Skip to main content

धनगढी न्यूज

प्रमुख समाचार

देउवाले भने– पार्टी विभाजन नहोस् भन्ने चाहेको छु

देउवाले भने– पार्टी विभाजन नहोस् भन्ने चाहेको छु

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले सभापति शेरबहादुर देउवालाई भेटेर अहिलेको विवाद समाधानका लागि ध्यानाकर्षण गराएको छ । सो भेटमा सभापति देउवाले पनि पार्टी विभाजन नहोस् भन्ने आफूले चाहेको बताएका छन् । केन्द्रीय कार्यसमिति चलिरहँदा निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने भन्दै दबाब दिएको समूह शुक्रबार बिहान सभापति देउवासँग महाराजगञ्जस्थित निवास पुगेको थियो । उक्त समूहमा रहेकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीमा चुलिएको पछिल्लो विवाद समाधानबारे सभापति देउवासँग आफूहरूले छलफल गरेको जानकारी दिइन् । उनकाअनुसार समूहले आजै (शुक्रबार) महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्दैछ । ‘पहिला पनि…
Read More
बँदेल र बाँदरबाट हैरानी खेपेका डडेल्धुराका किसानहरु च्याउ खेती गर्दै

बँदेल र बाँदरबाट हैरानी खेपेका डडेल्धुराका किसानहरु च्याउ खेती गर्दै

डडेलधुराः डडेल्धुरामा जङ्गली जनावर बँदेल र बाँदरले अन्नबाली सखाप पारेर हैरान भएका किसानहरु च्याउ खेती गर्न थालेका छन्। पछिल्ला वर्षमा व्यावसायिक रूपमा च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ । डडेलधुरामा उत्पादित च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासँगै तराईका जिल्ला कैलाली, कञ्चनपुरमा निर्यात गरिँदा किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन् । जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले आफूले च्याउ खेतीबारे बुझेको बताउँदै जङ्गली जनावरले सताएका किसानका लागि च्याउ खेती राम्रो सम्भावना भएको उल्लेख गरे। थोरै जमिनमा टनेल निर्माण गरी राम्रो उत्पादनसँगै मनग्गे आम्दानी गर्न सकिने भएकाले जङ्गली जनावरको हैरानीबाट समेत किसानले मुक्ति पाउने उनको भनाइ छ ।…
Read More
पाँचौँ पटक थपिएको म्यादमा पनि सकिएन संसद् भवनको काम, छैटौँ पटक थप्ने तयारी

पाँचौँ पटक थपिएको म्यादमा पनि सकिएन संसद् भवनको काम, छैटौँ पटक थप्ने तयारी

काठमाडौँ । सिंहदरबार परिसरमा बन्दै गरेको नयाँ संसद भवनको पाँचौ म्याद सकिएको छ । तर हालसम्म पनि निर्मााण सम्पन्न हुन नसकेपछि छैटौँ पटक म्याद थप्ने तयारी भइरहेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका सूचना अधिकारी रञ्जनकुमार दासले निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन दिएको जानकारी दिए । दासले भने,‘निर्माण व्यवसायीले म्याद थपका लागि  निवेदन दिइसकेका छन् । कति समयका लागि म्याद थप्ने वा के–कसरी अघि बढ्नेबारे  छलफल भइरहेको छ ।’ छलफलकै चरणमा रहेकाले म्याद थप गरेर कसरी अघि बढ्ने अहिले कुनै जानकारी दिन नसकिने दासले…
Read More
कुलमान मिसिए रास्वपामा, अनिर्णयमै अल्झिए कुलमानतिर लागेका पहिचानवादी नेताहरू

