धनगढी न्यूज

अन्तर्राष्ट्रिय

इसराइलले गर्‍यो गजामा अल जजिराका चारजना पत्रकारको हत्या

इसराइलले गर्‍यो गजामा अल जजिराका चारजना पत्रकारको हत्या

इसराइलले गजामा हवाई हमला गरी कतारी मिडिया अल जजिराका चार पत्रकारको हत्या गरेको छ। गजामा इसराइली हमला र मानवीय संकटबारे अल जजिराका लागि लगातार रिपोर्टिङ गरिरहेका पत्रकार अनस अल शरीफ आइतबार इसराइली हमलामा मारिएका हुन्। अन्तर्राष्ट्रिय सामाचार संस्था रोयटर्सका अनुसार उनका तीन सहकर्मीहरू; मोहम्मद कुरिकेह, इब्राहिम जाहर र मोहम्मद नौफल र एक जना सहयोगी पनि मारिएका छन्। २८ वर्षीय अल शरीफ र उनका साथीहरू आइतबार पूर्वी गजाको शाइफा अस्पताल नजिकै टेन्टमा थिए। लगत्तै सोही टेन्टमा भएको हवाई हमलामा उनीहरू मारिएका हुन्। आक्रमणमा अन्य थप दुई जनाको पनि मृत्यु भएको रोयटर्सले जनाएको छ। शाइफा अस्पतालका एक अधिकारीका अनुसार थप दुई व्यक्तिको…
Read More
ट्रम्पको सर्त अस्वीकार गर्दै जेलेन्स्कीले भने- युक्रेन आफ्नो जमिन रूसलाई दान गर्दैन

ट्रम्पको सर्त अस्वीकार गर्दै जेलेन्स्कीले भने- युक्रेन आफ्नो जमिन रूसलाई दान गर्दैन

युक्रेनी राष्ट्रपति भ्लादिमिर पुटिनले रूससँग युद्धविराममा जमिनको सौदाबाजी नगर्ने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग वार्ताको समय र स्थान तय भएको शुक्रबार घोषणा गर्दै युद्धविरामका लागि युक्रेनले आफ्नो केही जमिन त्याग्नुपर्ने हुनसक्ने बताएका थिए। त्यसको जबाफमा जेलेन्स्कीले शनिबार भिडिओ सन्देश जारी गर्दै युक्रेनले भूभागसम्बन्धी विषयमा संविधानको उल्लंघन नगर्ने बताएका हुन्। 'हाम्रो भूमी कब्जा गर्नेहरूलाई भूमी नै उपहार दिन युक्रेनीहरू कहिल्यै तयार हुने छैन,' जेलेन्स्कीको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ। उनले युक्रेन युद्ध अन्त्य गर्ने विषयको छलफल युक्रेनको प्रत्यक्ष संलग्नताबिना पनि असम्भव रहेको बताए। 'युद्ध अझै जारी छ। हाम्रो जमिनविरूद्ध, हाम्रा नागरिकहरूविरूद्ध भएको युद्ध अन्त्य हामीबिना सम्भव छैन, युक्रेनबिना…
Read More
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो नजरबन्दमा, अमेरिकाले गर्‍यो निन्दा

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो नजरबन्दमा, अमेरिकाले गर्‍यो निन्दा

गत महिना ट्रम्पले ५० प्रतिशत भन्सार लगाउने दिएका थिए चेतावनी पूर्वराष्ट्रपति बोल्सोनारो। ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई नजरबन्दमा राख्न आदेश दिएको छ। कू गर्ने प्रयास गरेको आरोप लागेका बोल्सोनारोलाई सर्वोच्चले सोमबार नजरबन्दमा राख्ने आदेश दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। सर्वोच्चले तोकेका सर्तको पालना नगरेको भन्दै न्यायाधीश एलेक्जान्द्रे डी मोरेसले घरमै नियन्त्रणमा राख्न आदेश दिएका हुन्। यसअघि सर्वोच्चले बोल्सोनारो विदेश भाग्न सक्ने भन्दै विदेशी अधिकारीसँग सम्पर्क गर्न, सामाजिक सञ्जाल चलाउन, दूतावासलाई सम्पर्कको प्रयास गर्न पनि रोक लगाएको थियो। अदालतले बोल्सोनारोको फोन नियन्त्रणमा लिन, वकिल बाहेकसँग भेटघाट गर्न र अदालतको अनुमति प्राप्त व्यक्तिसँग मात्रै भेट्न पाउने आदेश दिएको छ। उक्त…
Read More
शुक्रबारदेखि भारतीय सामानमा २५ प्रतिशत भन्सार लगाउने राष्ट्रपति ट्रम्पको घोषणा

