Skip to main content

धनगढी न्यूज

प्रमुख समाचार

प्रदेश सचिव हमालले नियम मिचे, मातहतका कार्यालयको अधिकार खोसे!

धनगढीः प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव राजेन्द्रकुमार हमालले प्रदेशको नियम मिच्दै लेखा समूहका कर्मचारीहरूलाई मन्त्रालयबाटै दोहोरो र तेहरो जिम्मेवारी दिने काम गरेका हुन्। प्रदेश सचिव हमालले पुस ९ गतेको प्रदेश सचिवस्तरको निर्णयका आधारमा २८ जना लेखा समूहका कर्मचारीलाई दोरो तथा तेहरो जिम्मेवारी तोकेका हुन्। प्रदेश सचिव हमालले सुदूरपश्चिम प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी मापदण्ड, २०८० को दफा ७ को उपदफा (६) बमोजिम जिम्मेवारी तोकिएको बताएका छन्। गत वर्ष प्रदेश सचिव झलकराम सुवेदीले झै यो वर्ष हमालले पनि प्रदेश लेखा नियन्त्रक कार्यालयको अधिकार क्षेत्र अतिक्रमण गरेर मन्त्रालयबाटै सचिव स्तरीय निर्णय गरेको हुन्। विज्ञापन सुदूरपश्चिम प्रदेश निजामती कर्मचारी…
Read More
ओली र प्रचण्डले समेत पत्याएका सुरक्षा विज्ञ बालानन्द शर्मा परराष्ट्रमन्त्री

ओली र प्रचण्डले समेत पत्याएका सुरक्षा विज्ञ बालानन्द शर्मा परराष्ट्रमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले पाँचौं पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सुरक्षा विज्ञ बालानन्द शर्मालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका छन् । शर्माले शुक्रबारै शपथ पनि लिइसकेका छन् । यसअघि परराष्ट्र मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालिरहेकी थिइन् । नेपाली सेनाका अवकाश प्राप्त रथी शर्मा सैन्य रणनीतिकार मानिन्छन् । सुरक्षा विज्ञको रुपमा उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा काम गरिसकेका छन् । शर्मा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि रुचाएका व्यक्ति पर्छन् । २०७८ सालमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहेको बेला शर्मालाई कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को…
Read More
१२ जिल्लामा सीडीओ सरुवा, कारागार विभागमा घिमिरे (सूचीसहित)

१२ जिल्लामा सीडीओ सरुवा, कारागार विभागमा घिमिरे (सूचीसहित)

११ पुस, काठमाडौं । १२ जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू हेरफेर भएका छन् । गृह मन्त्रालयले शुक्रबार एक सूचना निकाल्दै १२ जिल्लाका सीडीओका साथै कारागार व्यवस्थापन विभागको महानिर्देशक हेरफेर भएको समेत जानकारी गराएको छ । जारी सूचना अनुसार कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई पठाइएको छ । भोजपुरको सीडीओमा राजन पौडेललाई पठाइएको छ । पवर्तमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्ति राज प्रसाईंलाई पठाइएको छ ।अन्लाईन खबर बाट साभार यस्तो छ सरुवा सूची  
Read More
स्थानीय तहका कर्मचारीलाई अन्याय हुने गरी ऐन संशोधन गर्दै प्रदेश सरकार

स्थानीय तहका कर्मचारीलाई अन्याय हुने गरी ऐन संशोधन गर्दै प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ कार्यान्वयनमै आइसकेको अवस्थामा प्रदेश सरकारले अघि सारेको ऐन संशोधन प्रस्तावप्रति स्थानीय तहमा कार्यरत कर्मचारीहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले उक्त संशोधन प्रस्तावलाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत, भूतलक्षित तथा पश्चदर्शी सोचमा आधारित भन्दै अविलम्ब सच्याउन माग गरेका छन्। प्रदेश सभाबाट पारित भई मिति २०८२ असार १५ गते प्रदेश प्रमुखबाट प्रमाणीकरण भई सोही दिन राजपत्रमा प्रकाशित भइसकेको ऐन कार्यान्वयनको चरणमै प्राकृति न्यायको सिद्धान्तविपरीत  संशोधन गर्न खोजिनु दुःखद र चिन्ताजनक भएको कर्मचारीहरूको भनाइ छ। ऐन संशोधनको नाममा संघीय सरकारबाट यसअघि भएका नीतिगत निर्णयसमेत बेवास्ता गरिएको उनीहरूको ठहर छ। विज्ञापन कर्मचारी समायोजन ऐन, २०७५ को दफा…
Read More
मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन : स्वास्थ्य कार्यालय

मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन : स्वास्थ्य कार्यालय

अहिले सामाजिक सञ्जालमा मुगुको छायानाथ रारा नगरपालिका-१ मा भाइरल इन्फ्लुएन्जाका कारण पाँच जनाको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा पोस्टहरू भाइरल छन् । राजनीतिक दलका दलका नेता-कार्यकर्ताहरूले नै मृत्यु भएका पोस्ट सामाजिक सञ्जालमा राखेका छन् । एमाले केन्द्रीय सदस्य तथा कर्णालीका पूर्व सांसद सुशील थापाले राखेको पोस्टमा भाइरल इन्फ्लुएन्जाका कारण पाँच जनाको मृत्यु भएको दाबी गरेका छन् । तर स्वास्थ्य सेवा कार्यालय मुगुले भने यो निराधार रहेको बताएको छ । बिहीबार स्वास्थ्य सेवा कार्यालयले विज्ञप्ति जारी गर्दै भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै खण्डन गरेको छ । स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले रातोपाटीसँग भने, ‘मौसमी भाइरल ज्वरो तथा इन्फ्लुएन्जाजस्ता…
Read More
रवि र बालेनलाई नमिलेसम्म बाहिर आउने होइन भनेर ढोकामा चुकुल लगाइदिएको छु : सुदन गुरुङ

