23
Nov
धनगढी: बैतडीको दोगडाकेदार गाउँपालिका-३ देउलेखका टेकसिंह कार्कीले पहाडी उत्पादन खरिद गरेर बिक्री गर्न थालेको सात वर्ष भयो। सात वर्ष अगाडि कार्कीले बैतडी र दार्चुलाबाट स्थानीय उत्पादन खरिद गर्ने र कैलाली तथा कञ्चनपुरका सहरी क्षेत्रमा ल्याएर बिक्री गर्न थालेका हुन्। सात वर्ष अगाडि टेकसिंह आफ्नै बारीको २५ डोका सुन्तला लिएर धनगढी आएका थिए। उनले त्यो सुन्तला दस दिन लगाएर बिक्री गरेको सुनाए। उक्त सुन्तला बिक्रीबाट २५ हजार आम्दानी भएको बताउने कार्कीले त्यसपछि नै पहाडी उत्पादन ल्याएर तराईमा बिक्री गर्न थालेको बताए। "सात वर्ष अगाडि आफ्नै बारीको २५ डोका सुन्तला लिएर धनगढी आएको हुँ। त्यो बेला सबै सुन्तला बिक्री गर्न दस दिन…






