धनगढी न्यूज

Breaking News 2

एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश

एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश

काठमाडौं : नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन्। उनी काठमाडौँ क्षेत्र नम्बर ७ मा प्रभावशाली नेताका रुपमा चिनिन्छन्। उक्त अवसरमा थापाले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणाली निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको सहभागिताले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे। पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।थाहा खबर बाट साभार
Read More
बजारमा सजिलै पाइँदैन केरा : छोइ नसक्नु छ मूल्य

बजारमा सजिलै पाइँदैन केरा : छोइ नसक्नु छ मूल्य

काठमाडौँ :  चाडपर्वका बेला नेपालमै उत्पादित केराले माग धान्ने भन्दै उत्पादक किसानहरूले आग्रह गरेपछि भारतबाट केराको आयातमा कडाइ गरियो। चाडबाडलगत्तै सुरु भयो जाडो मौसम, जुनबेला सामान्यतः केराको माग र भाउ दुवै घट्ने गर्थ्यो तर यसपटक त्यसो भएन, न बजारमा प्रशस्त केरा आयो, न त मूल्य सामान्य भयो। व्यापारीहरू भारतबाट केरा नआएकाले अभाव रहेको बताउँछन्। बल्खु नजिक कुलेश्वर क्षेत्रमा पुग्दा पाँच पसल चहार्दा एउटामा पकाउन राखेको केराको घरी देखियो। पाकिनसकेको केरा, जुन देख्दा आकर्षक पनि थिएन र व्यापारीका अनुसार त्यो नेपाली केरा थियो। ‘चिसोले गर्दा होला पाकिनहाल्ने, कोसा साना छन्, एक दुई दिनमा पाक्ला’‚ बेच्नै नचाहेका व्यापारी भन्दै थिए, ‘केरा आउनै छाड्यो, बल्ल…
Read More
आज ७६औँ प्रजातन्त्र दिवस

आज ७६औँ प्रजातन्त्र दिवस

काठमाडौं  :आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ। प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ। सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ। प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए। प्रजापरिषद् नामक राजनीतिक दल…
Read More
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा झण्डै ५ हजार नेपाली कार्यरत

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा झण्डै ५ हजार नेपाली कार्यरत

७ फागुन, लन्डन । संयुक्त अधिराज्य (यूके) को इंग्ल्याण्डमा काम गर्ने नेपाली नर्सहरुको संख्या वृद्धि भएको छ । नोभेम्बरमा प्रकाशित जुन २०२५ सम्मको तथ्यांक अनुसार, बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत नेपालीको संख्या ४ हजार ६६७ पुगेको छ । राष्ट्रियताका हिसावले नेपाली १५ औं स्थानमा छन् । एनएचएस डिजिटलको तथ्यांकमा पहिलो स्थानमा ब्रिटेन छ जसमा ११ लाख ९७ हजार ४२१ ब्रिटिश नागरिकले एनएचएसमा काम गर्छन् भने ७९ हजार ४०६ संख्यासहित भारतीय दोश्रोमा पर्छन् । तेस्रो ४० हजार ५७५ सहित नाइजेरियाली र चौंथोमा ३५ हजार ५४३ संख्यासहित फिलिपिनो छन् । पाँचौँमा १३ हजार ८ सय ४४ आइरिस नागरिक छन् ।…
Read More
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्तो छ ‘भिजन टेन’ (पूर्णपाठ)

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्तो छ ‘भिजन टेन’ (पूर्णपाठ)

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। धनुषाको जनकपुरधाममा वृहत आमसभा गर्दै कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो। पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेस प्रदेशका सभापतिसहित नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो। कांग्रेसले आमनिर्वाचनबाट बहुमत सहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ । कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मवोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्न सक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले दाबी गरे । पत्रकार सम्मलेलनमा उनले प्रतिज्ञा पत्रका हरेक अक्षरका प्रष्ट अर्थ रहेको बताए । प्रतिज्ञा पत्रमा…
Read More
लम्बेतान भाषण परम्परामा बालेनको ‘ब्रेक’

लम्बेतान भाषण परम्परामा बालेनको ‘ब्रेक’

