24
Aug
कैलाली : पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ तथा बस्तीमा ‘अटवारी पर्व’को तयारी सुरु भएको छ। श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतवारका दिन पर्ने यो पर्वका लागि अनदीको चामलको भात र रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरीलगायत स्थानीय खानाका परर बनाउन आवश्यक पर्ने खाद्यान्नको खोजीमा स्थानीय जुटेका हुन्। विज्ञापन आज यस क्षेत्रमा अटवारी पर्व मनाउने परम्परा रहेकाले आवश्यक सामग्री जुटाउने काम भएको धनगढी उपमहानगरापालिका–१५ कनरीका थारु अगुवा रतीराम चौधरीले बताए। पूजाआरधना तथा ‘अग्रासन’ कोसेली राख्नका लागि चाहिने दुना, टपरी बनाउनेदेखि घर, आँगन सरसफाइ गर्ने काम भइरहेको उनले बताए। गाँउका बस्तीमा पर्वको व्यवस्थापनका लागि परिवारका सदस्य जम्मा भएर प्रत्येकले गर्ने…






