08
Apr
हाल मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय सरकार छन् । संविधानको धारा २९५ बमोजिम गठित स्थानीय तह पुनर्संरचना आयोगको सिफारिस तथा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय (२०७३/७४) का आधारमा स्थानीय सरकार निर्धारण गरिएको हो। ति अन्तर्गतका ६,७४३ वडा कार्यालयहरू समेत सक्रिय रूपमा सञ्चालनमा रहेका छन्। यी संरचनाहरूले स्थानीय लोकतन्त्रलाई नागरिकको घरदैलोमै पुर्याउने मात्र होइन, राज्यप्रतिको जनविश्वासलाई थप सुदृढ बनाउने कार्य गरेका छन्। संघीय शासन प्रणाली कार्यान्वयनको यस अवधिमा स्थानीय सरकारहरूले सेवा प्रवाह, विकास निर्माण, योजना तर्जुमा तथा वित्तीय व्यवस्थापनमा उल्लेखनीय अनुभव हासिल गरेका छन् । साथसाथै जनसंख्यामा आएको परिवर्तन, आर्थिक क्रियाकलापको विस्तार, भौतिक पूर्वाधारको…






