Skip to main content

धनगढी न्यूज

प्रमुख समाचार

बालविवाह रोक्न जनचेतनामा जोड

बालविवाह रोक्न जनचेतनामा जोड

धनगढी: बालविवाह रोक्न स्थानीय तहमा व्यापक जनचेतना जगाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। शिक्षा अधिकार अनुगमन समूह नेपाल र लु निभा बाल सरोकार समूहले धनगढीमा आज आयोजना गरेको सुदूरपश्चिममा बालविवाह र यसले शिक्षामा पार्ने प्रभावसम्बन्धी संवाद कार्यक्रममा यस्तो बताइएको हो। सचेतनाबिना प्रभावकारी रूपमा कानुनसमेत कार्यान्वयन नहुने भन्दै सहभागीहरूले बालविवाह न्यूनीकरणका लागि तल्लो तहबाटै जनचेतना आवश्यक रहेको औंल्याएका छन्। विज्ञापन राष्ट्रिय मानव अधिकार आयोग धनगढीका प्रमुख झंकर रावलले समाज र पारिवारिक वातावरणले बालविवाहलाई मलजल गरिरहेको बताए। उनले बालविवाह न्यूनीकरणमा प्रदेश र स्थानीय सरकारको ठूलो भूमिका रहेको उल्लेख गरे। धनगढी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख घुम्मनसिंह बडायकले बालविवाह न्यूनीकरणका लागि ऐन,…
Read More
गण्डकीमा राष्ट्रिय सभाको अंकगणित, के गरिरहेका छन् दलहरू ?

गण्डकीमा राष्ट्रिय सभाको अंकगणित, के गरिरहेका छन् दलहरू ?

 फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाको सदस्य पदका लागि माघ ११ गते उपनिर्वाचन हुँदै छ । पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता गने गरी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका नै सार्वजनिक गरिसकेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरू उम्मेदवार छनोटमा कस्सिएका छन् । नेपाली कांग्रेसले देशभरबाट राष्ट्रिय सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका आकांक्षीको नाम एकैचोटि सङ्कलन गरिरहेको छ । गण्डकी प्रदेशमा राष्ट्रिय सभाका २ सदस्यको पद रिक्त हुँदै छ । खुलाबाट नारायणकाजी श्रेष्ठ र महिला खुलामा भगवती न्यौपाने ६ वर्षे कार्यकाल सकेर बिदा हुँदैछन् । अब हुने निर्वाचनमा पनि सोही क्लस्टरबाट सांसद निर्वाचित हुनेछन् । उम्मेदवार छनोटका…
Read More
सेयर बजारमा रूचाइएका ३ हाइड्रोपावर कम्पनी, बन्लान् ‘ब्लू चिप’?

सेयर बजारमा रूचाइएका ३ हाइड्रोपावर कम्पनी, बन्लान् ‘ब्लू चिप’?

केही वर्ष अघिसम्म बजारमा चिलिमे जलविद्युत र बुटवल पावर कम्पनी 'ब्लु चिप' कम्पनीको रूपमा मानिन्थे। धेरै उतारचढाव नहुने, वर्षौंदेखि राम्रो नाफा कमाइरहेका, नियमित लाभांश दिइरहने, विश्वसनीय ब्रान्ड र सुदृढ वित्तीय अवस्था रहेका कम्पनीहरूलाई सेयर बजारमा 'ब्लु चिप' कम्पनी भनिन्छन्। पछिल्लो समय सेयर बजारमा जलविद्युत कम्पनीहरूको संख्या बढ्दै जाँदा लगानीकर्ताहरू अन्य कम्पनीमा पनि उत्तिकै आकर्षित हुन थालेका छन्। यो क्रममा केही नयाँ जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण राम्रो देखिन्छ। अहिले सेयर बजारमा ९७ वटा जलविद्युत कम्पनी सूचीकृत छन्। यसमा पनि सानिमामाइ हाइड्रो, साहास क्षर्जा र माउन्टेन इनर्जी यस्ता केही कम्पनी हुन्, जसमा लगानीकर्ता आकर्षित देखिएका छन्। के यी भविष्यमा ब्लु चिप कम्पनी बन्लान् त? 'जलविद्युत…
Read More
गौरीघाट वन फँडानी: बयान लिने काम अन्तिम चरणमा

