्दोलनले भारत र चीनमा कस्तो प्रभाव पार्ला ?

नेपालको जेनजी आन्दोलनले भारत र चीनमा कस्तो प्रभाव पार्ला ?

काठमाडौँ । गत साता नेपालमा जेनजी पुस्ताले गरेको आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । सन् १९९७ देखि २०१२ सम्म जन्मेका मानिसलाई ‘जेनेरेसन जुमर्स’ ‘जेन जी’ भनिन्छ । इन्टरनेटको प्रभाव उल्लेखनीय रूपमा बढिरहेको समयमा यो पुस्ता जन्मियो । हुर्किंदै गर्दा यो पुस्ता सामाजिक सञ्जालमा निकै सक्रिय भए । तर जब सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाइदियो, युवाहरूले विरोध गर्न थाले । तर पछि यो विरोध प्रदर्शन हिंसात्मक भयो । यस आन्दोलनका क्रममा धेरै मानिसको मृत्यु भयो । सरकारी भवनहरूमा आगो लगाइयो । केही नेताको घर पनि जले । प्रधानमन्त्री केपी ओलीले राजीनामा नै दिनुपर्‍यो । यस्तो अवस्थामा धेरै प्रश्नहरू…
Read More
‘म रहरले आएको होइन, विवश हुनुपर्‍यो’

‘म रहरले आएको होइन, विवश हुनुपर्‍यो’

यहाँहरु सबैलाई जानकारी छ कि कुन परिस्थितिमा यो अन्तरिम सरकारको मन्त्रिमण्डल गठन हुनुपर्ने आवश्यकता पर्न आयो । २७ घण्टाको एउटा आन्दोलनबाट मुलुकमा जनधनको व्यापक क्षति हुन पुगेको छ । देशभरीमा ४० जना जति युवा युवतीहरुले मृत्युवरण गर्नुपर्‍यो । र, सुरक्षा निकायहरु, प्रहरीका बिटहरु, सर्वोच्च अदालत, तराईका जम्मै जिल्ला अदालतहरु, उच्च अदालतहरु लगायत सिंहदरबार समेत सम्पूर्ण आगोमा विभत्स तरिकाले जलेर गयो । हाम्रा रेकर्डहरु, प्रमाणहरु, सर्वोच्च अदालतका फाइलहरु सबै नष्ट भएर हामीलाई अर्को एउटा समस्या, ठूलो समस्या । भौतिक क्षतिले केही हुँदो रहनेछ । त्यो त बनाउन पनि सकिन्छ । ती रेकर्डहरु, जमानाका फाइलहरु, विवरणहरु सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा…
Read More