31
Dec
कर्मकल्चर नयाँ वर्ष सन् २०२६ को पूर्वसन्ध्यामा तीन लोकप्रिय अनुहारहरू एउटै निर्वाचन चिह्नको फ्रेमभित्र अटाए। तिनका शुभेच्छुकहरूको खुसियालीले सामाजिक सञ्जाल पूरै उज्यालो भएको छ। रवि लामिछाने अध्यक्ष रहने गरी बालेन्द्र शाह र कुलमान घिसिङबीच भावी सत्ता बाँड्ने सहमतिले देशलाई नयाँ सम्भावनाको पात्रो दिएको छ। राजनीतिमा यस्ता घुम्तीहरू अस्वाभाविक हुँदैनन्, जस्तो कवि तुलसी दिवस लेख्छन् — हिँड्दा हिँड्दै हिँडेको बाटो नै मोडिएपछि हिँड्नेको पनि केही लाग्दो रहेनछ तेर्सिँदा तेर्सिँदै तेर्सो बाटो नै उक्लिएपछि तेर्सिनेको पनि केही लाग्दो रहेनछ! नेतात्रयको यो सहमतिको चाखलाग्दो संयोजन अन्तिम क्षणमा जेनजी आन्दोलनकारीका तर्फबाट हरेकजसो गतिविधिमा सक्रिय सुदन गुरूङले गरिदिए। त्यस हिसाबले भदौ २३–२४ को जेनजी आन्दोलन, नवयुवाको…






