Skip to main content

धनगढी न्यूज

Month: September 2025

सुदूरपश्चिमका जनप्रतिनिधिद्वारा निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन माग

सुदूरपश्चिमका जनप्रतिनिधिद्वारा निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन माग

धनगढीः सुदूरपश्चिमका जनप्रतिनिधिले राजीनामा दिन ज्ञात र अज्ञात व्यक्ति वा समूहहरूबाट धम्की आउने घटनाहरू भइरहेकाले सेवा प्रवाह गर्ने वातावरण बनाउन माग गरेका छन्। गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम अध्यक्ष लोकेन्द्र बहादुर शाही,  नेपाल नगरपालिका सङ्घ सुदूरपश्चिम संयोजक वीरेन्द्र भट्ट, र जिल्ला समन्वय समिति महासङ्घ सुदूरपश्चिम संयोजक गगन भण्डारीद्वारा जारी संयुक्त विज्ञप्तिमा स्थानीय सरकारका सम्पत्ति तथा दस्ताबेजहरूको सुरक्षा गर्न, सबै नागरिक तथा जनप्रतिनिधिहरूको जिउ ज्यान, निजी सम्पत्ति तथा उद्योग व्यवसायको सुरक्षाको प्रत्याभूति दिलाउँदै निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन माग गरेका हुन। विज्ञापन शुक्रवार जारी विज्ञप्तिमा जेन जी पुस्ताका युवाहरूको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति सम्पूर्ण स्थानीय सरकारहरू अत्यन्त दुखित भएको उल्लेख…
Read More
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । जेनजीको मागअनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्त गरेका हुन् । कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । उक्त धाराको उपधारा (४) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख छ । त्यस्तै उपधारा (३) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने भनिएको छ । यी दुवै धारालाई आधार बनाएर कार्कीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको हो । मुलुकको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो…
Read More
शीतलनिवासमा जुट्यो सहमति : सुशीला कार्कीको आजै शपथ, प्रतिनिधिसभा विघटन हुने

शीतलनिवासमा जुट्यो सहमति : सुशीला कार्कीको आजै शपथ, प्रतिनिधिसभा विघटन हुने

पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति जुटेको हो । शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिने र प्रतिनिधिसभा विघटन गर्ने सहमति भएको हो । आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै पौडेल  प्रतिनिधिसभा विघटन गर्नेमा पनि सहमत भएका हन् । सुशीला कार्कीको अहिले साँझ ९ बजे   शपथ गराउने तयारी छ । त्यसक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीका नेताहरुले जेन(जी आन्दोलनको म्यान्डेट अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सरकार प्रमुख बनाउन सहमति जनाए । तर, दलका अधिकांश नेताले…
Read More
धनगढीमा पसलहरू क्रमिक रूपमा खुल्दै, हाटबजारमा कारोबार

धनगढीमा पसलहरू क्रमिक रूपमा खुल्दै, हाटबजारमा कारोबार

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीको जनजीवन सामान्य हुँदै गएको छ।धनगढीका पसल, पेट्रोल पप्म, हाटबजार, नास्ता पसल तथा होटेल लगायतका व्यावसायिक प्रतिष्ठान खुल्न थालेका हुन्। यस्तै,धनगढीमा निजी सवारी साधन पनि चल्न थालेका छन् भने विद्युतीय रिक्साहरूसमेत बजार क्षेत्रमा सञ्चालनमा रहेका छन्। विज्ञापन जेन्जी पुस्ताको प्रदर्शनका क्रममा सोमवारदेखि असामान्य बनेको धनगढीको जनजीवन क्रमिक रूपमा सुधार हुँदै गएको छ। देशको शान्ति सुरक्षा कायम राख्न नेपाली सेना परिचालित भएपछि जनजीवन क्रमशः शान्त बन्न थालेको हो। धनगढीसहित आसपासका क्षेत्रमा सेनाको उपस्थिति रहेको छ। कैलाली भन्सार कार्यालय, मुख्यमन्त्रीको निवास, प्रदेश सभा लगायतका कार्यालयहरूको सुरक्षामा नेपाली सेना परिचालन गरिएको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीले समेत…
Read More
चैतन्य पाठशालाद्धारा ध्यानाकर्षणसहितको प्रेस विज्ञप्ति

