धनगढी न्यूज

समाचार

भैँसेपाटीका २७ ब्लकमध्ये एकमात्र प्रयोगयोग्य, कहाँ बस्नेछन् नयाँ मन्त्री ?

भैँसेपाटीका २७ ब्लकमध्ये एकमात्र प्रयोगयोग्य, कहाँ बस्नेछन् नयाँ मन्त्री ?

३० फागुन, काठमाडौं । झन्डै ३ अर्ब रुपैयाँ खर्चिएर निर्माण सम्पन्न भएको ललितपुर भैँसेपाटीस्थित मन्त्री निवास परिसर अहिले पनि खण्डहर प्राय: छ । संघीय मन्त्री, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभा उपसभामुख निवास समेत रहेको यो परिसरमा मन्त्रीहरू बस्न थालेको एक वर्षमात्र भएको थियो । २३ र २४ भदौको जेनजी आन्दोलनको तारो बनेको यो परिसरका २७ ब्लकमध्ये २६ ब्लकमा आगजनी र तोडफोड भयो । रक्षामन्त्री निवास बनाइएको एकमात्र भवनमा सामान्य क्षति भएको थियो । सोही भवन मर्मत र रङरोगन सम्पन्न भएपछि अहिले मन्त्री माधवप्रसाद चौलागाईं बसिरहेका छन् । सहरी विकास मन्त्रालय मातहत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती…
Read More
तत्कालीन गृहमन्त्री बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

तत्कालीन गृहमन्त्री बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

२९ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्यामाथि छानविन गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै अब प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायत विरुद्ध परेको किटानी जाहेरीमाथि अनुसन्धान गर्नुपर्ने छ । कुमारको हत्यापछि उनकी आमा दुर्गादेवी पौडेलले संलग्नहरुमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग राखी जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा किटानी जाहेरी पेश गरेकी थिइन् । तर प्रहरीले जाहेरी नै लिएन । जिल्ला सरकारी वकिलको कार्यालयमा दर्ता भएको जाहेरी अलपत्र परेको थियो । जाहेरीमाथि अनुसन्धान नभएको भन्दै पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन्…
Read More
चुनावी हारले विक्षिप्त कांग्रेस, के हुन्छ समीक्षा ?

चुनावी हारले विक्षिप्त कांग्रेस, के हुन्छ समीक्षा ?

२९ फागुन, काटमाडौं । लामो राजनीतिक विरासत बोकेको नेपाली कांग्रेस प्रतिनिधिसभाको पछिल्लो चुनावपछि संसदीय इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । गुटबन्दी र आन्तरिक विवाद, नेतृत्वको पुस्तान्तरणमा भएको ढिलाई, नयाँ दलहरूको उदय र युवा पुस्ताको बदलिँदो सोचका कारण कांग्रेसलाई निर्वाचनमा नराम्रो धक्का लागेको छ । मतदाताले पुराना राजनीतिक दलहरूप्रतिको असन्तुष्टि मतपेटिकमार्फत् पोखेपछि कांग्रेसका लागि परिणाम प्रतिकूल बन्न पुग्यो । पार्टी सभापति गगनकुमार थापासँगै अन्य सात जना पदाधिकारी नै निर्वाचनमा पराजित भएपछि कांग्रेसमा निराशा देखिएको छ । तर, राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमान सिंह कार्की कांग्रेस–एमाले नेतृत्वको सरकार हुँदा जेनजी आन्दोलन भएकाले अहिलेको अवस्थामा नेतृत्वमा जोसुकै भए पनि असर पर्ने स्थिति रहेको…
Read More
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद

तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद

करिब १४ वर्षअघिको कुरा हो। शिवशंकर यादव आफ्ना बुबालाई लिएर अस्पताल धाउँदै थिए। उनका बुबालाई मुखको क्यान्सर भएको थियो। त्यति बेला १० कक्षा पढ्दै गरेका शिवशंकरले बुबाको उपचार क्रममा स्वास्थ्य सेवाको बेथिति र आम जनताको आर्थिक अवस्थाबारे बुझ्ने मौका पाए। यादव आफैले पनि आर्थिक अवस्था कमजोर भएका कारण राम्रो स्वास्थ्य सेवा नपाएर बुबा गुमाउनुपरेको थियो। त्यही घटना शिवशंकरका लागि राजनीतिमा लाग्ने 'टर्निङ प्वाइन्ट' बन्यो। पैसा नभएर स्वास्थ्यजस्तो आधारभूत सेवाबाट वञ्चित हुनुपर्ने परिस्थिति अन्त्य गर्ने उद्देश्यका साथ उनले राजनीतिमा लाग्ने निधो गरे। र, चौध वर्षअघिको त्यही निधोले शिवशंकरलाई अहिले सांसद पदसम्म पुर्‍याएको छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ३० वर्षीय यादव सिराहा…

