03
Dec
धनगढीः ४२ वर्षसम्म सरकारी विद्यालयमा अध्यापन गरेर भर्खरै सेवा निवृत्त भएका बैतडीका जगदीशसिंह ऐरले ४२ वर्ष लामो शिक्षण अवधि ४२ दिन जत्तिकै छोटो लागेको प्रतिक्रिया दिएका छन्। निम्न माध्यमिक तहको द्वीतीय श्रेणीको शिक्षकबाट ऐर २०८२ मंसिर ९ गते सेवा निवृत्त भएका हुन्। डडेल्धुराको अजयमेरू- १ खतेडामा रहेको घनघस्या माध्यमिक विद्यालयबाट उमेर हदका कारण ऐरले अवकाश पाएका हुन्। बैतडीको पाटन नगरालिका वडा नम्बर २ बिनोडामा २०२२ मंसिर ९ गते आमा कुन्धादेवी ऐर र बुवा धौलसिंह ऐरका दोस्रो सन्तानका रुपमा जन्मेका जगदीश सिंह ऐरले २०३९ सालमा एसएलसी पास गरेका हुन्। ऐरले एसएसली पास गरेसँगै २०४० सालदेखि २०४३ सम्म तीन वर्ष स्थानीय विद्यालयहरुमा स्वयंसेवक…