शुक्रबारदेखि भारतीय सामानमा २५ प्रतिशत भन्सार लगाउने राष्ट्रपति ट्रम्पको घोषणा

युक्रेनसँग युद्ध लडिरहेको रूसबाट ठूलो परिमाणमा तेल र हतियार किनेकोमा पनि आलोचना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। यो भन्सार दर शुक्रबारदेखि लागू हुनेछ।   राष्ट्रपति ट्रम्पले भारतसँग अमेरिकाको ठूलो व्यापार घाटा रहेको र अमेरिकी सामानको आयातमा भारतले अनावश्यक बाधा पुर्‍याएको आरोप लगाउँदै आएका छन्। भारतले उच्च भन्सार लगाएका कारण भारतीय बजारमा अमेरिकी कम्पनीहरूले धेरै निर्यात गर्न नसकेको उनको आरोप छ। रूस–युक्रेन युद्ध चलिरहेका बेला भारतले रूसबाट ठूलो परिमाणमा ऊर्जा र सैन्य सामग्री खरिद गरेकामा पनि उनले भारतको आलोचना गरेका छन्। भारतमाथि घोषणा गरिएको २५ प्रतिशत भन्सार एसियाली मुलुकहरू इन्डोनेसिया, फिलिपिन्स र…
Read More
रूसमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प

रूसमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प

  जापान र अमेरिकामा सुनामीको चेतावनी   रूसमा शक्तिशाली भूकम्प गएको छ। रूसको सुदूरपूर्वको कामाचाट्का प्रायद्वीपमा ८.८ म्याग्नेच्यूडको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। कामाचाट्कास्थित प्रशान्त महासागरको १९.३ किलोमिटर गहिराई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। कामाचाट्काका गभर्नर भ्लादिमिर सोलोडोभले अत्यन्त शक्तिशाली धक्का महशुस भएको बताए।   'यो दशकौंयताकै सबैभन्दा गम्भीर भूकम्प हो,' उनले भने। उनका अनुसार भूकम्पबाट एउटा विद्यालय ध्वस्त भएको छ। समुद्रीमा केन्द्रबिन्दु बनाएकाले भूकम्ले धेरै ठूलो क्षति नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि क्षतिको विस्तृत विवरण आइसकेको छैन। भूकम्पपछि चार मिटरसम्मको सुनामी आएको छ। शक्तिशाली भूकम्पपछि त्यसका शक्तिशाली पराकम्पन पनि गइरहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। पहिलो…
Read More
विपक्षी समूहका दुई कार्यकर्तालाई इरानले दियो मृत्युदण्ड

विपक्षी समूहका दुई कार्यकर्तालाई इरानले दियो मृत्युदण्ड

इरान सरकारले प्रतिबन्धित विपक्षी समूह मोजाहिदिन-ए-खलक (एमइके) का दुई सदस्यलाई मृत्युदण्ड दिएको छ। घरेलु हतियार प्रयोग गरेर सर्वसाधारण र सार्वजनिक संरचनामा आक्रमण गरेको आरोपमा दोषी ठहर भएका बेहरुज एहसानी-इस्लामलु र मेहदी हसनीलाई इरानले आइतबार मृत्युदण्ड दिएको हो। ६९ वर्षका बेहरूज र ४८ वर्षका मेहदीलाई इरानी अदालतले २०२४ को सेप्टेम्बरमै दोषी ठहर गरेको थियो। फैसला पुनरवलोकनका लागि उनीहरूले गरेको माग उच्च अदालतले अस्वीकार गरिदिएको थियो। सरकारी सञ्चारमाध्यम मिजानका अनुसार, उनीहरूले समूहको निर्देशनमा मोर्टार र प्रक्षेपक बनाएर नागरिक, आवासीय भवन, सेवा केन्द्र, विद्यालय र च्यारिटी संस्थामा आक्रमण गरेका थिए। अदालतले उनीहरूलाई 'मोहरबेह' अर्थात् ईश्वरविरुद्ध युद्ध छेडेको, आतङ्ककारी समूहको सदस्यता लिएको र सार्वजनिक सम्पत्ति नष्ट…
Read More
बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने एपस्टिनको ५० औं जन्मदिनमा बिल क्लिन्टनले पनि लेखेका थिए पत्र

बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने एपस्टिनको ५० औं जन्मदिनमा बिल क्लिन्टनले पनि लेखेका थिए पत्र

बालिकाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनको ५० औं जन्मदिनमा पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टनले पनि पत्र लेखेको खुलासा भएको छ। सन् २००३ मा एपस्टिनको ५० औं जन्मदिनको अवसरमा ट्रम्पले पत्र लेखेको गत हप्ता अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले खुलासा गरेको थियो। एपस्टिनकी प्रेमिका गलिन म्याक्सवेलको अनुरोधमा एपस्टिनका करिब ५ दर्जन साथीहरूले उनलाई पत्र लेखेका थिए। तिनीहरूमध्ये २००१ मा अमेरिकी राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल पूरा गरेका क्लिन्टन पनि भएको जर्नलले लेखेको छ। ट्रम्पले लेखेको अश्लिल पत्रमा एक नग्न महिलाको आकृतिभित्र शब्दहरू लेखिएका थिए। तर क्लिन्टको पत्र भने त्यस्तो नभएर सामान्य खालको छ। ट्रम्पको पत्र जस्तै क्लिन्टको पत्र…
Read More
१२ जना मारिएपछि थाइल्याण्डले तीव्र बनायो कम्बोडिया माथिको आक्रमण

१२ जना मारिएपछि थाइल्याण्डले तीव्र बनायो कम्बोडिया माथिको आक्रमण

कम्बोडियाको हमलाबाट थाइल्याण्डमा १२ जनाको मृत्यु भएको छ। बिहीबार बिहान सीमावर्ती क्षेत्रबाट सुरू भएको दुई देशबीचको तनाव अपराह्नसम्म तीव्र भएर एक अर्कामाथि हवाई हमला गरेका थिए।कम्बोडियाले थाइल्याण्डमा गरेको हमलाबाट १२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।   मृत्यु हुनेमा एक जना सैन्य अधिकारी पनि छन्। बाँकी मृतकहरू बालबालिका, किशोर किशोरी लगायतका नागरिक रहेका छन्।बिबिसीका अनुसार थाइल्याण्डको सुरिन प्रान्तमा २ जना नागरिक, उबोन रेचथानी प्रान्तमा एकजना र श्रीसाकेत प्रान्तमा ८ जनाको मृत्यु भएका छ। थप ३५ जना घाइते भएका छन्।कम्बोडियाले रकेट प्रहार गरेपछि थाइल्याण्डले एफ-१६ लडाकू विमान प्रयोग गरी कम्बोडियाली सैन्य अड्डामा हमला गरेको थियो। दिउँसोसमम उसले आक्रमण तीव्र बनाएको छ।…
Read More
‘स्वर्ग जाने बाटो’ को यात्रामा जे देखियो

‘स्वर्ग जाने बाटो’ को यात्रामा जे देखियो

चीनले तिब्बत स्वायत्त क्षेत्रलाई सिचाङ स्वायत्त क्षेत्र भन्न थालेको छ। तिब्बतलाई चिनियाँ भाषामा 'सिचाङ' भनिन्छ। चिनियाँ भाषामा 'सि' को अर्थ पश्चिम र 'चाङ' को अर्थ तिब्बत हो।   तिब्बती भाषाको 'त्साङ' बाट 'चाङ' शब्दको विकास भएको पाइन्छ जुन तिब्बतको एक प्रमुख भूगोलबाट आएको हो। तसर्थ चीनले प्रयोगमा ल्याएको 'सिचाङ' ले 'तिब्बती भूभाग' भन्ने बृहत् अर्थ बोकेको छ। यो शब्द चीनको छिङ राजवंश (१६४४–१९१२) को समयमै प्रचलनमा आएको थियो। नयाँ चीन स्थापना भएपछि चिनियाँ भाषामा तिब्बतलाई सिचाङ नै भनिन्थ्यो भने अंग्रेजी भाषामा तिब्बत भनिएको थियो। अहिले तिब्बतको सट्टा सिचाङलाई नै व्यापक रूपमा प्रयोगमा ल्याइएको छ। सिचाङका सडकलाई स्वर्ग जाने बाटो भनिन्छ।…
Read More
उडान अनुमति नै नपाएको अस्ट्रेलिया उडानबारे सिंगापुरमा बैठक किन ?

उडान अनुमति नै नपाएको अस्ट्रेलिया उडानबारे सिंगापुरमा बैठक किन ?

अस्ट्रेलियाबाट त्यस्तो अनुमति प्राप्त हुने सम्भावना पनि अत्यन्तै कम भएको निगम स्रोतहरूको भनाइ छ । तर, निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले सिड्नीमा उडान तयारी स्वरूप सिंगापुर भ्रमण गरेको हास्यास्पद कुरा गरेका छन् । २ साउन, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले अस्ट्रेलियाको सिड्नीमा सिधा उडान गर्ने भनेर प्रचार गरेको दुई वर्षभन्दा बढी भइसक्यो । उसले चाहे अनुसार भएको भए ६ असार २०८० देखि नै उडान सुुरु भइसक्थ्यो । तर, नेपालको हवाई सुरक्षा तथा युरोपेली युनियनले नेपाली हवाई कम्पनीलाई कालोसूचीमा राखेको समेत कारण देखाएर अस्ट्रेलियाको नागरिक उड्ययन सुरक्षा प्राधिकरण (कासा) ले निगमलाई अहिलेसम्म पनि उडान अनुमति दिएको छैन । अस्ट्रेलियाबाट…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×