धनगढी न्यूज

अन्तर्राष्ट्रिय

भारतीय एक्स्काभेटर नेपाली क्षेत्रमा घुस्यो

भारतीय एक्स्काभेटर नेपाली क्षेत्रमा घुस्यो

धनगढीः दार्चुलास्थित महाकाली नदीमा तटबन्ध निर्माण गर्न विषयमा नेपाल र भारतीय पक्षबिच विवाद भएको छ। दार्चुला सदरमुकाम क्षेत्रमा भारतीय पक्षले नेपालतर्फ महाकालीको धार फर्काउन लाग्दा विवाद भएको हो। भारतीय पक्षले दार्चुला सदरमुकामको गल्फै क्षेत्रमा नदी नेपालतर्फ फर्काएको छ भने नेपालतर्फको श्रीबगर क्षेत्रमा तटबन्ध निर्माण गर्न अवरोध गर्दै आएको छ। विज्ञापन भारतीय पक्षले श्रीबगर क्षेत्रमा काम रोकेपछि नेपाली पक्षले गल्फै क्षेत्रमा भारतीय पक्षको कामलाई अवरोध पुगाएका छन्। नदी डाइभर्सन गर्न प्रयोग भएको भारतीय एक्स्काभेटर नेपाली भूमिमा प्रवेश गरेको छ। भारतीय पक्षले नेपाली भूभाग भारततर्फ पर्ने गरी तटबन्ध निर्माण र नदी डाइभर्सन गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन्। महाकाली नदीमा भारतीय थिचोमिचो…
Read More
नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं : नेपाल र चीनबीच दुई देशका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उनीहरुको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ।   चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा भएको भेटवार्तापछि ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको  प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।थाहा खबर बाट शाभार  
Read More
प्रधानमन्त्रीसहितको टोली चीन उड्यो

प्रधानमन्त्रीसहितको टोली चीन उड्यो

  काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधि मण्डल जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेको छ।   चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीलेले यही मङ्सिर २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन्। प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ।थाहा खबर बाट शाभार  
Read More
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन्।   प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि मन्त्री राणा चीन जान लागेकी हुन्। उनी दिउँसो साढे १२ बजे छेङ्दुका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ। मन्त्री राणाले भोलि चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा द्वीपक्षीय भेटवार्ता गर्ने तय भएको छ। भेटवार्तामा प्रधानमन्त्री ओलीको भ्रमणका एजेण्डा, दुई देशको आपसी हितलगायतका विषयमा छलफल हुनेछ। त्यसपछि मन्त्री राणा पर्सि शनिबार काठमाडौं फर्किने तालिका छ। फेरिप्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी भएर राणा बेइजिङ जाने कार्यतालिका छ। प्रधानमन्त्री ओली मंसिर १७ गते सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै छन्। यो भ्रमणका क्रममा बिआरआई परियोजना कार्यान्वयनका विषयमा सम्झौता गर्ने सरकारको…
Read More
धनगढीबाट एक बालकलाई नाका कटाउन खोज्ने व्यक्ति पक्राउ

धनगढीबाट एक बालकलाई नाका कटाउन खोज्ने व्यक्ति पक्राउ

धनगढीः कैलालीको धनगढीस्थित त्रिनगर–गौरिफन्टा नाका हुँदै भारत जाने क्रममा एक बालकसहित भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हिजो (शुक्रबार) बेलुका त्रिनगर प्रहरीले भारतीय नागरिकलाई बालकसहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतीय नागरिक सलिम खान पक्राउ परेका हुन्। उनी धनगढी उपमहानगरपालिका–३ का एक बालकलाई ट्याक्सीमा राखेर नाका कटाउन खोज्दा पक्राउ परेका हुन्। मनहेराका ३ कक्षामा पढ्ने ती बालकलाई खानले भारत लैजान लागेका थिए। बेचविखनको आंशकामा खानलाई प्रहरीले नियन्त्रणमा छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले ती व्यक्ति र गाडी नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको बताए। ती व्यक्तिले बयान फेर्दै गएकाले यही नै कारण हो भनेर एकीन भइनसकेको…
Read More
टिकटक र भाइबर नेपालमा दर्ता, मेटा र एक्स मानेनन् भने के कारबाही होला?

टिकटक र भाइबर नेपालमा दर्ता, मेटा र एक्स मानेनन् भने के कारबाही होला?