कुलमान मिसिए रास्वपामा, अनिर्णयमै अल्झिए कुलमानतिर लागेका पहिचानवादी नेताहरू

कुलमान घिसिङले 'पहिचानको पक्षमा दृढतापूर्वक उभिने' वचन दिएपछि उनी संरक्षक रहेको उज्यालो नेपाल पार्टीमा सहभागी भएका पहिचानवादी नेताहरू यति बेला अनिर्णयमा अल्झिएका छन्। ऊर्जामन्त्रीसमेत रहेका कुलमानले उज्यालो नेपाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसाउने निर्णय गरेपछि लामो समयदेखि पहिचानको मुद्दा बोकेर हिँडेका नेताहरू अलपत्र परेका हुन्। कुलमान रास्वपामा पहिलो वरीयताको उपसभापति भइसकेका छन्। कुलमानको उक्त कदमसँग चिढिएका पहिचान पक्षधर नेताहरूले उनको निर्णयप्रति प्रारम्भिक असहमति जनाएका थिए। आफूहरूसँग कुनै सल्लाह नगरी पार्टी विलय गराएको भन्दै पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले सार्वजनिक रूपमै असन्तोष जनाएका थिए भने रास्वपाको समानुपातिक सूचीमा नाम समेटिएका प्राध्यापक डा. महेन्द्र लावतीले पनि गम्भीर असहमति प्रकट गरेका थिए। कुलमान…
Read More
एक वर्षमा तीन तहका सरकारको पूँजीगत खर्च ५ खर्बमाथि

एक वर्षमा तीन तहका सरकारको पूँजीगत खर्च ५ खर्बमाथि

१७ पुस, काठमाडौं । एक वर्ष अवधिमा तीन तहका सरकारले ५ खर्ब रुपैयाँभन्दा धेरै पूँजीगत बजेट खर्च गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयले तयार पारेको एकीकृत वित्तीय विवरण (संघ, प्रदेश र स्थानीय सरकार) आर्थिक वर्ष २०८१/८२ अनुसार गत आव तीन वटा सरकारबाट कुल ५ खर्ब १४ अर्ब ३४ करोड रुपैयाँ बराबर पूँजीगत खर्च भएको छ । यस आवमा संघीय सरकारले २ खर्ब २३ अर्ब बराबर पूँजीगत खर्च गरेको थियो । ७ वटा प्रदेश सरकारबाट कुल १ खर्ब २० अर्ब ९८ करोड बराबर पूँजीगत खर्च भएको प्रतिवेदनमा उल्लेख छ । ७ सय ६१ स्थानीय सरकारले भने कुल १ खर्ब ५१ अर्ब…
Read More
स्थानीय सेवा ऐन पहिलो संशोधन विधेयक प्रदेश सभामा टेबल

स्थानीय सेवा ऐन पहिलो संशोधन विधेयक प्रदेश सभामा टेबल

धनगढीः सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) पहिलो संशोधन विधेयक २०८२ प्रदेश सभामा टेबल भएको छ । आज बसेको सभाको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हीरासिंह सार्कीले संशोधन विधेयक टेबुल गर्नु भएको हो । गत असारमा मात्रै प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन निर्माण गरेको थियो । यसैगरी सार्वजनिक लेखा समितिको तेस्रो वार्षिक प्रतिवेदन २०८२ सभाबाट सर्वसम्मतले स्वीकृत गरिएको छ । समितिको सभापति अक्कलबहादुर रावलको प्रस्तावमा प्रतिवेदनलाई सर्वसम्मतले स्वीकृत गरिएको हो । प्रदेशसभा बैठकमा दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफल गरिएको थियोे । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य ललिता सुनारले…
Read More
यसरी मनाइयो अंग्रेजी नयाँ वर्ष (तस्वीरहरू)

यसरी मनाइयो अंग्रेजी नयाँ वर्ष (तस्वीरहरू)

