06
Dec
टीकापुर : नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औँ वार्षिक एकाइगत साधारण सभा टीकापुरमा सम्पन्न भएको छ। नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बमको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी रहेका थिए । भेलालाई सम्वोधन गर्दै मन्त्री लक्ष्मणकिशोर चौधरीले केही व्यक्तिका कारण सहकारी देशव्यापी रुपमा बदनामी भैरहेको र राजनीतिक रुपमा निराकरण हुन नसक्दा समस्या बल्झिएको बताए। मन्त्री चौधरीले कैलाली जिल्लाको आर्थिक विकासमा नवजीवन सहकारीको ठूलो योगदान रहेको चर्चा गर्दै आफू निर्वाचन लडदा सहकारीले ऋण दिएको र सफल भएको बताए। पूर्वराज्यमन्त्री चन्द्रसिह भट्टराईले शंकैशंकामा सदस्य भएको सहकारीले ठूलो प्रगति गरेकोमा धन्यवाद दिए । जानकी…






