18
Aug
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण ‘खुला रहस्य’जस्तै भइसकेको छ । दुवै मुलुकले औपचारिक रूपमा भ्रमणको मिति सार्वजनिक नगरे पनि नेपाली र भारतीय मिडियामा भ्रमणको सम्भावित तालिका सार्वजनिक भइरहेको छ । दुवै मुलुकका मिडियाले आ–आफ्ना स्रोतबाट प्राप्त सूचनालाई आधार बनाएर ओलीको भारत भ्रमण सेप्टेम्बर १६–१७ अर्थात् भदौ ३१–असोज १ गतेसम्म हुने जनाएका छन् । भ्रमणका तयारी, निम्तिन सक्ने सम्भावित परिस्थिति लगायतलाई ध्यानमा राखेर यस्ता मिति सार्वजनिक गर्न नहतारिने कूटनीतिक अभ्यास विश्वव्यापी छ । सोही कारण पनि दुवै मुलुकले भ्रमणको मिति अहिले नै औपचारिक रूपमा सार्वजनिक नगरेका हुन सक्छन् । अहिले मिडियामा आएकै मिति अर्थात् सेप्टेम्बर १६–१७ मा ओलीको…






