27
Nov
हङकङको ताइ पो जिल्लाको वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रमा लागेको आगो अहिलेसम्म निभेको छैन। बुधबार दिउँसो २:५१ बजे एउटा ३२ तले अपार्टमेन्ट भवनबाट सुरू भएको आगलागीले वरपरका थप भवन पनि सल्काएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार आवासीय क्षेत्रको ८ ठूला भवनमध्ये सात वटामा आगो लागेको छ। आगो लागेको १९ घन्टाभन्दा बढी समय बितिसक्दा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। ती आवासीय भवनहरूमा २ हजार भन्दा बडी अपार्टमेन्ट रहेको र ४ हजार ८ सय जनाभन्दा बढी मानिसहरूको बसोबास रहेको एपीले जनाएको छ। आगलागीमा ४४ जनाको मृत्यु भइसकेको छ। ६२ जनाभन्दा बढी घाइते छन् भने २७९ जना सम्पर्कविहीन रहेको…






