धनगढी न्यूज

Breaking News 2

मनाङमा कांग्रेसका टेकबहादुर निर्वाचित

मनाङमा कांग्रेसका टेकबहादुर निर्वाचित

२२ फागुन, काठमाडौं । मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारीअनुसार गुरुङ २४१५ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन् । नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याएका छन् । यो नेपाली कांग्रेसको दोस्रो जित हो । यसअघि मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् । अन्लाईन खबर बाट साभार
Read More
काठमाडौं-८ : विराजभक्त निर्वाचित, उपविजेता सायमीको जमानत जफत

काठमाडौं-८ : विराजभक्त निर्वाचित, उपविजेता सायमीको जमानत जफत

२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा निकटतम प्रतिद्वन्द्वी (उपविजेता) कै जमानत जफत भएको छ । यो क्षेत्रमा कुल सदर मत ३६ हजार ४१३ खसेको थियो । जसमध्ये २४ हजार ५९२ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत ल्याए । जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । तर सायमीले १० प्रतिशत मत समेत ल्याउन सकेनन् । जमानत जोगाउन ३ हजार ६४२ मत ल्याउनु पर्नेमा ३ हजार २१७ मत मात्रै ल्याएपछि सायमीको जमानत जफत भएको…
Read More
म्याग्दी अपडेट : महावीर पुन दोब्बर मतान्तरले अगाडि

म्याग्दी अपडेट : महावीर पुन दोब्बर मतान्तरले अगाडि

२२ फागुन, बेनी । म्याग्दीका स्वतन्त्र उमेदवार महावीर पुन दुई वटा स्थानीय तहको मतगणना सकिँदासम्म दोब्बर मतान्तरसहित अग्रता लिएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा पुनले तीन हजार चार सय ३७ बढी मत पाएका छन् । धवलागिरी र मालिका गाउँपालिकाको ११ हजार २ सय १ मत गणना गर्दा पुनले पाँच हजार ५ सय ८ मत पाएको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिए । नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले दुई हजार ७१, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले एक हजार छ सय ५६, नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले एक हजार चार सय ९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले तीन…
Read More
झापा-५ मा ओलीभन्दा बालेन दोब्बर बढी मतले अगाडि

झापा-५ मा ओलीभन्दा बालेन दोब्बर बढी मतले अगाडि

२२ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बर बढी मतले अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार साहले १ हजार ४ सय ७८ मत प्राप्त गर्दा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङले १ सय ३९ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ५९, कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेका छन् ।अन्लाईन खबर बाट साभार
Read More
चितवन-२ मा रवि फराकिलो मतान्तरले अगाडि

चितवन-२ मा रवि फराकिलो मतान्तरले अगाडि

२२ फागुन, भरतपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले अग्रता लिएका छन् । अहिलेसम्म ६ हजार ६ सय २३ मत गणना हुँदा रविले २ हजार ८ सय १ मतसाथ अग्रता लिएका छन् । रविलाई पछ्याउँदै एमाले उम्मेदवार अस्मिन घिमिरे दोस्रो स्थानमा १ हजार २ सय ५९ मत पाएका छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १ हजार १ सय ५१ मत पाएका छन् भने नेपाली कांग्रेसका मिना खरेल ९ सय १६ मत पाएकी छिन् ।अन्लाईन खबर बाट साभार
Read More
काठमाडौं उपत्यकाका १५ मध्ये १४ क्षेत्रमा रास्वपा अगाडि

काठमाडौं उपत्यकाका १५ मध्ये १४ क्षेत्रमा रास्वपा अगाडि

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत गणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ वटा क्षेत्रमा राष्ट्रिय स्तवन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।Set featured image काठमाडौंका १० तथा ललितपुर र भक्तपुरका २/२ वटै क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिएका हुन् । काठमाडौं १ मा रञ्जु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ विराजभक्त महर्जन, काठमाडौं ९ मा डीपी अर्याल र काठमाडौं १० मा प्रदीप विष्टले अग्रता कायम गरेका छन् । यसैगरी ललितपुर २ मा…
Read More
ठुलो उलटफेरको संकेतः कोशी प्रदेशमा कसले कति जित्लान् सिट ?

