Skip to main content

धनगढी न्यूज

Year: 2025

सुदूरपश्चिमका पहाडी जिल्लामा स्क्रब टाइफसको प्रकोप बढ्दै

सुदूरपश्चिमका पहाडी जिल्लामा स्क्रब टाइफसको प्रकोप बढ्दै

धनगढीः सुदूरपश्चिमका पहाडी सात जिल्लामा स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ। मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा यो रोगको संक्रमण हुने गर्छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीले सुदूरपश्चिमका पहाडी जिल्लामा स्क्रब टाइफसको दर प्रत्येक वर्ष बढिरहेको जनाएको छ। स्क्रब टाइफसका बिरामी तराईका कैलाली, कञ्चनपुरबाहेकका सात पहाडी जिल्लामा बढिरहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले बताए। पहाडी जिल्लामा यो संक्रमण आर्थिक वर्ष ०८०/८१ भन्दा गत आव (०८१/८२) मा १ हजार ४९८ जनाले वृद्धि भएको उनले बताए। विज्ञापन बैतडी, दार्चुला, बझाङ, अछाम, डडेलधुरा, बाजुरा र डोटीमा आव ०८०/८१ मा २ हजार ५६३ जना र गत आवमा ४ हजार ६१…
Read More
तीन वर्षमा ५४ प्रतिशतले घट्यो जन्मदर, नेपालमा सन्तान संकटको खतरा

तीन वर्षमा ५४ प्रतिशतले घट्यो जन्मदर, नेपालमा सन्तान संकटको खतरा

११ भदौ, काठमाडौं । शिशु जन्मदर कुन गतिमा घटिरहेको छ, बितेको तीन वर्षको तथ्यांकले छर्लङ्ग पार्छ । वर्षेनी शिशु जन्मको घट्दो ग्राफले नेपालमा सन्तान संकटको खतरातर्फ संकेत गरेको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा देशभर ४ लाख १५ हजार २२ जना शिशु जन्मिएका थिए । आव २०७९/८० मा त्यो संख्या घटेर २ लाख ३३ हजार १२६ मा झर्‍यो । आव २०८०/८१ मा शिशु जन्मदर सर्लक्कै घटेर १ लाख ९० हजार ६९२ मा आइपुगेको छ । तीन वर्षको यो अवधिमा झन्डै ५४ प्रतिशत जन्मदर घटेको तथ्यांङ्कले देखाएको छ । यी तथ्यांकलाई दैनिक जन्ममा गणना गर्दा आव २०७८/७९ मा प्रतिदिन १…
Read More
प्रचण्डले किन दिइरहेछन् माओवादीबाट बिचौलिया लखेट्ने अभिव्यक्ति ?

प्रचण्डले किन दिइरहेछन् माओवादीबाट बिचौलिया लखेट्ने अभिव्यक्ति ?

११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार पार्टीका कतिपय नेताहरू दलाल पूँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसिरहेको आरोप लगाए । आइतबार पार्टी मुख्यालयमा आर्थिक उत्पादन विभागको बैठकमा प्रचण्डले भने, ‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण त्यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ । अब पार्टीका हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ ।’ उनले थप अगाडि बढेर भने, ‘दलाल, नोकरशाही र बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई माओवादी केन्द्रमा धेरै दिन स्थान छैन । त्यस्ता प्रवृत्ति लामो समय माओवादी पार्टीमा रहिरहन सक्दैन ।’ पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई पार्टी राजनीतिमा फर्काएपछि प्रचण्डले यही विभागको…
Read More
नेपालमा आयो सिटमै ज्यान मालिस गर्ने सुविधा भएको कार, कति पर्छ मूल्य?

नेपालमा आयो सिटमै ज्यान मालिस गर्ने सुविधा भएको कार, कति पर्छ मूल्य?