चैतन्य पाठशालाद्धारा ध्यानाकर्षणसहितको प्रेस विज्ञप्ति

कैलालीको धनगढीस्थित चेतन्य पाठशालाले त्यहाँका एक पूर्व कर्मचारी भरतविक्रम शाहको जेन जी आन्दोलनमा भएको संलग्नताको विषयलाई लिएर समाजिक सञ्जालमार्फत पाठशालालाई जोडेर आएका विभिन्न प्रतिक्रियाहरूप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै सस्थाले चासो, सरोकार र शुभेच्छा व्यक्त गर्ने सम्पूर्णमा हार्दिक आभार व्यक्त समेत गरेको छ । संस्थाका प्राचार्य प्रेमनिधि ओझाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ "हामी सबैमा विनम्र अनुरोध गर्न चाहन्छौं कि श्री शाहज्यूको संलग्नता नितान्त व्यक्तिगत विषय हो र वहाँ स्वंयमे मेरो सँस्थासंग संलग्नता नरहेको भनि प्रष्ट पनि पारिसकेको अवस्था छ। त्यसैले उहाँको व्यक्तिगत विषयलाई चैतन्य पाठशालासँग जोडेर व्याख्या नगरिदिनुहुन अनुरोध गर्दछौं।" पाठशालाले निजको…
Read More
भ्रामक सूचनामा विश्वास नगर्न नेपाली सेनाको आग्रह

भ्रामक सूचनामा विश्वास नगर्न नेपाली सेनाको आग्रह

नेपाली सेनाले अहिलेको विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको भन्दै भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सबैसँग आग्रह गरेको छ । सेनाको जनसम्पर्क निर्देशनालयले सूचना निकालेर आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएकाले भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न आग्रह गरेको हो । सेनाले सूचना आदानप्रदानको लागि सूचना निर्देशनालय लगायत देशभर रहेका पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न पनि आग्रह गरेको छ । सेनाले देशका विभिन्न ठाउँमा रहेका आठ वटा पृतना हेडक्वार्टरका फोन नम्बरसहितको विवरण सार्जजनिक गर्दै भ्रामक सूचनामा विश्वास नगर्न भनेको हो ।
Read More
धनगढीको एरिष्टो माविले जिल्ला प्रशासन कार्यालय कैलालीलाई कम्युटर लगायतका अत्यावश्यक सामाग्री सहयोग गर्ने

धनगढीको एरिष्टो माविले जिल्ला प्रशासन कार्यालय कैलालीलाई कम्युटर लगायतका अत्यावश्यक सामाग्री सहयोग गर्ने

२६ भाद्र,धनगढी : धनगढी उपमहानगरपालिका वडा न ८ क्याम्पस रोडमा रहेको एरिष्टो माध्यमिक विद्यालयले जिल्ला प्रशासन कार्यालय कैलालीलाई कम्युटर लगायतका अत्यावश्यक सामाग्री सहयोग गर्ने बताएको छ । यहि भाद्र २४ गते जेएनजीको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय कैलालीका कम्युटर,फर्नीचर,कागजात लगायतका सम्पूर्ण सामाग्री जलेर नष्ट भएका थिए । आम नागरिकको प्रत्यक्ष सेवासँग जोडिएको जिल्ला प्रशासन कार्यालय कैलालीले सेवा सञ्चालनका लागि तयारी गर्न थालेपनि आवश्यक सामाग्री नहँदा शून्यमा झरेका बेला एरिष्टो माविले राष्ट्र सेवाका निम्ति भन्दै एक थान कम्प्युटर एक थान प्रिन्टर र एक जोडी फर्निचर उपलब्ध गराउने घोषणा सामाजिक सञ्जाल मार्फत गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको अपलि सामाजिक…
Read More
धनगढीमा जनजीवन सामान्य, सेनाले निषेधाज्ञा खुकुलो पार्यो