नेपालमा नौ महिना लामो प्रतिबन्धको सामनासमेत गरेको टिकटक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा औपचारिक रूपमा सूचीकृत भएसँगै अन्य सामाजिक सञ्जालहरूले के गर्लान् भन्ने चासो व्यक्त भइरहेको छ। 'सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०' अनुसार त्यस्ता प्लेटफर्म सञ्चालकले अनिवार्य रूपमा मन्त्रालयमा सूचीकरण गराउनुपर्ने व्यवस्था छ। हालसम्म नेपालमा टिकटकसहित तीनवटा सामाजिक सञ्जाल तथा एपहरू मात्र सूचीकृत भएको अधिकारीहरूले जानकारी दिए।गत मङ्गलवार टिकटक आधिकारिक रूपमा सूचीकृत हुनुअघि भाइबर र वीटक सूचीकृत भएका थिए। यद्यपि नेपालमा प्रयोग भइरहेका सामाजिक सञ्जाल तथा सर्च इन्जिनलगायतका कैयौँ प्रविधि कम्पनीहरू कर प्रणालीमा भने यसअघि नै दर्ता भइसकेको अधिकारीहरू बताउँछन्। तीन वर्षअघिको बजेटमार्फत् सरकारले त्यस्ता प्रविधि कम्पनी सञ्चालकहरूलाई…
Read More
गौरीफन्टा र गड्डाचौकी सीमा नाकामा घर फर्कनेको घुँइचो, कुकुरबाट चेकजाँच

गौरीफन्टा र गड्डाचौकी सीमा नाकामा घर फर्कनेको घुँइचो, कुकुरबाट चेकजाँच

धनगढीः कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा घर फर्कनेहरुको घुँइचो लागेको छ। सबैभन्दा बढी गौरीफन्टा र त्यसपछि गड्डाचौकी सीमा नाकामा घर फर्कनेहरुको घुँइचो लाग्न थालेको छ। हिन्दुहरुको महान चाड बडा दशैं सुरु भएसँगै यहाँका सीमा नाकाहरुमा स्वदेश फर्कनेहरुको संख्या उल्लेख्य रुपमा बढेको हो। घर फर्किनेको चाप बढेपछि गड्डाचौकी नाकामा त चेकजाँचका लागि कुकुर नै प्रयोग गरिएको छ। सोमबारदेखि नाकामा दुईवटा कुकुरको प्रयोग गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरीको केनाईन शाखाबाट शेरा र लैला नामका कुकुर ल्याइएको हो। दुवै कुकुरले गड्डाचौकी र कैलालीको गौरीफण्टा नाकामा आलोपालो जाँच गर्नेछन्।             हिजो…
Read More
नाकामा “नागरिक” लाई प्रहरी बाटै सास्ती

नाकामा “नागरिक” लाई प्रहरी बाटै सास्ती

धनगढी । भारतबाट दसैं तिहारको अवसर पारेर घर फर्किरहेको सर्वसाधारणबाट सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीले हैरानी मात्रै होइन घुस लिने गरेको पाइएको छ । भारतसँग जोडिने सुदूरपश्चिमको प्रमुख सीमा नाका कैलालीको धनगढी त्रिनगर क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीबाटै भारतबाट भित्रिने यात्रुले अनेक हैरानी खेपिरहनु परेको हो । भारतीय सुरक्षाकर्मीलाई अनाहकमा नगद बुझाउनुपर्ने, त्यसमाथि अनेक हप्कीदप्की सहन गर्दै आफ्नै देशको भूमिमा पुगेका उनीहरूमध्ये कतिपयले नेपाली सुरक्षाकर्मीलाई पनि अनावश्यक रूपमा नगद रकम बुझाउनुपर्ने बाध्यता रहेको बताएका छन् । बिहीबार भारतको दिल्लीबाट दसैं मनाउन घर फर्किंदै गरेका बाजुराको त्रिवेणी नगरपालिकाका शंकर विकको समूहले सीमामा खटिएका नेपाली सुरक्षाकर्मीलाई ठाउँठाउँमा पैसा दिनु परेको बताएको छ ।…
Read More
आज  विश्व शिक्षक दिवस मनाइँदै

आज विश्व शिक्षक दिवस मनाइँदै

धनगढी । आज  "शिक्षाको परिवर्तन शिक्षकबाट सुरु हुन्छ" भन्ने मुल नारामा साथ विश्व शिक्षक दिवस मनाइँदैछ । हरेक अक्टुबर ५ तारिखमा यो दिवस मनाउने गरिएको छ । सम्पूर्ण शिक्षकलाई सम्मान गर्न यो दिवस हरेक वर्ष मनाउने गरिएको हो । विद्यार्थीको जीवनमा शिक्षकद्वारा दिइएको शिक्षा तथा मार्ग दर्शनका लागि निर्वाह गरिएको भूमिकालाई स्मरण गरिन्छ । विश्व शिक्षक दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को०को आह्वानमा यो दिवस मनाउन थालिएको हो । युनेस्कोका अनुसार विश्व शिक्षक दिवसको अन्तर्राष्ट्रिय श्रम संगठन, युनिसेफ र एजुकेसन इन्टरनेसनलको साझेदारीमा यो दिवस मनाउने गरिएको छ ।धनगढी खबर बाट साभार
Read More
प्रधानमन्त्री ओली न्युयोर्कमा

प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क: संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क पुगेका छन्। प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरूले स्वागत गरेका थिए। प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ। महासभामा कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने विषयमा बहस हुनेछ। प्रधानमन्त्री ओलीले त्यहाँस्थित नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्ने छन्। यसैगरी महासभामा…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×