ठुलो उलटफेरको संकेतः कोशी प्रदेशमा कसले कति जित्लान् सिट ?

विराटनगर । निर्वाचन भएको पाँच वर्षे कार्यकाल पूरा नहुँदै आज सम्पन्न प्रतिनिधिसभा निर्वाचनले विगतका परिणाममा ठुलो उलटफेर ल्याइदिने संकेत गरेको छ । विभिन्न सर्भेक्षण, भेटघाट, कुराकानी र मतदाताको रुझान हेर्दा सजिलै अनुमान गर्न सकिन्छ कि विगतमा कांग्रेस, एमालेको दबदबा रहने कोशी प्रदेशको झापा, मोरङ, सुनसरी मात्रै होइन पहाडि इलाकामा पनि अप्रत्याशित नतिजा आउन सक्छ । अबका केही घण्टामा खोलिने मतपेटिका र त्यसमा रहेको मतको गणनाले हाम्रा अनुमान यथार्थ हुनपनि सक्छ र नहुन पनि सक्छ । तर, यथार्थको नजिक पुगेर हामीले अनुमान गर्ने कोशिष गरेका छौँ । राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले विगतका गढ यस पटकको निर्वाचनले तोड्ने दाबी गरे । ‘यस…
Read More
शान्तिपूर्ण निर्वाचन गराएको भन्दै कांग्रेस सभापति थापाले दिए सरकारलाई धन्यवाद

शान्तिपूर्ण निर्वाचन गराएको भन्दै कांग्रेस सभापति थापाले दिए सरकारलाई धन्यवाद

नेपाली कांग्रेसका सभापति गगन थापाले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराएकोमा सरकारलाई धन्यवाद दिएका छन्। आज निर्वाचन सकिएपछि विज्ञप्ति जारी गर्दै सभापति थापाले भनेका छन्, ‘केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छौं।’ निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति उनले बधाई पनि दिएका छन्। ‘प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको छ। निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली काग्रेस…
Read More
हेलिकप्टरको व्यस्तताका कारण हिमाली जिल्लाको मतपेटिका संकलन भोलिमात्रै सकिने

हेलिकप्टरको व्यस्तताका कारण हिमाली जिल्लाको मतपेटिका संकलन भोलिमात्रै सकिने

हिमाली जिल्लाका मतपेटिका संकलन गरेर भोलि मात्रै सकिने भएको छ। हेलिकप्टरको व्यस्तताका कारण कतिपय हिमाली जिल्लाको मतपेटिका संकलन शुक्रबार मात्र सम्पन्न हुने भएको हो। निर्वाचन आयोगका अनुसार संखुवासभा, रूकुम पश्चिम, सोलुखुम्बु, मनाङ र गोर्खाको उच्च हिमाली क्षेत्रको मतपेटिका संकलन भोलि बिहान मात्र हुनेछ। हिमाली क्षेत्रका १५ जिल्ला ६१ मतदानस्थलका मतपेटिका संकलन हेलिकप्टरबाट गरिदैँछ। मतपेटिका संकलनको जिम्मा नेपाली सेनाले पाएको छ। आयोगका अनुसार हिमाली क्षेत्रका ताप्लेजुङ, रसुवा र रुकुम पूर्वको मतपेटिका आजै संकलन गरिने भएको छ। सेतोपाटी बाट साभार
Read More
प्रधानमन्त्रीलाई ‘आमा’ सम्बोधन गर्दै बालेनले लेखे- लोकतन्त्रले जितेको छ

प्रधानमन्त्रीलाई ‘आमा’ सम्बोधन गर्दै बालेनले लेखे- लोकतन्त्रले जितेको छ

२१ फागुन, काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको बताएका छन् । बिहीबार मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो लेखेका हुन् । उनले प्रधानमन्त्री कार्कीको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । आमा’ जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा देशभर मतदान सकिएको छ । छिटपुट विवादबाहेक देशभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगका पदाधिकारीहरूले बताएका छन् । अन्लाईन खबर बाट साभार
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×