के तपाईंलाई गाडीमा लामो यात्रा गर्दा ढाड दुख्ने वा थकाइ लाग्ने हुन्छ? प्राय:लाई यस्तो समस्या आएको हामी सुन्छौं। तर तपाईंलाई थाहा छ — सिटमै बसीबसी ज्यान मालिस गर्ने सुविधा भएको कार अब नेपाली बजारमा पनि आएको छ। हामी कुरा गर्दैछौं, 'एभटार–११' को। यो संसारकै प्रसिद्ध तीन ठूला चिनियाँ कम्पनी चांगान अटोमोबाइल, सिएटिएल र हुवावेले संयुक्त रूपमा उत्पादन गरेको प्रिमियम 'लक्जरी' कार हो। यसमा अगाडिका साथै पछाडिका सबै सिटमा मालिसको सुविधा उपलब्ध छ।कम्पनीका अनुसार चालक र यात्रुहरूले आफूलाई चाहेजसरी मालिसको सुविधा लिन सक्छन्। भन्नुको मतलब; तपाईं आवश्यकता अनुसार छिटो, सुस्त, हलुका वा अलि साह्रो मालिस लिन सक्नुहुन्छ। यसका लागि मालिसको गति छनौट गर्ने विकल्पहरू दिइएका छन्। मालिसका साथै…
Read More
कृष्णपुर नगरपालिकाको दोमिल्लामा जङ्गली हात्ती बस्तीमा प्रवेश, स्थानीय त्रसित

कृष्णपुर नगरपालिकाको दोमिल्लामा जङ्गली हात्ती बस्तीमा प्रवेश, स्थानीय त्रसित

दोमिल्ला अहिले जङ्गली हात्तीको त्रासमा छ । करिब २ दर्जन हात्ती बस्तीमा पसेर तहसनहस पारिरहेका छन्  कञ्चनपुर । दोमिल्ला अहिले जङ्गली हात्तीको त्रासमा छ । करिब २ दर्जन हात्ती बस्तीमा पसेर तहसनहस पारिरहेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका – १ मा पर्ने उक्त क्षेत्रमा हात्ती गाउँमा पसेर घर भत्काउने, धान बाली मास्न थालेपछि स्थानीय त्रसित बनेका छन् । स्थानीय अम्बदत्त भट्टले दैनिक जस्तो हात्ती बस्तीमा पस्न थालेपछि स्थानीय त्रसित बनेको बताए । उनले हात्तीले बस्तीमा पसेर घर भत्काउनुका साथै धान बालीमा पनि क्षति पुगाएको बताए । ‘हात्ती बस्तीमा पस्न थालेपछि अहिले हामी रातभर जाग्राम बस्न बाध्य भएका छौ’ उनले भने ‘राती…
Read More
कञ्चनपुरमा बजेट अभावले नेपाल आमाको मूर्ति निर्माण अलपत्र

कञ्चनपुरमा बजेट अभावले नेपाल आमाको मूर्ति निर्माण अलपत्र

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बजेट अभावले अलपत्र परेको छ। जगतगुरु मोहनशरण देवाचार्यले आठ वर्षअघि साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणको सुरुवात गरेका थिए। मूर्ति निमार्णका लागि जगतगुरु मोहनशरण देवाचार्यले जनताको दानबाट केही धातु र नगद सङ्कलन गरे पनि राज्यस्तरबाट सहयोग नहुँदा मूर्ति निर्माण पूरा भएको छैन। विज्ञापन 'प्रदेश सरकारका मुख्यमन्त्रीलगायतका अधिकांश नेतालाई भेटेरै मूर्ति निर्माण लागि तीन करोड बजेट विनियोजन गरिदिन आग्रह गरेको थिएँ', जगतगुरु मोहनशरण देवाचार्यले भने, 'सरकारबाट सहयोग प्राप्त भएको छैन।' उनले उक्त मूर्ति राष्ट्रलाई जोड्ने अभियान भएकाले यसको पूर्णताका…
Read More
सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तिकरण ऐन संशोधन गर्दै

सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तिकरण ऐन संशोधन गर्दै

सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तिकरण ऐन संशोधन गर्न लागेको छ  धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तिकरण ऐन संशोधन गर्न लागेको छ । बनेको चार वर्षसम्म पनि कार्यान्वयन हुन नसकेपछि सरकारले दलित सशक्तिकरण ऐन संशोधन गर्न लागेको हो । कार्यान्वयनमा देखिएको जटिलता फुकाउन ऐन संशोधन गर्न लागेको जनाइएको छ । दलित समुदायमाथि हुने छुवाछूत वा सबै प्रकारको विभेद अन्त्यगरी दलित समुदायको सशक्तिकरण, समावेशीकरण, राज्यको सबै तहमा सहभागिता र क्षमता अभिवृद्धिका लागि सरकारले २०७८ मा यो ऐन बनाएको थियो । तर, बनेको चार वर्षसम्म ऐन कार्यान्वयन हुन सकेन । ऐन कार्यान्वयनमा समस्या देखिएपछि संशोधनको प्रक्रिया अगाडि बढाएको सामाजिक विकासमन्त्री मेघराज खड्काले बताए…
Read More
कैलालीका भूमिहीनहरूलाई लालपुर्जा वितरणको तयारी