गौरीघाट वन फँडानी: बयान लिने काम अन्तिम चरणमा

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरमा मंसिर दोस्रो साता भएको वन फँडानीको विषयमा अनुसन्धानका लागि सामुदायिक वनका पदाधिकारीसँग बयान लिने काम अन्तिम चरणमा पुगेको छ । सामुदायिक वनका अध्यक्षदेखि अन्य पदाधिकारी र सदस्यसँग समेत बयान लिने काम भइरहेको हो । ‘एक हप्ताभित्र अनुसन्धानको काम सकिन्छ, त्यसपछि मुद्दा प्रक्रियामा जान्छौं,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले भने, ‘अहिले बयान लिने काम नै भइरहेको छ ।’ उनले सामुदायिक वनका अध्यक्ष, सचिवलगायत पदाधिकारी र वन फँडानीबारे जानकारी दिने प्रहरीको समेत बयान लिने काम भएको बताए । विज्ञापन मंसिर ११ गते दिउँसोको समयमा एक/डेढ घण्टाकै अवधिमा गौरीघाट सामुदायिक वनका १ सय ६४ रुख काटिएका थिए…
Read More
चलचित्र निर्माणमा ऐतिहासिक रेकर्ड

चलचित्र निर्माणमा ऐतिहासिक रेकर्ड

काठमाडौँ । नेपाली चलचित्र निर्माणमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाली चलचित्रको इतिहासमै पहिलो पटक यो वर्ष चलचित्र निर्माण इजाजत लिनेको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकको चलचित्र निर्माण इजाजतसम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो । चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको कात्तिक महिनासम्म मात्रै ७० वटा नयाँ चलचित्रले निर्माण इजाजत लिएका छन् । गत वर्षको यही अवधिमा ५१ वटा चलचित्रले मात्रै निर्माणको अनुमति लिएका थिए । यो वर्ष लिइएको अनुमति गत वर्षभन्दा करिब ३७ प्रतिशतले बढी हो । विगत ५ वर्षसँग तुलना गर्ने हो भने निर्माण इजाजत झन्डै दोब्बर पुगेको देखिन्छ ।…
Read More
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ

अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि प्रहरीले छिमेकीलाई नै पक्राउ गरेको छ । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । यद्यपि, प्रहरीले उनलाई पक्राउ गरेको औपचारिक जानकारी दिएको छैन । मोरङ प्रहरी प्रमुख कबित कटवालले हत्या अनुसन्धान लगभग अन्तिम चरणमा पुगको जानकारी दिए । केही विषय खुल्न बाँकी रहेको उनले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिले घरबाट हराएकै दिन…
Read More
सरी अमेरिका, तिमीसँग यो जीवन बिताउन सकिएन!

सरी अमेरिका, तिमीसँग यो जीवन बिताउन सकिएन!

जनवरी महिना। सानफ्रान्सिस्कोको साँझ। मौसम निकै चिसो छ। सहरको सुन्दर अनुहारलाई बाक्लो कुहिरोले निलेको छ। सडक बत्तीहरू लाचार पहेँला धब्बाहरूजस्ता मात्र देखिएका छन्। सुन्तले रातो रङमा मुस्कुराउने गोल्डेन गेट बिज्र उदास मुद्रामा ठिङ्ग उभिएको छ। प्रशान्त महासागर उस्तै शान्त, मौन र अविचलित छ। छालहरू उर्लिरहेका छन् –  मानौं ती युगौंदेखि आफैभित्र गुम्सिएका व्यथाहरू किनारामा लगेर बिसाउन आतुर छन्। समुद्री तटको ‘बिच च्यलेट ब्रुअरी एन्ड रेस्टुरेन्ट’ खचाखच भरिएको छ। पृष्ठभूमिमा सुमधुर ज्याज सङ्गीत गुन्जिरहेको छ। मानिसहरू आआफ्नै धुनमा मस्त छन्। तर गौरव भने एउटा कुनामा गहिरो मौनता अँगालेर बसेको छ। हातमा कफीको तातो कप छ। तर, मनमा कठ्याङ्ग्रिएको चिसोपना। सायद ऊ आफै हराएको…
Read More