रवि र बालेनलाई नमिलेसम्म बाहिर आउने होइन भनेर ढोकामा चुकुल लगाइदिएको छु : सुदन गुरुङ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच अहिले कुपन्डोलमा छलफल भइरहेको छ। बालेनका सहयोगी कुमार व्यञ्जनकारको निवासमा दुई जनाबीच एक्लाएक्लै कुराकानी भइरहेको छ। भेटका लागि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद असिम शाह कुपन्डोल पुगेका थिए। त्यसअघि नै बालेनसँग भेट्न हामी नेपाल संस्थाका संस्थापक एवं जेनजी अभियन्ता सुदन गुरुङ पनि कुपण्डोल पुगेका थिए। सुदन अहिले ब्यजनकारको घरको गेटमा छन्। ‘ढोका थुनेर लक लगाएर राखेको छु ’ गुरुङले भने, ‘गेटपाले बसिराखेको छु। जबसम्म मिल्दैन तबसम्म निस्कन पाउँदैन भनेर।’ उनले रवि, बालेन, उर्जा मन्त्री कुलमान घिसिङबीच थप कुराकानी हुने बताए। रवि लामिछाने र बालेन शाहबीच केही दिन…
Read More

प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनका लागि गृहकार्य भइरहेको छ : प्रधानमन्त्री

१० पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको बताएकी छन् । त्रिपुरेश्वर रंगशालामा बिहीबार आयोजित ५१औं दीक्षान्त समारोहमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘ शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै हामीले केही ठोस पहल थालेका छौं । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको छ । यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको छ ।’ शिक्षामा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता रहेको भन्दै यो सँगै यस क्षेत्रमा सुन्ने गरिएको दलीय राजनीतीकरणको अवस्थालाई अन्त्य गरी विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षले…
Read More

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर: कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन अत्यन्तै कष्टकर बनेको छ। अत्यधिक चिसो बढेपछि जिल्लाका स्थानीय तहहरूले विद्यालय बन्द गर्नुका साथै नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन्। अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै यहाँका स्थानीय तहहरूले सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिन थालेका छन्। हालसम्म कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले बालबालिकालाई पठनपाठनमा कठिनाइ भएपछि विद्यालयमा बिदा दिएका छन्। विज्ञापन श्रीकृष्ण माध्यमिक विद्यालय झलारीका शिक्षक ईश्वरी भट्टले भनिन्, “अत्यधिक चिसोका कारण विद्यालयमा आगो बालेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको छ, चिसोले गर्दा ससाना बालबालिकामा रुघाखोकी र कठ्याङ्ग्रिने समस्या बढी देखिएको छ, चिसो बढेपछि नगरपालिकाले तीन…
Read More
राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै, लिङ्देन र ‍थापाले आजै गर्दैछन् हस्ताक्षर

राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै, लिङ्देन र ‍थापाले आजै गर्दैछन् हस्ताक्षर

९ पुस, काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज एकता हुने भएको छ । आजै दुई अध्यक्षबीच सहमति पत्रमा हस्ताक्षर हुने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ‘दुई दलबीच एकता सहमति पत्रमा साँझ ७ बजेअघि हस्ताक्षर हुन्छ,’ उनले भने, ‘अहिले एकता गर्ने सहमति मात्रै भएको छ । पद बाँडफाँटको कुरा केही भएको छैन । कमल थापा कुनै पनि बार्गेनिङ नगरी एकताका लागि तयार हुनुभयो ।’ पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । ०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा…
Read More
बालविवाह रोक्न जनचेतनामा जोड

बालविवाह रोक्न जनचेतनामा जोड

धनगढी: बालविवाह रोक्न स्थानीय तहमा व्यापक जनचेतना जगाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। शिक्षा अधिकार अनुगमन समूह नेपाल र लु निभा बाल सरोकार समूहले धनगढीमा आज आयोजना गरेको सुदूरपश्चिममा बालविवाह र यसले शिक्षामा पार्ने प्रभावसम्बन्धी संवाद कार्यक्रममा यस्तो बताइएको हो। सचेतनाबिना प्रभावकारी रूपमा कानुनसमेत कार्यान्वयन नहुने भन्दै सहभागीहरूले बालविवाह न्यूनीकरणका लागि तल्लो तहबाटै जनचेतना आवश्यक रहेको औंल्याएका छन्। विज्ञापन राष्ट्रिय मानव अधिकार आयोग धनगढीका प्रमुख झंकर रावलले समाज र पारिवारिक वातावरणले बालविवाहलाई मलजल गरिरहेको बताए। उनले बालविवाह न्यूनीकरणमा प्रदेश र स्थानीय सरकारको ठूलो भूमिका रहेको उल्लेख गरे। धनगढी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख घुम्मनसिंह बडायकले बालविवाह न्यूनीकरणका लागि ऐन,…
Read More