कैलालीका भूमिहीनहरूलाई लालपुर्जा वितरणको तयारी

धनगढी : कैलालीका भूमिहीनहरूलाई लालपुर्जा वितरणको तयारी गरिएको छ। कैलालीका १३ वटा स्थानीय तहहरूका फाइल जिल्ला भूमि आयोगमा आउने क्रम सुरु भएको हो। कैलालीको धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, गोदावरी नगरपालिका लगायतले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीहरूको फाइल पठाएका छन्। विज्ञापन स्थानीय तहहरूले पठाएको फाइलहरूलाई आयोगले अध्ययनको काम गर्दै छ। जिल्ला आयोगले फाइल अध्ययनको काम पूरा गरेपछि दाबी विरोधका लागि सूचना सार्वजनिक गर्ने छ। एक महिना भित्रमा भूमि आयोग, कैलाली लालपुर्जा वितरणको चरणमा पुग्ने दाबी गरिएको छ। धनगढीले आयोगमा फाइल पठायो विज्ञापन धनगढी उपमहानगरपालिकाले सोमवार मात्र भूमि आयोगमा फाइल पठाएको हो। धनगढी उपमहानगरपालिकाले वडा नम्बर ३, ५, ६,…
Read More
जैविक तटबन्ध गरिदा स्थानीय खुशी

जैविक तटबन्ध गरिदा स्थानीय खुशी

कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ बर्दवाफाँटामा जैविक तटबन्ध गरिएको छ धनगढी । कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ बर्दवाफाँटामा जैविक तटबन्ध गरिएको छ । भजनी नगरपालिका समन्वय र कियाको आर्थिक सहयोगमा तटबन्ध गरिएको हो । वहुउद्देश्यीय विकास समाज (एमपीडीएस) डडेल्धुराद्वारा संचालित बाढी तथा पहिरोबाट प्रभावित जनताका लागि आपतकालिन अवस्थामा सहयोग गर्न पूर्व तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत भजनी नगरपालिका वडा नं ३ बर्दवाफाँटा काँडा नदीमा सामुदायिक जैविक तटबन्ध गरिएको छ । बर्षेनी बर्षायाममा काँडा नदीमा बाढी आई बर्दवाफाँटा बस्ती डुबानमा पर्ने र सयौँ खेतीयोग्य जमिनको कटानी भई थुप्रै धनजनको क्षति हुने गरेको छ । तसर्थ यसबर्ष पनि बाढी तथा…
Read More
बाघ गणना पनि यसै वर्ष, आवश्यक २ करोड, सरकारले छुट्टायो २० लाख

बाघ गणना पनि यसै वर्ष, आवश्यक २ करोड, सरकारले छुट्टायो २० लाख

१० भदौ, चितवन । राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण विभागले यही वर्ष बाघ गणना पनि गर्ने भएको छ । गैंडा गणना गर्ने तयारी गरिरहेको विभागले बाघ गणना पनि यसै वर्ष गर्ने तयारी अगाडि बढाएको हो । बाघ गणनाका लागि चालु आर्थिक वर्षको बजेटमा सरकारले २० लाख रकम विनियोजन गरेको छ । तर, बाघ गणनाका लागि झण्डै २ करोड रकम खर्च लाग्ने विभागका अधिकारीहरु बताउँछन् । ‘सरकारले छुट्याएको रकमले एक छेउ पनि नपुग्ने भएपछि विभिन्न विदेशी दातृ निकाय तथा देशभित्रका विभिन्न निजी क्षेत्रसँग सहकार्य गरेर बाघ गणनाको काम अगाडि बढाउने तयारी छ,’ विभाग स्रोतले भन्यो । सरकारले हरेक चार चार बर्षमा बाघ गणना…
Read More