26
Aug
पशुपतिनाथ मन्दिर परिसर कृत्रिम वर्षा गराएर श्रद्धालु भक्तजनलाई शीतल गराइएको छ। तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ। श्रद्धालु भक्तजनहरूलाई शीतल प्रदान गर्न कृत्रिम वर्षा गराइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। यसपटकबाट यस्तो अभ्यासको थालनी गरिएको हो। आराध्यदेव पशुपतिनाथको दर्शनार्थीलाई सहज दर्शन गर्न प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ। यसका लागि पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए। केही भक्तजन भने बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए। अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने अवस्था…






