17
Mar
३ चैत, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१ स्थित रेडियो नेपाल नजिकै एउटा नयाँ एकतले घर छ । घरको रङरोगन र फिनिसिङ भर्खरै सकिएको छ । इन्द्रबहादुर विकले दुबईको प्रचण्ड गर्मीमा पसिना बगाएर ठड्याएको यो घर केबल इँटा र सिमेन्टको संरचना होइन, यो त छोरी इनिसाको ‘डाक्टर’ बन्ने सपनाको जग हो । तर, विडम्बना ! यो घरमा सन्तान वियोगको पुनरावृत्ति भएको छ । जुन घरमा खुसीका रङहरू भरिनुपर्ने थियो, आज त्यही घर शोकको सागरमा डुबेको छ । चार वर्षे छोरा इसानलाई गुमाएका इन्द्रबहादुर र तिला विक दम्पतीले १० वर्षपछि छोरी इनिसालाई पनि गुमाएको छ । २०७२ सालमा छोरालाई भक्तपुरको अस्पतालमा मृत भेटेका…