धनगढीमा जनजीवन सामान्य, सेनाले निषेधाज्ञा खुकुलो पार्यो

कैलालीसहित सुदूरपश्चिम प्रदेशमा जनजीवन क्रमशः सामान्य हुँदै गएको छ धनगढी । कैलालीसहित सुदूरपश्चिम प्रदेशमा जनजीवन क्रमशः सामान्य हुँदै गएको छ। अघिल्लो दिनको तुलनामा आज बिहान सडकमा सवारी साधनको संख्या बढी देखिएको छ। नेपाली सेनाले दिउँसोको समयमा कर्फ्यु खुकुलो बनाउँदै बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरेको छ। यसअघि जेनजी युवाहरूको हिंसात्मक प्रदर्शनपछि सरकारले २४ भदौ राति १० बजेदेखि सुरक्षा कमाण्ड सेनालाई हस्तान्तरण गरेको थियो। सेनाले जनाएको अनुसार आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्र कर्फ्यु लाग्नेछ। सरल भाषामा, निषेधाज्ञा मानिसहरूको भिडभाड नियन्त्रण गर्न हो भने कर्फ्यु आवतजावत पूर्णरूपमा रोक्ने कडा आदेश हो। निषेधाज्ञा…
Read More
नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन

नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ: नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न कर्मचारीलाई शीतल निवासले निर्देशन दिएको छ। आज बिहान गृह मन्त्रालयका कर्मचारीलाई स्वागतको तयारी गर्न निर्देशन दिइएको हो। जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठुला दल र राष्ट्रपतिबिच सहमति भएसँगै गृह मन्त्रालयलाई स्वागतको तयारी थाल्न भनिएको हो। यद्यपि संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा निकास निस्किसकेको छैन। विज्ञापन बिहीबार राति शीतलनिवास आएसँगै कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा राष्ट्रपति पौडेलले कांग्रेस र माओवादी केन्द्रका नेतालाई जानकारी गराएका थिए । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वर्षमान पुन तथा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापासँग…
Read More
प्रधानसेनापतिलाई दलहरूको सन्देश : संसद्‌बाटै निकास खोजौं

प्रधानसेनापतिलाई दलहरूको सन्देश : संसद्‌बाटै निकास खोजौं

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमालेसहितका राजनीतिक दलहरूले प्रतिनिधिसभाबाटै समाधान खोज्न नेपाली सेनालाई सुझाव दिएका छन् । केही युवा नेताहरूले प्रधानसेनापति अशोकराज सिग्देलसमक्ष अहिलेको गणतान्त्रिक व्यवस्थालाई कायम राख्दै संसद्‌बाटै निकास निकाल्नुपर्ने सन्देश दिएका हुन् । ‘जंगीअड्डाबाट जेजनी प्रतिनिधिसँग मात्र अहिले संवाद भइरहेको छ, तर त्योभन्दा ठूलो र संगठित शक्ति अझै बाहिरै छौं,’ एक नेताले अनलाइनखबरसँग भने, ‘यस्तोमा परम्परागत शक्तिलाई बाइपास गरेर हुने कुनै पनि निर्णयले स्थायित्व दिँदैन ।’ त्यही सन्देश नेपाली सेनाको जंगीअड्डालाई दिइएको स्रोतले बताएको छ । स्रोतका अनुसार, ती नेताहरूले अहिलेको व्यवस्थालाई जोगाएर जेनजीको माग पूरा गर्ने सन्दर्भमा आफूहरू जे गर्न पनि तयार रहेको बताएका छन्…
Read More