आजदेखि इस्वी संवत्‌को नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । विश्वभर उल्लासका साथ यो नयाँ वर्ष मनाइएको छ । विश्वभरका नेताहरुले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिंदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् । नयाँ वर्ष सुरु हुनुअघिको रात सन् २०२५ लाई बिदाइ गर्दै सन् २०२६ लाई भव्य स्वागत गरिएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक…
Read More
‘जबसम्म स्पष्ट रूपमा संविधान लेख्नुहुन्न, तबसम्म समानुपातिक प्रणाली सुधार गर्न सक्नुहुन्न’

‘जबसम्म स्पष्ट रूपमा संविधान लेख्नुहुन्न, तबसम्म समानुपातिक प्रणाली सुधार गर्न सक्नुहुन्न’

निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीलाई लिएर राजनीतिक दलहरूमा हलचल मच्चिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ११० जना उम्मेदवारको बन्दसूची दलहरूले पुस १४ गते आयोगमा बुझाएका थिए । बन्दसूचीमा पार्टीको विधि, विधान, भूगोल र समावेशीलाई बेवास्ता गरी नेताहरूका आफन्त, व्यवसायी घरानादेखि सेलिब्रेटीसम्म समेटिएपछि नयाँ तथा पुराना दलहरूमा रडाको मच्चिएको छ । सुशासन र सुसंस्कृत समाज निर्माण गर्ने भन्दै पुराना दलको विकल्पमा रजानीतिमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको आन्तरिक निर्वाचनमा लोकप्रिय मत ल्याएकालाई लत्याएर बन्दसूची बुझाएपछि असन्तुष्टि बढेको छ । रास्वपाले पनि नातावाद, सेलिब्रेटीलाई समानुपातिकको बन्दसूचीमा राखेर पुरानै दलको बाटो पछ्याएको पार्टीकै नेताहरूले आरोप…
Read More
रास्वपाले भन्यो– समानुपातिक सूचीमा सच्याउनुपर्ने विषय प्रदेश सभापतिलाई वा केन्द्रमा सिधै बुझाउनू

रास्वपाले भन्यो– समानुपातिक सूचीमा सच्याउनुपर्ने विषय प्रदेश सभापतिलाई वा केन्द्रमा सिधै बुझाउनू

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीमा सच्याउनुपर्ने विषय भए प्रदेश सभापति मार्फत् वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन जारी गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि रास्वपाले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाहरूबाट प्राप्त भएका प्रतिक्रिया र सुझावहरूप्रति पार्टीको ध्यानाकर्षण भएको सचिवालयले जनाएको हो। ‘समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेस भएको हो। उक्त बन्दसूचीमा रहेका त्रुटिहरु सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेश गर्ने जानकारी गराइन्छ। अतः बन्दसूचीमा…
Read More
सुदूरपश्चिमबाट चार दलका ३६ जना समानुपातिक उम्मेदवार

सुदूरपश्चिमबाट चार दलका ३६ जना समानुपातिक उम्मेदवार

धनगढी: काँग्रेस, एमाले, नेकपा र रास्वपाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सुदूरपश्चिमबाट ३६ जनालाई समानुपातिक उम्मेदवार बनाएका छन्। चार पार्टीले बुझाएको उम्मेदवारको बन्द सूचीमा सुदूरपश्चिमबाट काँग्रेसले सबैभन्दा बढी ११ जनाको नाम समेटेको छ। नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टीले १०/१० जनालाई समानुपातिक उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमबाट पाँच जनालाई उम्मेदवार बनाएको जनाएको छ। यद्यपि उसले बुझाएको समानुपातिक सूचीमा सुदूरपश्चिम ठेगना उल्लेख भएका दुई जना उम्मेदवार मात्रै छन्। विज्ञापन नेपाली काँग्रेसले प्रदेशका सबै जिल्लाबाट समानुपातिक उम्मेदवार चयन गरेको छ। अन्य दलले भने प्रदेशका सबै जिल्लाबाट उम्मेदवार बनाएका छैनन्। नेकपा र एमालेले भने पाँच/पाँच  जिल्लाबाट मात्रै…
Read More