18
Jul
एयर इन्डियाले आफ्ना बोइङ विमानहरूको इन्धन स्विचमा केही पनि समस्या नपाइएको जनाइएको छ। गत महिना भारतको अहमदावादमा भएको एयर इन्डियाको जहाज दुर्घटनाको अनुसन्धानमा इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू बन्द भएको देखिएपछि भारतले आफ्ना वायुसेवा कम्पनीहरूलाई बोइङ जहाजको इन्धन स्विच जाँच गर्न निर्देशन नै दिएको थियो। एयर इन्डियाले आफ्ना सबै बोइङ विमानहरूको जाँच गर्दा इन्धन स्विचमा केही पनि समस्या नभेटिएको भनेको छ। १२ जुनमा सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको केहीबेरमै मेघनीनगरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।एयर इन्डियाको त्यो बोइङ ७८७ ड्रिमलाइनर जहाजमा चालक दलसहित २४२ जना सवार थिए। तीमध्ये २४१ जना र आवासीय क्षेत्रका सर्वसाधारण समेत गरी २७०…






