13
Mar
२९ फागुन, काटमाडौं । लामो राजनीतिक विरासत बोकेको नेपाली कांग्रेस प्रतिनिधिसभाको पछिल्लो चुनावपछि संसदीय इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । गुटबन्दी र आन्तरिक विवाद, नेतृत्वको पुस्तान्तरणमा भएको ढिलाई, नयाँ दलहरूको उदय र युवा पुस्ताको बदलिँदो सोचका कारण कांग्रेसलाई निर्वाचनमा नराम्रो धक्का लागेको छ । मतदाताले पुराना राजनीतिक दलहरूप्रतिको असन्तुष्टि मतपेटिकमार्फत् पोखेपछि कांग्रेसका लागि परिणाम प्रतिकूल बन्न पुग्यो । पार्टी सभापति गगनकुमार थापासँगै अन्य सात जना पदाधिकारी नै निर्वाचनमा पराजित भएपछि कांग्रेसमा निराशा देखिएको छ । तर, राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमान सिंह कार्की कांग्रेस–एमाले नेतृत्वको सरकार हुँदा जेनजी आन्दोलन भएकाले अहिलेको अवस्थामा नेतृत्वमा जोसुकै भए पनि असर पर्ने स्थिति रहेको…