धादिङको चालिसेमा ६ वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना

२० मंसिर, काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे भन्ने ठाउँमा ६ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, केहीबेर अघि भएको दुर्घटनामा परेर केही मानवीय क्षति समेत भएको हुनसक्ने अनुमान गरिएको छ । अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अुनसार, एउटा डिब्बा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने बताइएको छ । एउटा स्कुल बस, तीनवटा यात्रुवाहक बस, डिब्बा गाडी, ट्रक र मोटरसाइकल गरी ६ वटा सवारी साधन एक आपसमा ठोक्किएका हुन् । घाइतेमध्ये केहीलाई अस्पताल लगिएको र केहीलाई लाने काम भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन…
Read More
सुदूरपश्चिमका सीमा नाकामा रोहिंग्या प्रवेश रोक्न चेकजाँच कडाइ

सुदूरपश्चिमका सीमा नाकामा रोहिंग्या प्रवेश रोक्न चेकजाँच कडाइ

धनगढीः सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका सीमा नाकामा रोहिंग्या शरणार्थीको अवैध प्रवेश रोक्न सुरक्षा निकायले चेकजाँच कडा पारेका छन्। त्रिनगर भन्सार नाकासहित विभिन्न नाकामा खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश गर्ने व्यक्तिको परिचयपत्र अनिवार्य रूपमा जाँच गर्ने तथा शंका लागेका व्यक्तिहरूसँग विस्तृत विवरण लिने कार्य तीव्र पारेका छन्। रोहिंग्या शरणार्थीले भारतीय आधारकार्ड बनाएर मजदुरका रूपमा नेपाल छिर्ने गरेको सूचनापछि निगरानी कडाइ गरिएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्। त्रिनगर सीमा सुरक्षा गुल्मका प्रमुख, शसस्त्र प्रहरी नायब उपरीक्षक धिरेन्द्र शाहका अनुसार भारतीय सुरक्षा निकाय एसएसबीसँग पनि यस्तो सम्भावना देखिए खबर गर्न आग्रह गरिएको छ। विज्ञापन गृहमन्त्री ओमप्रकाश अर्यालले धनगढीमा सुरक्षा गोष्ठीमा सहभागी भई सोमबार त्रिनगर…
Read More
नक्खु कारागारबाटै रविको राजनीतिक सक्रियता

नक्खु कारागारबाटै रविको राजनीतिक सक्रियता

काठमाडौँ । मंसिर १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच एकतासभामा रवि लामिछानेले नक्खु कारागारबाट तीन सन्देश पठाएका थिए । रास्वपाका सभापतिसमेत रहेका उनले पार्टी उपसभापति तथा राजनीतिक संवाद समितिका संयोजक डा.स्वर्णिम वाग्लेमार्फत सन्देश पठाए । पहिलो सन्देशमा उनले एकता प्रक्रियामा जोडिएका विवेकशील साझाका नेताहरूलाई स्वागत गरे भने दोस्रोमा, केही समय ‘कुलिङ पिरियड’ बसेर विश्राम लिन र तेस्रो सन्देशमा मिडिया ट्रायलदेखि टाढै रहन सचेत गराएका थिए । एकता घोषणाअघि संयोजक वाग्लेले सहमतिको पाँचबुँदे ड्राफ्ट रविलाई सुनाएका थिए । सहमतिका बुँदाहरूबाट रवि निकै उत्साहित भएको कुरा वाग्लेले एकता सभामा सुनाए । सोही दिन संवाद समितिका सहसंयोजक शिशिर खनालले कारागार पुगेर रविलाई…
Read More