धनगढी न्यूज

Breaking News 2

गगन लडेको क्षेत्र पुगेर रविले भने- सर्लाहीबाट मलाई न्याय चाहियो

गगन लडेको क्षेत्र पुगेर रविले भने- सर्लाहीबाट मलाई न्याय चाहियो

१३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने बुधबार सर्लाही-४ पुगेर सम्बोधन गरेका छन् । यही क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा पनि उम्मेदवार छन् यसअघि दुई पटक कांग्रेस र एकपटक स्वतन्त्र गरी तीनपटक जितेका अमरेशकुमार सिंहलाई रास्वपाले गगनविरुद्ध उतारेको छ । यही कारण सर्लाही-४ यसपटकको निर्वाचनको ‘हटसिट’ पनि हो । सर्लाही-४ मा पुगेर मतदातालाई सम्बोधन गर्दा रास्वपा सभापति लामिछानेले कांग्रेस सभापति थापामाथि आक्रोश पोखे । नामै नलिएर उनले थापालाई ‘मधेशको बेटा’ भन्दै सर्लाही आएको टिप्पणी पनि गरे । ‘मलाई थाहा छ अमरेश जी जित्नुहुन्छ । तर, यदि यो ठाउँमा अमरेश जी नभएपनि एउटा मधेशको मान्छे जित्थ्यो, मधेशीले…
Read More
चुनावको मुखमा रास्वपा छोडेर कांग्रेस फर्किएका यी नेता

चुनावको मुखमा रास्वपा छोडेर कांग्रेस फर्किएका यी नेता

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेससँग असन्तुष्ट भएर विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका धेरै नेता-कार्यकर्ता पुनः कांग्रेसमै फर्केका छन् । उनीहरूले विशेष महाधिवेशनबाट कांग्रेस परिवर्तन भएकोले रास्वपा परित्याग गरी पुरानै दलमा फर्किएको जिकिर गरेका छन् । रास्वपा स्थापनाकालीन मूल्य, मान्यताविपरीत चल्न थालेकोले पार्टी परित्याग गरेको उनीहरूको भनाइ छ । उम्मेदवार छनोट प्रक्रियामा प्राइमरी इलेक्सनको नाममा पैसा उठाएर फरक तरिकाले उम्मेदवार चयन गरिएको भन्दै उनीहरूले चरम असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीको सिद्धान्त र विधान कुल्चिएर निर्णय हुने गरेको एवं आर्थिक अनियमितता भएको आरोप रास्वपा परित्याग गर्नेहरूले लगाएका छन् । चुनावी प्रचारकै क्रममा जिल्लादेखि प्रदेशसम्मका उच्च तहका नेताहरूले रास्वपा…
Read More
सरकारले जेन–जी परिषद् गठन गर्ने

सरकारले जेन–जी परिषद् गठन गर्ने

काठमाडौँ : सरकारले जेन–जी परिषद् गठन गर्ने भएको छ। मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। जेन–जी आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारमाथि उनीहरुको माग सम्बोधनका लागि ठोस निर्णय लिन नसकेको भन्दै आलोचना हुँदै आएको छ। त्यसैगरी सरकारले विमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धि मुद्दाको कारबाही र किनारा लगाउने जिम्मेवारी जिल्लाअदालतलाई दिने निर्णय पनि गरेको सरकार प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले बताए।थाहाखबर बाट साभार
Read More
देश जिम्मा लगाउने कुरा तरकारी फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा

देश जिम्मा लगाउने कुरा तरकारी फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा

काठमाडौँ : नेपाली काँगेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो विषय नभएको भन्दै आवेगको आधारमा निर्णय नगर्न मतदातालाई आग्रह गरेका छन्। मंगलवार मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले चुनावी प्रतिस्पर्धालाई मर्यादित बनाउन समेत सबै दलहरूलाई आग्रह गरे। चुनावमा जाँदा विपक्षी दलमाथि गाली–गलौज नगरी शान्त र सभ्य ढंगले अघि बढ्नुपर्ने उनको धारणा छ। उनले कतिपय राजनीतिक दलहरुले चुनावलाई युद्धसँग तुलना गर्ने गरेको उल्लेख गर्दै त्यस्तो मानसिकताले मुलुकको भलो हुन नसक्ने टिप्पणी गरे। शर्माले भने, ‘चुनावमा जाँदै गर्दा विपक्षीलाई गाली नगरीकन जानुपर्छ। चुनाव भनेको युद्धमैदान होइन। विगतमा फलाना फलानालाई हेरियो यो पालि…
Read More
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको हो । उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपसहित प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो । सोहीआधारमा प्रहरीले प्रसाईंलाई फागुन ४ गते काठमाडौंबाटै पक्राउ गरेको थियो ।अन्लाईन खबर बाट साभार
Read More
प्लेटफर्म बन्द गरेर जोगिंदैन डिजिटल सार्वभौमिकता

