Skip to main content

धनगढी न्यूज

Month: September 2025

जेनजी आन्दोलनमा शहीद ७२, परिवारलाई १०/१० लाख राहत

जेनजी आन्दोलनमा शहीद ७२, परिवारलाई १०/१० लाख राहत

जेनजीको आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरी उनीहरुका परिवारलाई १०र१० लाख रुपैयाँको दरले राहत दिने भएको छ।  काठमाण्डौ।जेनजीको आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरी उनीहरुका परिवारलाई १०र१० लाख रुपैयाँको दरले राहत दिने भएको छ।आज पदभार ग्रहण गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यो निर्णयमा हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रमको अवसरमा मुख्यसचिव एकनारायण अर्यालले आन्दोलनका क्रममा ज्यान गुमाएकाको परिवारलाई १०र१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिए। जेनजी आन्दोलन र प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ७२ जना पुगेको पनि उनले बताए।मुख्यसचिव अर्यालका अनुसार एक सय ९१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । धनगढी…
Read More
कैलालीमा १०८ कार्यालय र ६ सय सवारी साधन जलाइयो

कैलालीमा १०८ कार्यालय र ६ सय सवारी साधन जलाइयो

धनगढी:  गत मङ्गलवार भएको जेन्जी आन्दोलनका क्रममा कैलालीमा सरकारी संरचनाहरु ध्वस्त पारिएका छन् । प्रदेशको राजधानी समेत रहेको धनगढीमा रहेका प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालय ध्वस्त पारिएको छ। प्रदर्शनको क्रममा नेपाल टेलिकम, विद्युत प्राविधिकरण, स्वास्थ्य कार्यालय, सेती प्रादेशिक अस्पताल, धनगढी उपमहानगरपालिका, पशु र कृषि कार्याल तथा नेपाल प्रहरीको बाहेक सबैजसो कार्यालयमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका थिए । माथी उल्लेख गरिएका बाहेकका प्रायजसो सबै सरकारी कार्यालयका भवनमा तोडफोड र आगजनी गरिएको छ भने सरकारी कार्यालयका सवारी साधनसमेत जलाइएका छन् । धनगढी मात्र नभएर अत्तरिया, घोडाघोडी, लम्कीचुहा, टीकापुर लगायतका ठाउँमा रहेका स्थानीय, प्रदेश र संघीय सरकार मातहतका सरकारी संरचनामा समेत तोडफोड…
Read More
कैदीलाई आत्मसमर्पण गर्न कैलाली प्रहरीको सार्वजनिक अपिल

कैदीलाई आत्मसमर्पण गर्न कैलाली प्रहरीको सार्वजनिक अपिल

धनगढीः जिल्ला प्रहरी कार्यालय, कैलालीले फरार कैदी तथा थुनुवाहरूलाई सम्पर्कमा आउन सार्वजनिक अपिल गरेको छ। कैलाली कारागारबाट फरार भएका कैदी तथा थुनुवाहरूलाई तत्काल आत्मसमर्पण गर्न सार्वजनिक अपिल गरेको हो। भदौ २४ गते कारागार परिसरबाट फरार भएका बन्दीहरूलाई कारागार प्रशासनले भाद्र २६ गते नै सूचना जारी गरिसकेको उल्लेख गर्दै प्रहरीले आज पुनः सार्वजनिक अपिल जारी गरेको छ। विज्ञापन प्रहरीले फरार अवस्थाको निरन्तरता रहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने र भविष्यमा पाउन सकिने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनःस्थापना प्रक्रियामा प्रतिकूल असर पर्न सक्ने भएकाले तुरुन्तै सम्पर्कमा आउन आग्रह गरेको छ। प्रहरी नायब उपरीक्षक एवम् कार्यालयका प्रवक्ता राजकुमार सिंहले…
Read More
कञ्चनपुरमा दुई सामुदायिक वनमा गरिएको अतिक्रमण हटाइयो

कञ्चनपुरमा दुई सामुदायिक वनमा गरिएको अतिक्रमण हटाइयो

शुक्लाफाँटा नगरपालिका-८ स्थित दुई वटा सामुदायिक वनमा गरिएको अतिक्रमण आज हटाइएको छ कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ स्थित दुई वटा सामुदायिक वनमा गरिएको अतिक्रमण आज हटाइएको छ । सङ्गठित रूपमा करिब १५० बढी व्यक्तिले अमरजित सामुदायिक वन र प्रगति महिला सामुदायिक वनक्षेत्रमा अस्थायी झुपडी बनाएर बसेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, वन कर्मचारी र सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा आज उनीहरूलाई हटाएको हो । सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज बिष्टका अनुसार तीन दिन दिनअघि देखि उनीहरुले झुपडी बनाउन थालेका थिए । “असहज परिस्थितिको फाइदा उठाउँदै सङ्गठित रूपमा वन क्षेत्र अतिक्रमण गर्न आएका व्यक्तिहरूलाई समयमै हटाएर सामुदायिक वन…
Read More
भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा

भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल भइरहेको छ । आज छलफलमार्फत् नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद्‌ विस्तार गर्ने स्रोतले जनाएको छ । मन्त्रिपरिषद्‌ विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग छलफलमा छिन् । पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् ।अन्लाईन खबर बाट साभार
Read More
धनगढीको जनजीवन सामान्य बन्दै