बालेन प्रधानमन्त्री हुन लागेकोमा संघीय लोकतान्त्रिक मोर्चाले व्यक्त गर्‍यो खुसी

बालेन प्रधानमन्त्री हुन लागेकोमा संघीय लोकतान्त्रिक मोर्चाले व्यक्त गर्‍यो खुसी

संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री हुन लागेकोमा खुसी व्यक्त गरेको छ। शुक्रबार जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको मुल समितिको बैठकले रास्वपाका वरिष्ठ नेता शाह प्रधानमन्त्री बन्ने हर्षको विषय भएको बताएको छ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा मधेशी सपूत मा. बालेन्द्र शाह (बालेन) को नेतृत्वलाई आम जनताले व्यापक जनसमर्थन प्रदान गरेकोले नीजलाई प्रधानमन्त्रीको रूपमा हेर्न पाउनु हामी लामो समयदेखि संघर्षरत मधेशी, थारू, आदिवासी जनजाति लगायत उत्पीडित समुदायको निम्ति हर्षको विषय हो,’ मोर्चाले भनेको छ। मोर्चाले बालेनलाई शुभकामना र बधाई समेत दिएको छ। यस्तै संविधान संशोधन लगायत विविध विषय सम्बोधन हुनेमा पनि मोर्चाले…
Read More
चैतमा चार फिल्म : ‘हामी तीन भाइ’लाई अवसर, नयाँ वर्षमा महासंग्राम

चैतमा चार फिल्म : ‘हामी तीन भाइ’लाई अवसर, नयाँ वर्षमा महासंग्राम

काठमाडौँ । नेपाली फिल्म क्षेत्रका लागि फागुन महिना सुखद हुन सकेन । प्रतिनिधिसभा निर्वाचनका कारण हलमा दर्शका पातलिए । चुनावकै कारण यस समय आसपास रिलिज भएका फिल्महरू नराम्रोसँग फ्लप भए । फागुन १ गते रिलिज भएका ‘बिगुल’, ‘श्री बुकुरोः द होम कलिङ’ र ‘शिवांश’देखि १५ गतेको ‘प्रवासी जीवन’सम्म आइपुग्दा सबै फिल्मको लगानी बालुवामा पानी हालेसरह भयो । तथ्याङ्क अनुसार यी कुनै पनि फिल्मलले बक्स अफिसमा १० लाख ग्रस कलेक्सनसमेत गर्न सकेनन् । केही फिल्महरूका प्रदर्शन मिति नै सरेको छ । शुक्रबार रिलिज भएको ‘लालिमा’को व्यावसायिक रिपोर्ट भने आउन बाँकी छ । अब चैतमा ४ वटा ठुला फिल्म आउँदै छन् ।…
Read More
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाएका छन्। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा बिहीबार चुनावी खर्च विवरण बुझाएका हुन्। उनले  चुनावमा २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ। जसअनुसार मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिद ३ हजार, प्रचारप्रसार सामग्री खरिद २ लाख ९० हजार ५७५, यातायाता र मर्मत खर्च ६ लाख ६० हजार ९९८, चालक ज्याला १ लाख ४० हजार, होटल बास र खाना खर्च १३ लाख ७ हजार ६१९, डिजेल खर्च ३ लाख ६० हजार ४९९, स्टेशनरी २५ हजार ३०० र विविधमा ७० हजार ८७७ रूपैयाँ खर्च…
Read More
तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा

तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा

काठमाडौं । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)’मा अवरोध जारी राख्ने बताएका छन् । इरानी सरकारी टेलिभिजनमार्फत प्रसारित सन्देशमा उनले यस्तो बताएका हुन् । सन्देश भने उनले प्रत्यक्ष रूपमा नदिई समाचार वाचकमार्फत पढेर सुनाइएको थियो । अमेरिका र इजरायलले फेब्रुअरी अन्तिम साता हवाई आक्रमण गर्दा इरानका अघिल्ला सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनी मारिएका थिए । त्यसपछि उनकै छोरा मोज्तबा खामेनीलाई सर्वोच्च नेता नियुक्त गरिएको थियो । सर्वोच्च नेता बनेपछि उनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् । उनको कुनै तस्बिर वा भिडियो पनि बाहिर आएको छैन । तर उनको सन्देश भनेर…
Read More
आजदेखि ग्यास आधा सिलिन्डर मात्र पाइने

आजदेखि ग्यास आधा सिलिन्डर मात्र पाइने

काठमाडौं : पश्चिम एसियामा उत्पन्न युद्धले पारेको प्रभावले नेपाली बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएको छ। डेढ महिनादेखि नै सहज ग्यास नपाएका उपभोक्ताले पछिल्लो उत्पन्न परिस्थितिले अभाव झनै चुलिएको हो। सर्वसाधारण उपभोक्ता अहिले एउटा एलपी ग्यास खरिद गर्नका लागि ग्यास उद्योगमै लाम लाग्न जान थालेका छन्। ग्यासको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थापन गर्न नसकेको आरोप खेप्दै आएको नेपाल आयाल निगमले ग्यासको तत्कालको अभाव हुन नदिनका लागि आधा सिलिन्डर दिएर केही हदसम्म अभाव कम गर्ने तयारी थालेको जनाएको छ। भारतबाट माग अनुसार नै ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिएपछि निगमले शुव्रmबारदेखि नै आधा सिलिन्डर (७.१ केजी) मात्रै भरेर बिव्रmी गर्ने…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×