02
Mar
१८ फागुन, नेपालगञ्ज । ठूलो भनिएका पार्टीमै मधेशी नेताले टिकट पाउन छाडेपछि बुझ्नुपर्छ, मधेशवादी आन्दोलनको मर्म, शक्ति र औचित्य अब पश्चिम तराईमा रहेन। आजभन्दा १९ वर्षअघि मधेश आन्दोलनको विस्फोट हुँदा सलाईको पहिलो काँटी बाँकेले कोरेको थियो। मध्य तराई, जहाँका आठ जिल्ला मधेश प्रदेशका रूपमा अंकित हुन पुगेका छन्, त्यहाँ त्यसको उत्कर्ष देख्न पाइएको थियो। नेपालमा आज संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली संविधानकै आधारस्तम्भ भएर बसेको छ। यो मधेश आन्दोलनकै देन थियो। नेपालगञ्जले त्यसलाई शानदार थालनी गराइदिएको थियो। तर मधेश आन्दोलनको इपिसेन्टरको रूपमा रहेको नेपालगञ्ज सहित यो बाँके जिल्लाका निर्वाचन क्षेत्रहरूमा नेपाली कांग्रेस, नेकपा र रास्वपा जस्ता प्रमुख दलबाट मधेशी…