धनगढीको जनजीवन सामान्य बन्दै

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीको जनजीवन विस्तारै सामान्य बन्न थालेको छ। स्थानीय प्रशासनले कर्फ्यु खुकुलो पार्दै साँझ बिहान आवतजावत गर्न दिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। प्रशासनले अत्यावश्यक सेवा, कार्यको लागि बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न दिएको छ। विज्ञापन त्यस्तै, अवस्थालाई मध्यनजर गरेर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ। त्यस्तै, साँझ ७ बजेदेखि ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने छ। प्रशासनले तीन जनाभन्दा बढी समूह बनाएर भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने जनाएको छ। नवपुस्ता (जेनजी) आन्दोलनको कारण उत्पन्न असहज परिस्थितिले जनजीवन कठिन बनेको…
Read More
कैलालीमा सार्वजनिक स्थानमा निषेधाज्ञा, सभा र जुलुस गर्न नपाइने

कैलालीमा सार्वजनिक स्थानमा निषेधाज्ञा, सभा र जुलुस गर्न नपाइने

जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक स्थानमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा(३) बमोजिम जिल्लाभर लागु हुनेगरी शनिबार निषेधाज्ञा सम्बन्धी आदेश जारी गरेका हुन् । प्रजिअ लम्सालले जारी गरेको आदेशअनुसार संघ, प्रदेश तथा स्थानीय तहका विभिन्न कार्यालय भवन, सुरक्षा निकाय कार्यालय र परिसर, अत्यावश्यक वस्तु सेवा आपूर्तिका स्थलहरु, मठ, मन्दिर तथा मुख्य बजार केन्द्रहरुमा निषेधाज्ञा लागु हुने उल्लेख गरिएको छ। निषेधित क्षेत्रमा कुनै प्रकारको हुलदंगा, अशान्ति हुने गरी हातहतियार, घरेलु हतियार, लाठी जस्ता सामाग्री लिएर विरोध र्‍याली, सभा तथा जुलुस गर्न नपाउने, कुनै व्यक्ति वा राजनैतिक दलका पार्टी कार्यालयमा…
Read More
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय: प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव तय

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय: प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव तय

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदबहालीको केही घण्टामै आफ्नो पहिलो निर्णयस्वरूप प्रतिनिधिसभा विघटन गरेकी छन् । शुक्रबार साँझ शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाटै संसद् विघटनको निर्णय गरिएको हो । यस्तै, प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गतेको लागि प्रतिनिधि सभाको नयाँ निर्वाचन मिति तय गरिएको छ । हालसम्म मन्त्रिपरिषद् विस्तार नभएकाले बैठकमा प्रधानमन्त्री कार्की एक्लै उपस्थित थिइन् । संविधानअनुसार अन्तरिम सरकार प्रमुखका रूपमा उनले संसद् विघटनको सिफारिस राष्ट्रपतिसमक्ष पेश गरेकी थिइन्, जसलाई राष्ट्रपति पौडेलले स्वीकृति दिँदै हस्ताक्षर गरिसकेको जानकारी प्राप्त भएको छ । प्रधानमन्त्री कार्कीले भनिन्, ‘भर्खरै आएका छौँ । अब…
Read More
यसपालि विध्वंसको सबै क्षति बीमा कम्पनीले बेहोर्छन्?

यसपालि विध्वंसको सबै क्षति बीमा कम्पनीले बेहोर्छन्?

भदौ २४ गते प्रदर्शन क्रममा सार्वजनिक सम्पत्तिदेखि विभिन्न व्यावसायिक भवन, होटल, घरमा आगजनी भए। यी घटनाबाट अर्बौंको क्षति पुगेको आकलन छ। तर नेपालमा सार्वजनिक सम्पत्तिको बीमा हुन सकेको छैन। धेरै समय अघिदेखि सार्वजनिक सम्पत्तिको पनि बीमा गर्नुपर्छ भन्ने कुरा उठिरहे पनि सरकारी उदासीनताका कारण अहिलेसम्म हुन नसकेको हो। त्यसैले सार्वजनिक सम्पत्तिमा जे जति क्षति भयो, त्यसको भरपाइ हुँदैन। अब निजी सम्पत्तिको कुरा गरौं  काठमाडौंसहित देशभरका जिल्लामा धेरै निजी सम्पत्ति क्षति भएको छ। ठूला व्यवसायहरू भाटभटेनी सुपरस्टोर, हिल्टन होटल, चौधरीको समूहको उद्योग, लोत्से मल, गाडीका शोरूमहरूदेखि व्यवसायीहरू विनोद चौधरी, शेखर गोल्छा, ध्रुव थापा लगायत व्यवसायीको कार्यालय, घर, सवारी साधनहरूमा क्षति भएको छ। यसबाहेक देशभर मध्यमस्तरका पनि थुप्रै व्यवसायमा क्षति…
Read More
महाकाली प्रादेशिक अस्पतालमा ६४ स्लाइसको सिटी स्क्यान सेवा सुरु हुने तयारी

महाकाली प्रादेशिक अस्पतालमा ६४ स्लाइसको सिटी स्क्यान सेवा सुरु हुने तयारी

महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ कञ्चनपुर । महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ। अस्पतालले ६४ स्लाइसको ‘सिटी स्क्यान’ सेवा थप गरेर आगामी सातादेखि सेवा सुरु गर्ने तयारी गरेको महाकाली प्रादेशीक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन अर्जुन भट्टले जानकारी दिए। '६४ स्लाइसको सिटी स्क्यान मेसिन अस्पतालमा पुगेर जडान कार्य अन्तिम चरणमा छ।' उनले भने, अर्को हप्तादेखी सेवा सुचारु गर्ने गरी तयारीमा लागेका छौ।' अस्पतालले सिटी स्क्यान जडानका लागि गत फागुनमा  बालाजी सर्जिकल सप्लायर्ससंग तीन करोड ८३ लाख ५५ हजार ५ सय ६० रुपयाँमा सम्झौता गरेको थियो। अस्पतालमा सीटी स्क्यान सेवा सुरु भएपछि यहाँका बिरामीले…
Read More