प्लेटफर्म बन्द गरेर जोगिंदैन डिजिटल सार्वभौमिकता

एउटा मूल प्रश्न उठ्ने गर्दछ- नेपालले अब सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको सन्दर्भमा कस्तो नीति, ऐन–कानून र नियम अवलम्बन गर्ने? नेपाल जस्तो देशमा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरू तीव्र गतिमा फैलिएका छन् तर तिनीहरूलाई नियमन गर्न खोज्दा ओली सरकार सत्ताच्युत हुनुपरेको यथार्थ सबैको सामु नै छ। नेपाल सरकारको नियमन गर्ने कानून बन्न नसकेको अवस्था, संस्थागत क्षमता, पारदर्शिता र उत्तरदायित्व बहन क्षमता न्यून रहेको परिप्रेक्ष्यमा अनियमित सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको प्रभाव/कुप्रभावले नेपाली समाजलाई अराजकतातर्फ धकेलेको स्पष्ट देखिन्छ। अहिले नेपालको ठूलो चुनौती भनेको नै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको नियमन हो। परिणामतः सामाजिक सञ्जाल र डिजिटल माध्यमहरू सूचना–सम्प्रेषणका साधन मात्र नभई…
Read More
बुटवल पुगिन् प्रधानमन्त्री, लुम्बिनी प्रदेशमा चुनावी तयारीबारे जानकारी लिने

बुटवल पुगिन् प्रधानमन्त्री, लुम्बिनी प्रदेशमा चुनावी तयारीबारे जानकारी लिने

काठमाडौँ : चुनावी माहोल बुझ्न र आवश्यक सुरक्षा रणनीति तयार गर्न प्रधानमन्त्री सुशीला कार्की बुटवल पुुगेकी छिन्। गण्डकी प्रदेशको भ्रमण सकेर प्रधानमन्त्री कार्की लुम्बिनी झरेकी हुन्। शनिबार उनले बुटवलमा चुनावी तयारी र सुरक्षा योजनाको विषयमा लुम्बिनी प्रदेशस्तरीय छलफल गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए। प्रधानमन्त्री कार्कीले हिजे मुस्ताङसहित गण्डकी प्रदेशस्तरीय निरीक्षण र छलफल गरेकी थिइन्। त्यसअघि उनले कोशी प्रदेशका सोलुखुम्बु, ताप्लेजुङ, भोजपुर, इटहरीलगायतका जिल्लामा पुगेर चुनावी तयारी अध्ययन गरी फर्किएकी थिए। थाहाखबर बाट साभार
Read More
‘देउवा नहुँदा विकल्पको ढोका खुल्यो’

‘देउवा नहुँदा विकल्पको ढोका खुल्यो’

डडेलधुरा । प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसार तीव्र हुँदै गएको छ । उम्मेदवारहरू चुनाव प्रचार अभियानमा सक्रिय देखिन्छन् भने मतदातामा पनि केही संशय, केही आशा र केही विश्वास पाइन्छ । २०४८ साल यता हरेक संसदीय निर्वाचन (दुई वटा संविधान सभा निर्वाचनसहित)मा डडेलधुराबाट निरन्तर निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यस पटक प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका छैनन् । देउवाले कांग्रेसको गढका रूपमा स्थापित गरेको यो जिल्लाले ३४ वर्षपछि देउवाविहीन चुनाव सामना गर्दैछ । निरन्तर निर्वाचित हुँदै आएका देउवा उम्मेदवार नबन्दा प्रतिस्पर्धी दलहरूमा एक प्रकारको उत्साह देखिन्छ भने कांग्रेसलाई यो जिल्लामा आफ्नो गढ कायम राख्न चुनौती बढेको छ ।…
Read More
दाङमा एमालेको झन्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङमा एमालेको झन्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङ । दाङको तुलसीपुरमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झन्डा जलाएको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ हलवार बस्ने ३० वर्षीय रमेश राना मगर र सोही उपमहानगरपालिका–६ गाइडर बस्ने २४ वर्षीय विक्रम परियार रहेका छन्। गत फागुन ७ गते तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा एमालेको झन्डा जलाइएको थियो। सोही घटनाको अनुसन्धानलाई निरन्तरता दिने क्रममा प्रहरीले यी दुई जनालाई नियन्त्रणमा लिएको हो। यसअघि प्रहरीले सोही घटनामा संलग्न रहेको आरोपमा बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरिसकेको थियो। योसँगै उक्त घटनामा पक्राउ पर्नेको संख्या तीन पुगेको छ। प्रहरीका अनुसार हालसम्म पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ भने…
Read More
आर्थिक एजेण्डामा केन्द्रीत दलहरू: समृद्धिको दौडमा घोषणापत्र!

आर्थिक एजेण्डामा केन्द्रीत दलहरू: समृद्धिको दौडमा घोषणापत्र!

काठमाडौं : आसन्न फागुन २१ को प्रतिनिधि सभा चुनावलाई लक्षित गरेर कांग्रेस, एमाले, नेकपा, रास्वपासहित प्रायः सबै दलहरूले सावर्जनिक गरेको घोषणापत्रमा आर्थिक एजेण्डाले प्रमुख प्राथमिकता पाएको छ। दलहरूले ल्याएको घोषणापत्रमा मुलुकलाई सुशासनको बाटोमा डो-याउँदै आर्थिक समृद्धिको मार्गमा डोर्‍याउने योजनाहरू अघि सारिएको छ। नेपाली कांग्रेस, एमाले, नेकपा, रास्वपासहितका दलहरूले ल्याएको घोषणापत्रमा अर्थतन्त्रलाई जोडतोडले घोषणापत्रमा समेट्न खोजिएको छ। नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा उदार, उत्पादनमुखी, न्यायमुलक अर्थतन्त्रको अबधारणालाई अघि सारेको छ। २०४६ सालपछि नेपाली कांग्रेसले शुरु गरेको पहिलो पुस्ताको आर्थिक सुधारले निरन्तरता पाएको भए आज नेपालीको प्रतिव्यक्ति आय २५०० डलर नाघिसक्ने थियो। सशस्त्र द्वन्द्व र अस्थिरताका कारण गुमेको त्यही ‘आर्थिक लाभ’ पुनः प्राप्त गर्न…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×