६ फागुन, काठमाडौं । जनकपुरको तिरहुतिया गाछीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्घोष सभा गरेको ठ्याक्कै एक महिनापछि बुधबार नेपाली कांग्रेसले प्रतिज्ञा सभा गर्‍यो । रास्वपाले गत माघ ५ गते जनकपुरमा उद्घोष सभा गरेर चुनावी अभियान सुरु गरेको थियो । रास्वपाका वरिष्ठ नेता बालेन शाहले रास्वपाका तर्फबाट पहिलो सम्बोधन त्यहीँ गरेका थिए । आफूलाई ‘मधेसी छौरा’ बताउँदै मैथिली भाषामा उनले गरेको सम्बोधनले मधेसका नागरिकको मन जितेको पनि थियो । माघ ६ गते झापा–५ गएर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका बालेनले देश दौडाहा सुरु गरे । माघ ५ गते रास्वपाले गरेको उद्घोष सभामा बालेनले करिब १० मिनेटमात्रै सम्बोधन गरेका…
Read More
कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि (परीक्षा तालिकासहित)

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि (परीक्षा तालिकासहित)

यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको परीक्षा सार्वजनिक गरेको हो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ। सोही दिन नयाँ कोर्सको संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक संस्कृत रचनाको पनि परीक्षा हुने कार्यतालिकामा उल्लेख छ । वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि बोर्डले पुनः अर्को परीक्षाको…
Read More
‘कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा’

‘कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा’

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन्। मंगलवार दलको घोषणापत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान राजनीतिक दलहरू केवल सत्ता र भागबण्डामा लिप्त भएको आरोप लगाउँदै इमान्दार र ‘घुस नखाने’हरूको नयाँ राजनीतिक शक्ति निर्माणको घोषणा गरे। अध्यक्ष जोशीले विश्वव्यापी रूपमा घोषणापत्र जारी गर्ने प्रचलन भए पनि नेपालमा सत्तामा पुगेका दलहरूले आफ्ना प्रतिबद्धता र व्यवहारबीच कुनै तालमेल नराखेको टिप्पणी गरे। दीर्घकालीन लक्ष्यहरू पाँच वर्षमा पूरा नभए पनि सत्तामा पुगेको दिनदेखि नै सही दिशामा अघि बढ्नुपर्नेमा त्यसो हुन नसकेको उनले औंल्याए। नेपाली राजनीतिमा मौलाएको ‘भागबण्डा’को संस्कृतिले देशलाई…
Read More
नेपाल र स्कटल्यान्डबीचको खेल हेर्न वानखेडे पुगेका दर्शक (तस्वीरहरू)

नेपाल र स्कटल्यान्डबीचको खेल हेर्न वानखेडे पुगेका दर्शक (तस्वीरहरू)

५ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेलमा आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल बेलुका सवा ७ बजेदेखि मुम्बईको वानखेडे स्टेडियममा सुरु हुनेछ । नेपाललाई आजको खेलमा सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने मौका समेत छ । यस खेलका लागि नेपाली समर्थकहरू करिब ४ घण्टा अघि देखिनै वानखेडेबाहिर मरिन ड्राइभमा जम्मा भइसकेका थिए । मुम्बईमै रहेका नेपाली तथा नेपालबाट आएका समर्थकहरू खेल हेर्न उपस्थित भएका हुन् ।अन्लाईन बाट साभार
Read More
पैदलयात्रीलाई बीच सडकमा कुटपिट गर्ने कार चालक पक्राउ

पैदलयात्रीलाई बीच सडकमा कुटपिट गर्ने कार चालक पक्राउ

काठमाडौंमा एक जना पैदलयात्रीलाई कुटपिट गर्ने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले मंगलबार नै ती व्यक्तिलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको जानकारी दिए। पक्राउ पर्नेमा पुर्ख्यौली घर बैतडी भई हाल काठमाडौंको बालुवाटार बस्ने ४२ वर्षका पारस बम छन्। 'उहाँलाई नियन्त्रणमा लिएर आजै प्रहरीमा बुझाएका छौं,' एसपी सुवेदीले भने। उनका अनुसार उक्त घटना नारायणगोपाल चोक क्षेत्रको हो। गाडी रोकिएको समयमा एक जना पैदलयात्री बीच सडकमा हिँडेको अवस्थामा बमले कारबाट झरेर उनीमाथि कुटपिट गरेका थिए। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यस विषयमा थप अनुसन्धान परिसरबाटै हुने एसपी सुवेदीले बताए। सेतोपाटी बाट साभार
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×