26
Nov
बुटवल । लुम्बिनी प्रदेशसभामा निर्वाचित भएको तीन वर्षको अवधिमा शून्य, विशेष र सैद्धान्तिक विषयमा बोल्ने सांसदहरूको सूची हेर्दा गुल्मीकी सांसद तारा थापा सबैभन्दा अगाडि छिन् । २०७९ मङ्सिर १८ गतेदेखि २०८२ असार १८ गतेसम्म लुम्बिनी प्रदेशसभामा थापाले सर्वाधिक बोलेको पाइएको छ । लुम्बिनी प्रदेशसभाको अधिवेशन भदौमा अन्त्य भए पनि बजेट पारित भएपछि बैठक नबसेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताएका छन् । भदौ अन्त्यमा घोषणा गरिएको प्रदेशको सातौँ अधिवेशन हिजोबाट मात्र सुरु भएको छ । यस अर्थमा, निर्वाचन भएको तीन वर्षको अवधिमा भएका छ वटा संसद् अधिवेशन भए । जहाँ रातोपाटीलाई प्राप्त सूचीअनुसार सदनमा सबैभन्दा बढी बोल्ने १० सांसदहरूको सूची…






