04
Nov
माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता जनार्दन शर्मा 'प्रभाकर' ले ४२ वर्षभन्दा लामो राजनीतिक सहकार्यमा पूर्णविराम लगाएका छन्। प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित आठ वाम घटक मिलाएर एकीकृत पार्टीको संयोजक बन्दै छन्।यो एकता अनुमोदन गर्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक बसिरहेको छ। त्यसपछि प्रचण्डसँग माओवाद र गोलाकारभित्रको हँसिया हथौडा अंकित चुनाव चिह्न हुने छैन। उनले जीवनमा दोस्रो पटक आफूले बोक्दै आएको राजनीतिक विचारधारा र चुनाव चिह्न छाड्न लागेका हुन्। यसअघि २०७५ जेठ ३ गते नेकपा एमालेसँग पार्टी एकता गर्दा माओ विचारधारा र चुनाव चिह्न छाडेका थिए। यही एकताप्रति असन्तुष्टि जनाउँदै प्रभाकरले सोमबार नै 'राजनीतिक जीवनको कुनै घुम्तीमा भेटौंला' भन्दै प्रचण्डलाई विदाइको हात हल्लाएका थिए। सँगसँगै, ललितपुरको बखुण्डोलस्थि एक क्याफेबाट छुट्टै प्रगतिशील अभियान नेपाल घोषणा पनि गरेका छन्। यसरी 'कुनै घुम्तीमा…






